Friday, August 14News That Matters

खेलकुद

इंग्लिस प्रिमियर लिगमा एभर्टनको जित

इंग्लिस प्रिमियर लिगमा एभर्टनको जित

खेलकुद, समाचार
भदौ १६ गते ।  इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले उल्भरह्याम्पटनलाई हराउँदै जित हात पारको छ । गतराति भएको खेलमा एभर्टनले उल्भरह्याम्पटनलाई ३–२ गोलले पछि पार्दै जित हात पारेको हो । खेल सुरु भएको ५ औँ मिनेटमा एर्भटनका रिचार्लसनले एक गोल गरेको थियो । त्यसपछि १२ औँ मिनट एलेक्स इओबीले अर्को गोल थपेको थियो भने ८० औँ मिनटमा सिचार्लसनले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएको थियो । खेल सुरु भएको ९ औँ मिनटमा उल्भरह्याम्पटनका रोमेन सइसले एक गोल गरको थियो भने ७५ औं मिनेटमा गिमिनेजले अर्को गोल गरेको थियो । एभर्टनको जितसँगै तालिकामा ७ अंक बनाएको छ ।...
इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

खेलकुद, समाचार
भदौ १५ गते । इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई ३–० गोले पछि पार्दै लिभरपुलले जित हात पारेको छ । गतराति भएको खेलमा लिभरपुलले ३–० गोल अन्तरलेपछि पार्दै जितको यात्रा कायमै राखेको हो । खेल सुरु भएको ३३ औं मिनेटमा बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेपछि लिभरपुलको १–० गोल भएको थियो । त्यस लगतै ३७ औं मिनेटमा मानेले गोल गरेको थियो भने ८० औँ मिनटमा फिर्मिन्होले निर्णायक गोल गर्दै टिमलाई विजयी बनाएको थियो ।...
फ्रेन्च लिग वानमा पीएसजीको जित

फ्रेन्च लिग वानमा पीएसजीको जित

खेलकुद, समाचार
भदौ १४ गते । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेट्जलाई हराउँदै विजय बनेको छ । स्टार खेलाडी विना खैल मैदान उत्रिका पिएसजीले मेट्जलाई २–० गोलले पछि पार्दै विजय बनेको हो । शुत्रबार राती भएको खेलमा एन्जल डी मारिया र चोपो मोटिङले १–१ गोल गरेका थिए । खेल सुरु भएकोे ११ औं मिनेटमा मारिया एक गोल गरेको थियो भने ४३ औं मिनेटमा भेराट्टीले फ्रिकिकमार्फत दोस्रो गोल गर्दै टिमलाई जित दिलाएको थियो । यसे जितसँगै पीएसजी ४ खेलबाट ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । एडिन्सन काभानी र केलियन एमबाप्पे चोटका कारण खेलेका थिएनन् भने बार्सिलोना फर्किन इच्छुक नेइमारलाई प्रशिक्षकले खेलाएका थिएनन् ।...
२२५ रनको लक्ष्यमा नेपाल

२२५ रनको लक्ष्यमा नेपाल

खेलकुद, समाचार
भदौ १३ गते । नेपाली यू–९९ क्रिकेट तिटमले तेस्रो अभ्यास खेलमा २२५ रनको लक्ष्य पाएको छ । नेपाली युवा टिमलाई २२५ रनको लक्ष्य श्रीलंकाली टिम चिलाव मारियन्सले दिएको हो । मारियन्सले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २२४ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएका थियो । सुरुवात राम्रो गरेको मारियन्सले १२.३ ओभरमा पहिलो विकेट गुमाउँदा ५० रन बनाएको थियो । नेपालका लागि सूर्य तामाङ र पवन सर्राफले समान २–२ विकेट लिएका थिए । यहि भदौ १९ गतेदेखि श्रीलंकामा एसीसी यू–१९ एसिया कप सुरु हुँदैछ । उक्त प्रतियोगिताको लागि नोपलले तयारी गरिरहेको छ । नेपाल रहेको समूह ‘बी’मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् ।...
साग प्रतियोगिताको लागि प्रारम्भिक टोली छनोट

साग प्रतियोगिताको लागि प्रारम्भिक टोली छनोट

खेलकुद, समाचार
भदौ १२ गते । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली प्रारम्भिक क्रिकेट टोली छनोट भएको छ । आगामी डिसेम्बर १ देखि १० सम्म संचालन हने सागमा नेपाली टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले बिहिबार ३५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीले भदौ १५ गतेदेखि तयारी सुरु गर्नेछ । नेपालले सागसँगै ओमानमा अक्टोबर ५ देखि १०सम्म आयोजना हुने टी–२० सिरिज पनि खेल्नेछ । सिरिजमा ओमानसहित नेपाल, हंङकङ, आयरल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता रहनेछ । प्रारम्भिक टोलीमा केही युवा खेलाडीले पनि स्थान पाएका छन् भने साग अघि हुने उक्त सिरिजले नेपाललाई फाइदा पुग्ने विश्वास गरिएको छ । कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदिप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितसिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे, करन ...
ला लिगामा बार्सिलोना जित

ला लिगामा बार्सिलोना जित

खेलकुद, समाचार
भदौ ९ गते । ला लिगामा रियल बेटिसलाइहराउँदै बासिंलोनाले जित हात पारेको छ । गतराती भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोललेपछि पार्दै जित हात पारेको हो । बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा रियल बेटिसले १५ औं मिनेटमा नबिल फकिरले एक गोल गरेको थियो । पहिलो हाफ्को अन्त्य तिर ग्रिजम्यानले एक गोल गर्दै गोल बराबरी बनाएको थियो । दोस्रो हाफ्को सुरुमै दोस्रो गोल गरेपछि ५६ औं मिनेटमा कार्लोस परेरज र ६० औं मिनेटमा अल्बाले गोल गरेका थिए । खेलको ७७ औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनालाई ५–१ को अग्रता दिलाए । तर दुई मिनेटपछि नै बेटिसका मोरोनले गोल गर्दै खेललाई ५–२ मा खेल टुंगिएको थियो ।...
प्रिमियर लिगमा लिभरपुलको जित

प्रिमियर लिगमा लिभरपुलको जित

खेलकुद, समाचार
भदौ ८ गते । प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई ३–१ गोलले पछि पार्दै जित हात पारेको छ । एन्फिल्डमा भएको शनिबारको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोलले हराएको हो । दोस्रो हाफको सुरुमा लिभरपुलको जसमा सलाह प्यानलिटबाट गोल गरेको थियो । त्यस्तै खेलको ५८ औं मिनेटमा सलाहले दोस्रो गोल गरेका थिए भने खेलको अन्तिम तिर जोईल माटिपले निर्णयक गोल गरेको थियो । खेलको अन्त्यतिर आर्सनलका टोरेराले १ गोल गर्दै चित्त बुझाएका थिए । खेल निकै आक्रमक र रोचक थियो ।...
ला लिगाको शीर्ष स्थानमा सेभिया

ला लिगाको शीर्ष स्थानमा सेभिया

खेलकुद, समाचार
भदौ ७ गते । स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित हात पार्दै सेभिया शीर्ष स्थानमा पुगेको छ । लिगका शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडालाई १–० गोलले हराउँदै शिर्ष स्थानमा पुगेको हो । निकै आक्रमक खेलको ५२ औँ मिनटमा सेभियाको जोन जोर्डनले गरेको गोल निर्णायक बनेको थियो । जितसँगै सेभियाको दुई खेलबाट ६ अंक भएको छ भने ग्रानडाको समान खेलबाट एक अंक छ ।...
यू–१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

यू–१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

खेलकुद, समाचार
भदौ ५ गते । रोहितकुमार पौडेलको कप्तानीमा यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । एसिया कपको छनोटमा बैकल्पिक खेलाडीमा परेका सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन भएका छन् । त्यस्तै ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान र कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा समावेश भएका छन् । पहिला नै परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीबाट बाहिरिएका छन् । नेपाली किशोर टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ । भदै १९ बाट सुरु हुने एसिया कपको समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् भने आयोजक श्रीलीका, नेपाल, बंगलादेश र यूएई समूह बीमा छ । नेपालले पहिलो खेल भदौ २० मा घरेलु टोलीसँग खेल्ने छ भने दोस्रो खेल भदौ २२ मा बंगलादेश र २४ गते  यूएईसँग खेल्ने तयारी भएको छ ।...
सेन्ट्रल जोन भलिबलमा नेपाल किर्गिस्तानसँग भिड्दै

सेन्ट्रल जोन भलिबलमा नेपाल किर्गिस्तानसँग भिड्दै

खेलकुद, समाचार
भदौ २ गते ।  आज नेपालले किर्गिस्तानसँग एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप खैल्दै छ । ललितपुरका लगनखेलकोे आर्मी कभर्डहलमा सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने भएको हो । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो चार बजेबाट सुरु हुने भएको छ । नेपालले पहिलो खेलमा नै जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको छ । समूह ए मा रहेको नेपालसँगै किर्गिस्तान र माल्दिभ्स रहेका छन् । यता, समूह बीमा भने तुर्कमेनिस्तान, उब्जेकिस्तान, बंगलादेश र अफगानिस्तान रहेका छन् । बिहान १० बजे तुर्कमेनिस्तान र अफगानिस्तानबीचको खेल रहेको छ भने बेलुकी ६ बजे उब्जेकिस्तान र अफगानिस्तानबीच पनि खेल हुनेछ ।...