Monday, August 17News That Matters

मनोरञ्जन

डिबि राईको नयाँ गीत ‘गुँरासै फुल्यो’ सार्वजनिक (भिडियो सहित)

डिबि राईको नयाँ गीत ‘गुँरासै फुल्यो’ सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,बैशाख ५ । उदयपुरका युवा गायक डिबि राईको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मंलबार पुर्वाञ्चल म्युजिक नामका युटुब च्यानल मार्फत ‘गुँरासै फुल्यो’ गीत सार्वजनिक गरिएको हो । सार्वजनिक रहेको नयाँ गीतमा शब्द स्वर डिबि राईले गरेका छन् भने उक्त गितमा गायिका श्रेया राईले साथ दिएकी छिन् । प्रस्तुत गरिएको गितलाई रुद्र श्रेष्टले उत्कृष्ट संगित दिएका हुन् । म्युजिक भिडियोमा उदयपुरका बिभिन्न स्थानहरु देखाएका छन् । गीतले धार्मिक पर्यटकिय क्षेत्र रौता पोखरी,सल्ले बजार,बैथुङ्गकी डाँढा र बरुवा खोलाहरुको चर्चा गरिएको छ । https://www.youtube.com/watch?v=_GtGAvwgBh0...
लिम्चुङबुङ हाटबजारमा ५० रुपैयामा भाले, तीन सयमा खसी

लिम्चुङबुङ हाटबजारमा ५० रुपैयामा भाले, तीन सयमा खसी

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख ४ । लिम्चुङबुङ गाउँपालिकाले पहिलो पटक हाटबजार मेलाको आयोजना नयाँवर्ष २०८० वैशाख १ देखि सुरु गरेको छ । स्थानीय कृषकहरुले उत्पादन गरेको सागसब्जी, अन्नबाली, खसीबाख्रा, कुखुरा, फलफुल आदिको बिक्री तथा बजारीकरण गर्ने उद्देश्यले हाटबजार राखिएको पालिका अध्यक्ष मेजरकुमार राईले बताए । नयाँवर्ष विशेष कार्यक्रमको आयोजना गरी नयाँवर्षको स्वागत संगै हाट बजारको भब्य उद्घाटन गरेको थियो । कार्यक्रमको अवसरमा स्थानीय कृषकहरुले मनोरञ्जन तथा कृषि प्रवद्र्धनको उद्देश्यले ५० रुपैयामा भाले, तीनसय रुपैयामा खसी चिठ्ठा राखेका थिए । जसमा स्थानीय एकबहादुर मगरले पचास रुपैयामा भाले पाए भने तीनसय रुपैयामा पालिकाका प्रशासकीय अधिकृत युवराज ओलीले खसी पाए । सांस्कृतिक कार्यक्रम समेत भएको थियो । यसै अवसरमा पहाडी जिल्लाको लोक प्रीय भलिबल प्रतियोगिता र पहाडका लागि नौलो र रोचक फुटबल प्रतियोगिता सञ्चालन भयो ।...
“द भ्वाईस किड्स”मा उदयपुरकी चेली संगिता लाइभ राउन्डमा प्रवेश

“द भ्वाईस किड्स”मा उदयपुरकी चेली संगिता लाइभ राउन्डमा प्रवेश

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि,बैशाख ३ । हिमालयन टेलिभिजनबाट प्रत्यक हप्ताको शुक्रबार र शनिवार प्रसारण हँदै आएको “द भ्वाई अप किड्स–सिजना २” को लाइभ राण्न्डमा उदयपुरकी सञ्जीत विश्वकर्माले प्रवेश पाएको छ । शुक्रबार साझँ ८ बजे प्रशारण भएको व्याटरमा टिम प्रबिसालाई प्रतिनिधित्व गर्दै कल्पना बिष्ट, नम्रता परियार र सञ्जीता विश्वकर्माले “हैन होला र”बोलको तीग प्रस्तुत गरेको थियो । गायन क्षेत्रमा उदाउँदै गरेको सञ्जीतालाई भ्वाईस किड्सकाकोच प्रमोदले उत्कृष्ट प्रत्तुती दिएको भन्दै उनको प्रसंसा गरेको थियो । जिल्लाको बिकट ठाउँ रौतामाई गाउँपालिका–३, मझौकी १४ बर्षिया संगिता विश्वकर्मा द भ्वाईस अफ नेपाल सिजन–२, ब्याटल राउन्ड पार गर्दै लाइभ राउन्डको यात्रा तय गरेकी छिन् ।...
नयाँ बर्षबाट बोर्डले हरेक महिना फिल्मको कमाई सार्वजनिक गर्ने

नयाँ बर्षबाट बोर्डले हरेक महिना फिल्मको कमाई सार्वजनिक गर्ने

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत्र २९ । आगामी नयाँ बर्ष २०८० सालबाट चलचित्र विकास बोर्डले हरेक महिना फिल्मको बक्स अफिस विवरण सार्वजनिक गर्ने भएको छ । बुधबार काठमाण्डौंमा चलचित्र कलाकार संघले आयोजना गरेको नयाँ बर्षको शुभकामनासहित धन्यवाद तथा बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष भुवन केसीले बौशाखदेखी मासिक रुपमा नियमित फिल्मको कमाई सार्वजनिक गर्ने बताएका हुन् । बोर्डले नेपाली फिल्मको इतिहासमा पहिलो चोटी २०७९ सालमा प्रदर्शन भएको स्वदेशीसहित विदेशी गरी १३२ फिल्मको आम्दानी विवरण सार्वजनिक गरेको थियो । फिल्मको आम्दानी सार्वजनिक गर्नुअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलले नियमित रुपमै फिल्मको कमाइ सार्वजनिक गर्ने निर्णय गरेको र सोहीअनुसार कमाइ सार्वजनिक गर्न सुरु गरिएको केसीले बताए । मन्त्रालयबाटै निर्देशन भएपछि हामीले बक्स अफिस रिपोर्टलाई बाहिर ल्याएका हौं “उनले भने” अब मासिक रुपमा नियमित हुनेछ । ...
बैशाख १ गते ३ वटा फिल्म मात्र रिलिज हुने

बैशाख १ गते ३ वटा फिल्म मात्र रिलिज हुने

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,चैत्र २९ । आगामी वैशाख १ गते २०८० सालबाट ‘नाई नभन्नु ल ६’को टिम पछि हटेपछि अब ३ वटा फिल्म मात्र रिलिज हुने भएका छन् । आगमी हप्ताको शुक्रबार देखि देशभरको चलचित्रहलहरुलमा मितिमा ‘जारी, बुलाकी र बिहे पास’ रिलिज हुने पक्का भएको छ । यी तीन फिल्ममध्ये मल्टिप्लेक्समा सर्वाधिक शोज ‘जारी’ले पाएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा रामबाबु गुरुङ निर्मित यो फिल्ममा दयाहाङ राई, मिरुना मगर मुख्य भूमिकामा छन् । उक्त फिल्मलाई क्यूएफएक्स चेनले देश भर ५५ शोज दिएको छ । फिल्मको बूकिङ पूर्वी नेपालको विर्तामोडमा ६ शोजबाट सुरु भएको १० शोज पुगिसकेको छ । यो फिल्मले नयाँ बर्षको दिनमा बम्पर व्यापार गर्ने संकेत देखिएको छ । फिल्मलाई बीग मुभिजले ९ शोज दिइसकेको छ । शोज यो हलमा पनि अझै बढ्ने देखिन्छ । यस्तै, फिल्मलाई वान सिनेमाज्ले नयाँबानेश्वर र कालिमाटीमा गरेर १० शोज दिइसकेको छ । यस्तै, दयाहाङ राई र ...
उदयपुरकी एल्जीना राई ‘भ्वाइस किड्स’को लाइभ शोमा प्रवेश

उदयपुरकी एल्जीना राई ‘भ्वाइस किड्स’को लाइभ शोमा प्रवेश

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि,चैत्र २७ । प्रत्यक हप्तामा शुक्रबार र शनिबार हिमालय टलिभिजनबाट प्रसारण् हँदै आएको सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ किड्स’को सिजन–२’को लाइभ शोमा उदयपुरकी एल्जिना राईले प्रवेश पाएका छन् । गएको हप्ताको शुक्रवार टिम प्रमोद खरेललाई प्रतिनिधित्व गर्दै शिक्षा लिम्बु, मिलन सुनार र एज्जिना राईले ‘ब्याटल राउण्ड’मा कुन्ति मुक्तानको “भन्छनुकोहि जिन्दागि यो” भन्ने बोलको गित प्रस्तुत गरेको थियो । टिम प्रमोदले तीनै जनाको प्रस्तुती पछि अन्तत अन्तिम निर्णयमा एल्जिना राईलाई चुनेका थिए । जिल्लाको बेल्टारकी १२ वर्षीय एल्जिना राई कुसल गायिका बन्न चाहान्छिन् । उनी भन्छिन्, ‘मेरो बाबाआमाको चाहना र सपना पनि मलाई गायिका बनाउने हो । ‘ब्याटल राउण्ड’सम्म पुग्दा एल्जिनाको प्रस्तुतीले दर्शक र कोचहरुको मन जित्न सफल हुँदै आएकी छन् । सुरिलो र मिठास स्वरकी धनी एल्जिना हाल ८ कक्षामा अध्ययनरत छिन् । त्यसैले ...
अल्लु अर्जुन अभिनित ‘पुष्पा २’ को टेलर सार्वजनिक (भिडियो सहित)

अल्लु अर्जुन अभिनित ‘पुष्पा २’ को टेलर सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत्र २४ । अल्लु अर्जुन अभिनित पुष्पा २ को टेलर सार्वजनिक भएको छ । तिन मिनेट पन्ध्र सेकेन्ड लामो टेलरमा अल्लु अर्जुनलाई प्रहरीको ८ गोली लागी मृत्यु भएको खबर मिडियामा आएपछि पुष्पाको समर्थकहरुले उनलाई सार्वजनिक गर्नुपर्ने भन्दै प्रदर्शन गरेको दृष्यमा हेर्न पाईन्छ । पुष्पालाई ग्याङ्गस्टरको भुमिकामा प्रस्तुत गरिएको छ । उनको मृत्युको खबर पछि पुष्पालाई जङ्गलमा बाघसँग जम्काभेट भएको देखाईएको छ । यस टेरलमा एक सामान्य व्यक्ति कसरी संघर्ष गरेर शक्तिको उचाइमा पुग्छ भन्ने कथा चित्रण गरिएको छ । यो फिल्म शीर्ष चरित्र पुष्पा पात्र र खलपात्र भानवर सिंहबीचको लडाइँमा आधारित छ । यस फिल्मको पहिलो श्रखला विश्वभर सुपरहिट भएपछि अल्लु अर्जुन र रश्मिका मन्दानालाई ग्लोबल स्टारको रुपमा स्थापित हुन यस फिल्मले राम्रो भुमिका खेलेको छ । सुकुमारको लेखन तथा निर्देशन रहेको यो फिल्म सन् २०२३ कै बहुप्रतीक्ष...
कटारीमा “न्यु इयर इभ” हुने

कटारीमा “न्यु इयर इभ” हुने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत्र २३ ।उदयपुरको कटारी नगरपालिकामा आगामी नयाँ बर्ष २०८० सालको अवसरमा “न्यु इयर इभ” हुने भएको छ । आगामी चैत्र ३० गते बिहिबार बेलुका साँझ कटारीको भूगोलपार्कमा न्यु ईयर ईभ कार्यक्रमको आयोजना हुने भएको हो । पिएफसिएफद्धारा संचालित “तिनतले उदयपुर संगित केन्द्र” कटारी शाखाले नयाँ बर्षको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने छ । कार्यक्रममा शिब थापा मगर र दिलिप घिसिङ साथै संगित केन्द्रका कलाकारहरुले विभिन्न प्रस्तुतीहरु दिने भएका छन् ।  ...
‘मेरो भ्वाइस यूनिभर्स’मा दीप श्रेष्ठको इन्ट्री, सन्दीप र रिमाले होस्ट गर्ने

‘मेरो भ्वाइस यूनिभर्स’मा दीप श्रेष्ठको इन्ट्री, सन्दीप र रिमाले होस्ट गर्ने

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,चैत्र १९ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजनामा गर्न लागेको रियालिटी शो ुमेरो भ्वाइस युनिभर्सु को निर्णायकमा गायक दीप श्रेष्ठ भित्रिएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउन्डेशनका केन्द्रिय अध्यक्ष डिल्ली अधिकारीले निर्णायकमा दीप श्रेष्ठ भित्रिएको जानकारी दिए। ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ नेपाल टेलिभिजन र एनटिभी प्लसबाट प्रसारण हुनेछ। यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरू हुन् । इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभाहरूलाई समावेश गर्दै ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन गरिरहेको छ । यो शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, सुरेश अधिकारी, अन्जु पन्त र सुजता बर्मा निर्णायकको रूपमा छन्। यस्तै कार्यक्रमलाई हाँस्य कलाकार सन्दीप क्षेत्री र रीमा विश्वकर्माले ...
भ्वाइस किड्स नेपालको व्लाइन्ट राउण्ड सकियो,ब्याटल राउण्ड अर्को सातादेखि

भ्वाइस किड्स नेपालको व्लाइन्ट राउण्ड सकियो,ब्याटल राउण्ड अर्को सातादेखि

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,चैत्र १९ । द भ्वाइस किड्सको नेपालको ब्लाइण्ड अडिसन पुरा भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको ब्लाइण्ड अडिसन राउन्ड शनिबार सम्पन्न भएको हो । टेलिभिजन रियालिटी शो आगामी सातादेखि ब्याटल राउण्ड सुरु हुनेछ र यसका लागि प्रतिस्पर्धीको समीकरण तयार भएको छ । चारजना कोचमा १२–१२ जना प्रतिस्पर्धी अटाएका छन् । ट्यालेन्ट प्रतिस्पर्धी छानिएकाले ब्याटल राउण्डै अझै रोचक हुने अनुमान गरिएको छ । शोको कोचमा प्रमोद खरेल, मिलन नेवार, सुशान्त केसी र प्रविशा अधिकारी छन् ।...