पूर्णपुष्टि, बैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको टोप बहादुर रायमाझीलाई एमालेले पदबाट निलम्बन गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले बुधबार निकालेको विज्ञप्तीमा टोप बहादुर पदबाट निलम्बन भएको उल्लेख छ ।
पूर्णपुष्टि, बैशाख २७ । भुटानी सरणर्थी प्रकरणमा आज (बुधबार) पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा प्रतिनिधि सभा सदस्य रवी लामिछानेले माओवादी नेतृत्व सरकारलाई धन्यवाद दिएका छन् ।
रवीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीलाई धन्यवाद दिएका हुन् । उनले धन्यवाद दिदैँ यो शिलशिला रोकिन नहुने समेत बताएका छन् । पक्राउ परेका खाणलाई काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ।...
पूर्णपूष्टि, २७ वैशाख ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाणलाई मैजुबहालस्थित निवासबाटै बुधबार पक्राउ गरिएको हो ।
यसअघि पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएपछि उनी प्रहरी निगरानीमा थिए । उनी जतिबेला पनि भाग्न सक्ने शंका बढेपछि प्रहरीले ‘जरूरी पुर्जी’थमाएर बुधबार पक्राउ गरेको हो । खाणको पक्राउबारे प्रहरीले अहिले थप प्रक्रिया अघि बढाइसकेको छ ।
‘टोपबहादुर रायमाझीझैं फरार हुन सक्ने भएकाले जरूरी पुर्जी दिएर पक्राउ गरिएको हो, अहिले थप प्रक्रियाका लागि गइसकेका छौं, अब अनुसन्धान अगाडि बढ्छ,’ उच्च प्रहरी स्रोतले भन्यो ।
कोही आरोपी भाग्ने आशंका भएपछि प्रहरीले जरूरी पुर्जी थमाएर नियन्त्रणमा लिन सक्ने व्यवस्था छ । घरमा प्रहरी ...
पूर्णपुष्टि, बैशाख २७ । अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छ्न । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो ।
अमेरिकी लेखक इ. जिन क्यारलले ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको मुद्धा लगाएकी थिईन् । साथै मानहानी गरेको आरोप पनि लगाएकी थिईन् । । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको द न्युयोर्क टाइम्समा उल्लेख छ । सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्न सक्छ।
यस फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा धक्का लाग्ने पक्का छ । ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । ट्रम्पले आफूमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप लगात...
पूर्णपुष्टि, बैशाख २७ । नेपाली काग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकुष्ण खाण पक्राउ परेका छन् ।
नक्कली भूटानी शरणर्थी प्रकरणमा अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसी पक्राउ परेको प्रहरी उच्च स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार बिहान खाणकै निवासबाट दुबै जना पक्राउ परेका हुन् । यस बिषयमा थप विवरण आउन बाकीँ छ ।...
पूर्णपुष्टि,वैशाख २६ । आज नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसको रुपमा मनाउँदै छ । नेपालमा विसं २००८ मा प्रधानन्यायाधीश ऐन जारी भई विसं २००९ वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा कानून दिवस मनाउन थालिएको हो ।
सोही दिनको सम्झनामा प्रत्येक वर्ष बैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ। प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ।
न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ। कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्ये...
पूर्णपुष्टि, २४ वैशाख ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरपालिका १४ को नेतृत्वमा किशोर राई सर्वसहमत चयन भएका छन् । उनि सहित उपाध्यक्षमा जिवन मगर पनि चयन भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरे तथा अग्रज नेताहरु ईश्वरमणी राउत, बैकुण्ठ दाहाल र युवा नेता मन्दीप राई सहितको उपस्थितिमा नेतृत्व चयन कार्यक्रम भएका थिए । कार्य समितिमा अन्य सदस्य तथा पदाधिकारीहरु भने पुरानै रहेका छन् ।
केहि समय अघि देनी नेतृत्वको केहि पदाधिकारीहरु खाली रहेपछि राईलाई अध्यक्ष र मगरलाई उपाध्यक्षमा चयन गरिएका थिए । राई इमान्दारी र कर्तव्यनिष्ठ व्यक्तित्वका रुपमा आपुलाई प्रस्तुत गर्दै गाउँटोलमा छाएका व्यक्ति हुन् । आफुले १४ नं वडाका युवाहरुलाई समेटेर नेतृत्व गर्दै गर्दा एक खुसी र अर्को चुनौती पनि रहेको जनाए । उनले पार्टी भित्रका अग्रज र सहकर्मीहरुलाई इमान्दारी र कर्तव्यनिष्ठ भए...
पूर्णपुष्टि,वैशाख २२ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उदयपुरको गाईघाटमा पहिलो प्रदेश बैठक सम्पन्न गरेको छ । शुक्रबार गाईघाट स्थित टाउन हल होटलको सभाहलमा रास्वपाका प्रदेश सभापति राजेश कुमार तिमिल्सिनाको अध्यक्षतामा बिभिन्न निर्णयहरु सहित बैठक सम्पन्न भएको हो ।
बैठकले संगठन विस्तार प्रशिक्षण लगाएत विषयमा छलफल गरेर निर्णय गर्ने रास्वपाका उदयपुर जिल्ला संयोजक चित्रकुमार कार्कीले बताए । कार्यक्रममा संघिय सांसद असोक कुमार चौधरीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सांसद चौधरीले उदयपुरको उदयपुरको गाईघाट फत्तेपुर सडक र प्रस्तावित सगरमाथा विमानस्थलको विषयमा समेत स्थलगत अनुगमन गरेको छन् । सांसद चौधरीले सम्बन्धि विभागबाट जानकारी लिने समेत जनाएका छन् ।
स्थानीयले सामान्य बाटोमा पुल नभएकोले वर्षातको समय हजारौं स्थानीयले सास्ती भोगिरहनु परेको स्थानीयले सांसद चौधरी ...
पूर्णपुष्टि, बैशाख २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने नहुने बारे छलफलका लागी आज बैठक बस्दैछ । शुक्रबार साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा सहभागी हुने नहुने बारे छलफल गरिने सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा सरकारसँग सम्बन्धित विषयमा छलफल हुनेछ । गत सोमबार बसेको रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठकमा सभापती रवी लामिछानेले प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागीका लागी प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए ।
आजको बैठकले सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्ने भन्ने बिषयको निर्णय लिने केन्द्रिय सदस्यहरुले बताए । सरकारमा सहभागीका लागी रास्वपाले पहिला पाएकै मन्त्रालयहरु पाउनु पर्ने अडान लिएको छ । रास्वपाको (उपप्रधानसहित गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रो...
पूर्णपुष्टि,वैशाख २१ ।
चौदण्डीगढी नगरपालिकाले बेतिथि मच्याएको भन्दै सरोकारवालाको सर्वपक्षीय, सर्वदलीय समूहले बेल्टार बजारमा जुलुस प्रदर्शन गर्दै मेयरकालुमान लामाको राजीनामा माग गरेका छन् । नगरमाकर्मचारी नियुक्तीमा घुसकाण्ड बाहिरिएको, राजनिति नियुक्त बढेको, सेवा प्रवाह प्रभावकारी नभएको, नदिजन्यपदार्थ उत्खनमा हिना मिना, जग्गा नापीको काम अगाडि नबढाएको, कृषि र पशुको कार्यक्रममा कमिसन लिइ एनजिओलाई सम्पेको लगायतका आरोप छ । तत्काल वेतिथि रोक्न कदम नचालिए बजार बन्ददेखि पालिका तालाबन्दी र आमहड्ताल सम्मको आन्दोलन गर्ने जनाएका छन् । केहीदिन अघि मेयर लामाका स्वकीय सचिवले जागीरको आश्वसनमा चारजनाबाट डेड लाखको दरले घुुस लिएको अडियो सार्बजनिक भएको थियो । उनिहरुले नगरपालिकाको बेतिथि बढाउने जिम्मेवारी व्यक्ति कालुमान लामाले तत्काल राजिनामा दिनु पर्ने समेत अडान राखेका छन् ।...