Sunday, September 13News That Matters

राजनीति

चितवनमा रविका समर्थक र प्रहरी बीच तनाव ग्रस्त

चितवनमा रविका समर्थक र प्रहरी बीच तनाव ग्रस्त

राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १० । चितवनको भरतपुर महानगपालिका ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा राष्ट्रिय स्तन्तत्र पार्तीका सभापति एवम चितन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेको समर्थक र प्रहरी बिच केहीबेर तनाव ग्रस्त भएको छ । उम्मेदवार लामिछाने मतदान स्थलमा आउँन वित्तीकै उनका समर्थहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो । त्यस क्षेत्रमा नाराबाजी पछि तनाव सिर्जना भएको लगत्तै भागाभाग मच्यो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो । रविले पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा उनी विभिन्न मतदानस्थलमा पुगिरहेका र अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् ।...
पहिचान विरोधीहरुको शासन व्यवस्था अब ध्वस्त हुन्छ : पूर्व मन्त्री किराती

पहिचान विरोधीहरुको शासन व्यवस्था अब ध्वस्त हुन्छ : पूर्व मन्त्री किराती

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १० । “कति सय लाग्छ त्यो थाहा छैन् तर पहिचान विरोधी शासन व्यवस्था अब नेपालमा ध्वस्त हुन्छ, ‘किनाकी गाउँगाउँमा पहिचान आन्दोलनको सन्देश पुगिसेको छ ।” किरात गणराज्य मोर्चाका अभियान्ता तथा संयोजक गोपाल किरातीले भने,” पूर्व मन्त्री समेत रहेका किरातीले शनिवार गाईघाट स्थित किरात गणराज्य मोर्चा संगठको क्रममा यस्तो बताएका हुन् । उनले पछिल्लो समय प्रदेश नामाकरणको बिषयमा सरकारले यहाँको पहिचान मेटाउन खोजेको आरोप समेत लगाए । जाबो एउटा पहिचानको नाम सम्म स्वीकार्न नसक्ने सरकारले भोली यहाँको आदिवासी जनजातिहरुलाई अधिकार कसरी संरक्षण गर्छ ? उनले प्रश्न गरे । विस्तारी पहिचान मेटाउँदै यहाँको मुलवासीहरुलाई लखेट्ने र देश विहिन बनाउने अहिलेको दल र सरकारको उदेश्य रहेको समेत किरातीले जनाए । यसका लागि हामि सबै पहिचानवादी जातजातिहरु जाग्नु पर्ने पर्छ उनले भने, । राईले पूर्वमा किराती पहिचान खोस...
चितवन,तनहुँ, र बारा २ मा आज उपनिर्वाचन, बिहान ७ बजेदेखि मतदान

चितवन,तनहुँ, र बारा २ मा आज उपनिर्वाचन, बिहान ७ बजेदेखि मतदान

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १० । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अन्तर्गत आज (आइतबार) तीन जिल्लामा मतदान हुँदैछ । निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुन लागेको मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि ती निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य रिक्त भएको थियो। नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ रिक्त थियो । बारा–२ मा जनता समाजवादीका अध्यक्ष रामसहायप्रसाद यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायतका उम्मेदवार छन्। तनहुँ–१ नेपाली कांग्रेसब...
आज मध्यरातबाट उपनिर्वाचनको प्रचार प्रसारमा निषेध

आज मध्यरातबाट उपनिर्वाचनको प्रचार प्रसारमा निषेध

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ७ । यहि बैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसारमा निषेध गरिएको छ । निर्वाचन आयोगले आज विहिबार मध्यराती १२ बजेबाट प्रचार प्रसार गर्न निषेध गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आजबाट लागु भएको प्रचार प्रसार निषेध मतदान केन्द्र बन्द नभएन्जाल सम्मका लागी लागुहुने जानकारी दिए । आयोगबाट जारी विज्ञप्तीमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि क्रियाकलाप गर्न नहुने उल्लेख गरिएको छ । सामाजिक सञ्जाल तथा विद्युतिय माध्यमबाट उम्मेदवारको पक्ष वा विपक्षमा मत माग्न नपाईने पनि आयोगको विज्ञप्तीमा उल्लेख छ । आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट हार जितको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर...
गठबन्धनका साझा उम्मेवदार गोविन्द भट्टराईलाई जिताएर पठाउनुस मन्त्री बनाउँछु : प्रधानमन्त्री दाहाल

गठबन्धनका साझा उम्मेवदार गोविन्द भट्टराईलाई जिताएर पठाउनुस मन्त्री बनाउँछु : प्रधानमन्त्री दाहाल

राजनीति, समाचार
पूर्णपुष्टि,बैशाख ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले आगामी बैशाख १० हुन लागेको उपनिर्वाचनमा सत्ता गठबन्धनको उम्मेदवार गोविन्द भट्टराईलाई जिताउर पठाउन अपिल गर्नुभएको छ । तनुहुँको डुम्रेमा बुधवार एक कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । कार्र्यक्रममा उनले ‘गोविन्द भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभएको छ’अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो । यसअघि तनहुँ १ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। उनले सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई अत्याधिक मतले जिताएर पठाउनुपर्नेसमेत बताएका थिए। तनहुँको विकास निर्माणको काममा सरकारले ध्यान दिने पनि प्रधानमन्त्रीको भनाइ थियो। ‘गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, रूख चिन्ह ...
सिंहदरबारको फोहोर उठाउनेसम्बन्धी बसेको बैठक निष्कर्ष बिहिन

सिंहदरबारको फोहोर उठाउनेसम्बन्धी बसेको बैठक निष्कर्ष बिहिन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ६ । सिंहदरबारको फोहोर उठाउनेसम्बन्धी बसेको बैठकले निर्णय गर्न सकेन । सहरी विकास मन्त्रालयले बोलाएको फोहोर व्यवस्थापनसम्बन्धी बसेको बैठक निष्कर्ष बिहिनमा सकिएपछि केही समयपछि फेरि बस्ने भएको छ । परिवर्तन नेपालका व्यवस्थापन प्रमुख मित्र घिमिरेले केही समयअघि बसेको बैठकले केही निर्णयमा पुग्न नसकेको कारण अब केही समयपछि पुनः बैठक बस्ने जानकारी दिए । गत शनिबार बिहान बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए । विगत ११ दिनदेखि सिंहदरबारदेखि राष्ट्रप्रमुख र संघीय सरकारका पदाधिकारीहरूको निवासबाट फोहोर उठेको छैन् । सरकारले वार्तामा नबोलाएसम्म फोहोर नउठाउने काठमाण्डौँ महानगरका मेयर बालेन शाहले अडान लिएका छन्। सिंहदरबार भित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएको छ भने फोहोर छुट्याएर तीन तरिकाले व्यवस्थापन गर्न थालिएको छ । काठमाडौं...
स्वस्थ्यमा समस्यापछि थप उपचाकरो लागि राष्ट्रपति पौडेललाई भारत लगियो

स्वस्थ्यमा समस्यापछि थप उपचाकरो लागि राष्ट्रपति पौडेललाई भारत लगियो

राजनीति, समाचार
पूर्णपुष्टि,बैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई स्वस्थ्यमा समस्या आएपछि थप उपचारको लागि छिमेकी मुलुक भारत लगिएको छ । बुधबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत बिहान १० बजे त्रिभुवन विमानस्थलबाट भारत लगिएको हो । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको लामो समय औषधि सेवन गर्दा पनि छातीको सङ्क्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजना सुझाएका थियो । पौडेलको बिदाइ गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउद विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् । राष्ट्रपति पौडेलको उपचार अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने छ । १८ चैतमा पनि पेटमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो...
संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारीसका लागी बसेको बैठक निष्कर्ष बिहिन

संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारीसका लागी बसेको बैठक निष्कर्ष बिहिन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ६ । संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारीसका लागी बसेको बैठक निष्कर्ष बिहिन भएको छ । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठमा भावी प्रधानन्यायाधीश नियुक्ती बारे छलफल भएपनि सिफारीस भने गर्न सकेन । बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि उनले बताए। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरू भएको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए । वैशाख ४ गते प्रमुख तीन दलका नेताहरुबिच बालकोटमा बसेको बै...
रास्वपाका उपसभापति अर्याललाई विमानस्थलबाट फर्काइए

रास्वपाका उपसभापति अर्याललाई विमानस्थलबाट फर्काइए

राजनीति, समाचार
पूर्णपुष्टि,बैशाख २ । नेपाल वायुसेवा निगमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई भारत उडान गर्नबाट रोकेको छ । शनिवार आज दिउँसो १ बजेर ४५ मिनेटको उडानबाट भारतको बैंग्लोर जान तयारी भएका उपसभापति अर्याललई राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै विमानस्थलमा निगमका कर्मचारीले उनलाई विमान चढ्नबाट रोकेको हो । बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेकोमा उपसभापति अर्यालले आश्चर्य व्यक्त गरेका छन् । यता वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता नै अनिवार्य भएको स्पष्ट पारेका छन् ।...
निर्वाचन आयोगद्धारा उपनिर्वाचन पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

निर्वाचन आयोगद्धारा उपनिर्वाचन पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र २९ । आगामी बैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचन अनुगमन गर्न ६ संस्थालाई अनुमति दिईएको छ । निवार्चन आयोगले उपनिर्वाचन अनुगमन गर्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाललाई अनुमति दिएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ती संस्थाबाट निर्वाचन क्षेत्र खुलाई सिफारिस भएर आउने पर्यवेक्षकले आयोगबाट पर्यवेक्षकको अनुमतिपत्र पाउने छ ।...