Monday, September 7News That Matters

राजनीति

सर्वसम्मत रूपमा राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

सर्वसम्मत रूपमा राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,माघ ९ । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस पदाधिकारीको बैठकले सो निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा पार्टीका पूर्वपदाधिकारी समेत सहभागी थिए । राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिए पनि उम्मेदवार कसलाई बनाउने भन्नेबारे टुंगो लागिसकेको छैन । कांग्रेसले आफू सरकारमा नभए पनि राष्ट्रपतिमा भने दाबी गर्दै आएको छ । संसदको सबैभन्दा ठूलो दल भए पनि आफ्नो नेतृत्वमा सरकार बनाउन नसकेको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भने विश्वासको मत दिएको थियो । सो अनुसार राष्ट्रपतिमा दाहालको पार्टी माओवादी केन्द्रले सघाउँछ कि भन्ने आशा कांग्रेस नेताहरुले राखेका छन् ।...

उपसभामुख ईन्दिरा रानाद्धारा विज्ञप्ती जारी गरी पार्टीबाट अलग

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, माघ ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख भएकी ईन्दिरा रानाले विज्ञप्ती जारी गर्दै पार्टी देखी अलग भएको जनाएका छन् । सोमबार रानाले विज्ञप्ती जारी गरी पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् । उनि सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन् । रानाले आज साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने छिन् ।...
उदयपुरबाट ४ जना महिला उम्मेदवार

उदयपुरबाट ४ जना महिला उम्मेदवार

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २७ गते । उदयपुरबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ४ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभाबाट २ जना र प्रदेश सभाबाट २ जना गरि ४ जनाले उम्मेवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन क्षेत्र नं. १ मा एमालेकी मञ्जु कुमारी चौधरी र क्षेत्र नं. २ बाट जनजागरण पार्टीकी विन्दाकुमारी कटुवालको उम्मेदवारी रहेको छ । त्यस्तै, प्रदेशसभामा क्षेत्र नम्बर १ (क) बाट सचेत नेपाली पार्टीकी कल्पाना सापकोटा र प्रदेश सभामा क्षेत्र नं. २ (ख) बाट राप्रपाकी माला तामाङले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र १ र २ गरी २ प्रतिनिधिसभामा २८ र ४ प्रदेशसभामा ३६ गरी उदयपुृरमा ६४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।...
उदयपुरमा बागी उम्मेदवारलाई पार्टीद्धारा निस्काशित

उदयपुरमा बागी उम्मेदवारलाई पार्टीद्धारा निस्काशित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १७ गते । उदयपुरबाट बागी उम्मेदवारी दिनेलाई पार्टीद्धारा निस्काशित गरिएको छ । गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिने नेपाली काँग्रेसका उम्मेदवारलाई ५ वर्ष सम्म साधारण सदस्य समेत नरहने गरि पार्टीले निस्काशन गरेको हो । आसन्न मंसिर ४ मा हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा बागी उम्मेदवार दिई तोकिएको मिति र समयमा उम्मेदवार फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने कार्वाहि गरिएको छ । कटारी नगरपालिका–५ का प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ का उम्मेदवार राम कुमार राई, कटारी–६ का मिन कुमार दाहाल र कटारी–४ का लिलाराज अधिकारी कार्वाहिमा परेका छन् । त्यस्तै, यता बेलका नगरपालिका–९ का प्रदेश सभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार ...
कांग्रेसद्धारा उदयपुरका रामकुमार राई कार्वाहीमा

कांग्रेसद्धारा उदयपुरका रामकुमार राई कार्वाहीमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २७ कांग्रेसका क्षेत्रीय सभापति उदयपुरका रामकुमार राईलाई पार्टीले कार्वाही गरेको छ । राईलाई पार्टीले ५ बर्षका लागि निष्काशित गर्दै कार्वाही गरेको हो । पार्टीले तोकोको उम्मेदवार विरुद्ध बागी हालेको भन्दै उनलाई कार्वाही गरेको हो । पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई कार्वाही गरेको विज्ञाप्तीमा उल्लेख छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारमाथी बागी लगाउनेलाई कार्वाही गरेको बिज्ञाप्तीमा उल्लेख छ । राईले निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडा बिरुद्ध स्वतन्त्रमा बागी उम्मेदवारी दिएकोले पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको ह...
उदयपुरमा दुई बागीद्धारा उम्मेद्धारी फिर्ता

उदयपुरमा दुई बागीद्धारा उम्मेद्धारी फिर्ता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २६ गते । उदयपुरमा गठबन्धनका आधिकारिक उम्मेद्धारबिरुद्ध बागी उम्मेद्धारी दिएका दुइजनाले मनोनयन फिर्ता गरेका छन् । उदयपुरको प्रतिनिधीसभा क्षेत्र नं एकको प्रदेशसभा (ख) मा नेपाली काग्रेसका उम्मेद्धार हिमाल कार्की बिरुद्ध उम्मेद्धारी दिएका बासु उपाध्यय पोखरेलले उम्मेद्धारी फिर्ता लिएकाछन् । उनले हिमाल कार्कीलाइ समर्थन गर्ने भन्दै उम्मेद्धारी फिर्ता लिएको सामाजिक सन्जालमार्फत जनाएका छन् । यस्तै क्षेत्र नं दुई अन्तरगतको प्रदेशसभा (ख) मा गठवन्धनका उम्मेद्धबार राम कुमार खत्री बिरुद्ध उम्मेद्धारी दिएका माओबादी केन्द्रका नेता हेमराज दाहालले उम्मेद्धारी फिर्ता लिएको मुख्य निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ । उदयपुरमा दुई जनाले उम्मेद्धारी फिर्ता लिएसँगै ६२ जना चुनाबी मैदानमा रहेका छन् ।...
आज उम्मेद्धारले चुनाव चिह्न पाउने

आज उम्मेद्धारले चुनाव चिह्न पाउने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २६ गते । निर्वाचन आयोगले प्रतिनिधी सभा तथा प्रदेश सभाका उम्मेद्धारलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । निर्वाचन आयोगको तालिका अनुशार आज दिउसो एक बजेसम्म आयोगले उम्मेद्धारी फिर्ता लिन चाहने उम्मेद्धारलाई आफ्नो उम्मेद्धारी फिर्ता लिन समय दिएको छ । दिउँसो तीन बजे सम्ममा आयोगले उम्मेद्धारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका राखेको छ । यसरी अन्तिम नामावली प्रकाशन भएपछि उम्मेद्धारलाइ चुनाब चिह्न प्रदान गर्ने तयारी आयोगले राखेको छ । निर्बाचन आयोगका अनुशार दलका उम्मेद्धारलाई सम्बधीत दलको चुनाब चिह्न प्रदान गरीने छ भने स्वतन्त्र उम्मेद्धारलाई मतपत्रमा भएको चुनाब चिह्न मध्ये रोजेको चिह्न प्रदान गरिनेछ । एउटै चुनाव चिह्न एकभन्दा वढी उम्मेद्धारले रोजेको खण्डमा वर्णानुक्रमअनुशार चिह्न प्रदान गरीनेछ । उदयपुरमा प्रतिनिधी तथा प्रदेश सभामा गरी ६४ जना चुवानी मैदानमा देखिएका छन् ।...
मिसन चुनाब उदयपुरमा ६४ उम्मेद्धार चुनाबी मैदानमा

मिसन चुनाब उदयपुरमा ६४ उम्मेद्धार चुनाबी मैदानमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २५ गते । उदयपुरमा २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ६४ जना उम्मेद्धार चुनाबी मैदानमा देखिएका छन् । जिल्लामा प्रतिनिधिसभामा २ क्षेत्र र प्रदेश सभामा ४ क्षेत्र रहेका छन् । प्रतिनिधीसभा क्षेत्र नं. १ मा १६्र जनाले उम्मेद्धारी दिएका छन् । नेपाल सरकारका परराष्ट्र्मन्त्री डा. नारायण खड्काले क्षेत्र नं. १ बाटै उम्मेद्धारी दिएका हुन् । उनी सत्तारुढ गठवन्धनका साझा उम्मेद्धार हुन । यस्तै एमालेकी पोलिटव्युरो सदस्य मन्जु चौधरीले पनि सो क्षेत्रबाट चुवानी प्रतिस्पर्धा गर्दैछिन् । क्षेत्र नं. १ बाटै राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव रायमाझीले, लोकतान्त्रीक समाजवादी पार्टीका खुसीलाल ठाकुर, राष्ट्रिय जनमुक्ती पार्टीका गोकर्ण राई, नेपाल मजदुर पार्टीका विष्णु वहादुर खत्री लगायत २८ जना चुनाबी दौडमा छन् । क्षेत्र नं. १ प्रदेश सभा ‘क’ मा सत्तारुढ गठबन्धनबाट माओवादीका राजन...
मिसन निर्बाचन : उदयपुरमा उम्मेद्धारविरुद्ध परेन उजुरी

मिसन निर्बाचन : उदयपुरमा उम्मेद्धारविरुद्ध परेन उजुरी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २५ उदयपुरका कुनै पनि उम्मेद्धद्धार विरुद्ध उजुरी परेको छैन । प्रतिनिधीसभा तथा प्रदेश सभा निर्बाचन २०७९ मा उदयपुरका दुई क्षेत्रमा प्रतिनिधीसभाका लागी अठ्ठाइस जनाले उम्मेद्धारी दिएका छन । यस्तै प्रदेश सभामा छ््त्तीस जनाले प्रदेश सभामा उम्मेद्धारी दिएका छन । निर्बाचन आयोगले असोज चौविस गते मनोनयन गरेका उम्मेद्धारविरुद्ध उजुरी दिने समय तोकेपनि सो समयमा कुनै पनि उम्मेद्धारविरुद्ध उजुरी नपरेको मुख्य निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ । उदयपुरमा एमाले र सत्तारुढ गठबन्धनविच चुनाबी प्रतिस्पर्धा हुने आकलन गरीएको छ ।...
सय उम्मेदवारबाट आयोगले असुल्यो साढे ३ करोड भन्दा बढी जरिवाना

सय उम्मेदवारबाट आयोगले असुल्यो साढे ३ करोड भन्दा बढी जरिवाना

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २४ गते । एक सय जना उम्मेदवारबाट आयोगले साढे तीन करोड ५५ लाख ५० हजार रकम असुल गरेको छ । गत स्थानीय तह चुनावमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाइ जरिवानामा परेकाहरुले फेरी आगामी चुनावका लागि उम्मेदवार बन्न सो जरिवाना बुझाएका हुन् । अघिल्लो चुनावमा पनि उम्मेदवार रहेका र आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पनि उम्मेदवार बनेका तर निर्वाचन खर्च अझै पनि नबुझाएकाहरुले जरिवाना नबुझाएसम्म उम्मेदवार हुन नपाइने व्यवस्था रहेको छ । सोही अनुरुप उम्मेदवारहरूले विभिन्न निर्वाचन कार्यालय मार्फत जरिवाना रकम बुझाएको निर्वाचन आयोगगले जनाएको छ । जरिवानामा परेका उम्मेदवारले जरिवाना नतिरी उम्मेदवारी दर्ता गरेको भए रद्ध हुने आयोगले जनाएको छ । त्यस्ता उम्मेदवार बिरुद्ध दावी विरोधको उजुरी दिन सकिने उनले बताए । दावी विरोधको समयसम्म पनि जरिवाना नतिर्नेको उम्मेदवारी खारेज हुनेछ । ...