एन्फा उमन्स च्याम्पियनसिप:अनआरटीको पोष्टमा आर्मीको ६ गोल
सुनिल राई÷गाईघाट, ४ फागुन । उदयपुरको थारुहट रङ्गशाला गाईघाटमा जारी एन्फा उमन्स च्याम्पियनमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
आज भएको खेलमा न्युरोड टिमलाई ६–१ गोल अन्तरले हराउँदै आर्मीले जित हासिल गरेको हो । आर्मीको जितमा जर्सी नं. ८ कि जेनिफर रानाले ह्याट्रिक गरिन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खाता खोलेकी थिईन् भने खेलको ५९ र ६१ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन । त्यस्तै खेलको ७२ औँ मिनेटमा थप एक गोल गर्दै चौथो गोल गरिन । आर्मीका लागी जर्सी नं. ७ कि सपना लामाले खेलको ८१ र ९० औँ मिनेटमा गोल गरिन् ।
न्युरोड टिमको तर्फबाट जर्सी नम्बर १३ कि कविता गुरुङले खेलको ३४ औँ मिनेटमा एक मात्र गोल फर्काउन सफल भइन ।
भोलिको खेलमा संकटा फुटबल क्लबले चर्च बोईजको सामना गर्नुपर्नेछ । चर्च बोइजले छहरी युथ क्लबलाई जितर आएको हो ।
हालसम्मको खेलबाट गाइघाट फुटबल क्लव, एफ स...









