Friday, August 21News That Matters

समाचार

चौदण्डीगढीमा भएको अटो दुर्घटनामा बालिकाको मृत्यु

चौदण्डीगढीमा भएको अटो दुर्घटनामा बालिकाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ साउन । उदयपुरको चौदण्डीगढी–८ सिद्धिपुरमा अटो दुर्घटना हुँदा एक बालिकाको निधन भएको छ । प्र–००२–००४ ह ४०८१ नं।को अटोमा सवार खोटाङ बाराहापोखरी गाउँपालिका–५ की १३ वर्षीया बालिका साहारा मगरको दुर्घटनामा निधन भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । हिजो दिउसो ९आइतबार० कोशीपारीबाट बेल्टार आउनेक्रममा चौदण्डीगढी–८ बेसारेमा अटो दुर्घटना भएको थियो । दुर्घटनापछि घाइते बालिकाको उद्धारगरी थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर लएिको थियो । तर उनको उपचारकोक्रममा आज विहान निधन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेसारे स्थित सानो खोल्सीमा अप्ठ्यारो जस्तो बाटो देखिएपछि चालक हरीबहादुर राईले अटो रोकी बाटो हेर्न गएको बेला दुर्घटना भएको हो । ३५ वर्षीय चालक राई प्रहरी नियन्त्रणमा छन् भने उनी माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरको पुष्पाञ्जली विद्यालयमा अध्ययन ठप्प, प्रिन्सिपल र फाउण्डर बेपत्ता

उदयपुरको पुष्पाञ्जली विद्यालयमा अध्ययन ठप्प, प्रिन्सिपल र फाउण्डर बेपत्ता

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन २० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित पुष्पाञ्जली शिशु वाटिका विद्यालयका प्रिन्सिपल र फाउण्डर बेपत्ता भएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ। विद्यालयका प्रिन्सिपल कर्ण कटेल गत साउन ११ गतेदेखि र फाउण्डर नै केही दिनदेखि सम्पर्कविहीन रहेका छन्। प्रिन्सिपल गत बिहीबार (साउन १० गते) विद्यालय आएको तर त्यसपछि बिना जानकारी अनुपस्थित रहेको शिक्षकहरूले जानकारी दिएका छन्। उनीसँग सम्पर्क गर्दा केटी हेर्न भिनाजु गोकुल वि.क. सँग काठमाण्डौँ गएको बताएको शिक्षकहरूले जनाएका छन्। सोमबार साउन १४ गते विद्यालयमा आएर केहि दिनभित्र विद्यार्थीहरूलाई अन्यत्र स्कुलमा सार्ने वा विद्यालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने भनिए पनि त्याे गरिएकाे छैन । विद्यालयको वार्डेन मनोज बस्नेत पनि विद्यालय आउने भनेर आएका छैनन्, बेपत्ता छन् । यस्तो अवस्थामा विद्यालयमा पठनपाठन प्रभावित भएको छ । अभिभ...
प्रचण्ड सरकारको परराष्ट्र नीति: तटस्थता र सन्तुलनको १८ महिने यात्रा

प्रचण्ड सरकारको परराष्ट्र नीति: तटस्थता र सन्तुलनको १८ महिने यात्रा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २० ।  प्रचण्ड नेतृत्वको सरकारले १८ महिनाको कार्यकालमा नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेखनीय प्रगति हासिल गरेको छ। भूराजनीतिक तटस्थता कायम राख्दै छिमेकी मुलुकहरूसँगको सम्बन्ध सुधार गर्न र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति बलियो बनाउन सफल भएको देखिन्छ। सरकारले 'छिमेक प्रथम' नीति अपनाउँदै भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिएको छ। भारतसँग दीर्घकालीन विद्युत व्यापार सम्झौता सहित ७ वटा महत्वपूर्ण सम्झौता भएका छन्। यसैगरी चीनसँग १२ वटा समझदारी भई १४ वटा सीमा नाकाहरू पूर्ण सञ्चालनमा आएका छन्। ऊर्जा सहकार्यमा विशेष प्रगति भएको छ। भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने ऐतिहासिक सम्झौता भएको छ। चीनसँग सीमापार विद्युत प्रसारण लाइन निर्माण सम्बन्धी सम्झौता भएको छ भने बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौता भई निर्यात प्रक्रिया सुरु ...
स्वयम्भूमा भोलीदेखि एक महिने मेला

स्वयम्भूमा भोलीदेखि एक महिने मेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २० । स्वयम्भूमा भोलि सोमबारदेखि सुरु हुने एक महिने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार विश्वसम्पदा स्वयम्भू तथा आसपासका सम्पदास्थलमा दर्शनार्थीहरूको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन र सडक बत्ती व्यवस्थापनको काम सम्पन्न भएको छ। महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर वरिपरिका अस्थायी पसलहरू हटाइएको र सहयोगापेक्षीहरूलाई बस्न नदिने व्यवस्था गरिएको जानकारी दिए। प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भागहरूको मर्मत र जीर्णोद्धार गरिएकाले यस वर्ष मेलामा आउनेहरूको संख्या बढ्ने अपेक्षा गरिएको छ। महासमितिले थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट करिब पाँच लाख मानिस आउने अनुमान गरेको छ। काठमाडौँ महानगरपालिका-१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले महासमितिसँग समन्वय गरी म...
संसदमा थुप्रिए विधेयक, कानुन निर्माणमा ढिलाइ

संसदमा थुप्रिए विधेयक, कानुन निर्माणमा ढिलाइ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २० । प्रतिनिधि सभा र राष्ट्रिय सभामा दर्जनौं विधेयक विचाराधीन अवस्थामा रहेका छन्, तर कानुन निर्माणको प्रक्रिया भने अपेक्षाकृत गतिमा अघि बढ्न सकेको छैन। संघीय सांसदहरूको मुख्य कार्य मानिने विधायिकी कामले गति लिन नसकेको विज्ञहरूले बताएका छन्। प्रतिनिधि सभामा हालसम्म १४ वटा विधेयक दर्ता भएका छन्, जसमध्ये कुनै पनि विधेयकले पूर्ण कानुनी रूप लिन सकेको छैन। यसैगरी, राष्ट्रिय सभाबाट पारित भएर आएका केही विधेयकहरू मात्र कानुन बन्न सफल भएका छन्। प्रतिनिधि सभाका विभिन्न संसदीय समितिहरूमा बैंकिङ कसुर, सार्वजनिक सेवा प्रसारण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भ्रष्टाचार निवारण, नेपाल विश्वविद्यालय, विद्युत्, विद्युतीय व्यापार, विद्यालय शिक्षा, संघीय निजामती सेवा लगायतका महत्वपूर्ण विधेयकहरू दफावार छलफलको क्रममा रहेका छन्।राष्ट्रिय सभामा पनि मिडिया काउन्सिल, नवीकरणीय ऊर्जा, तिलगंगा ने...
आज ६ प्रदेशमा भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज ६ प्रदेशमा भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २० । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ, जसको कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। देशका विभिन्न भागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन ...
भरतपुरमा बढी किमो दिँदा बिरामीको मृत्यु, दुई नर्स निलम्बित

भरतपुरमा बढी किमो दिँदा बिरामीको मृत्यु, दुई नर्स निलम्बित

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २० । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक बिरामीलाई १० गुणा बढी किमोथेरापी दिँदा मृत्यु भएको घटना सार्वजनिक भएको छ। अस्पतालले गठन गरेको छानबिन समितिको प्रतिवेदन अनुसार यस घटनामा नर्सहरू र चिकित्सकहरूबाट गम्भीर त्रुटि भएको पाइएको छ। घटनाको जानकारी सार्वजनिक भएपछि अस्पतालले दुईजना नर्सलाई निलम्बन गरेको छ, जसमध्ये एक जनाले राजीनामा दिइसकेकी छिन्। साथै, दुई जना चिकित्सकसहित २१ जनालाई स्पष्टीकरण सोधिएको छ। लमजुङको दोर्दी गाउँपालिका–९ का ५४ वर्षीय भक्तराज गुरुङको १३ असारमा उपचारका क्रममा मृत्यु भएको थियो। गुरुङ छालाको क्यान्सरको उपचारका लागि अस्पतालमा भर्ना भएका थिए। छानबिन समितिका अनुसार चिकित्सकले ३.४ मिलिग्राम किमो दिन निर्देशन दिएकोमा नर्सहरूले ३४ मिलिग्राम चढाइदिएका थिए। यो मात्रा निर्धारित मात्राभन्दा १० गुणा बढी थियो। अस्पतालका कार्यकारी निर्द...
दमौटीले जित्यो दोस्रो सेभेन ए साईड फुटबलको उपाधि

दमौटीले जित्यो दोस्रो सेभेन ए साईड फुटबलको उपाधि

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २० । दोस्रो सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि दमौटी फुटबल क्लबले जितेको छ। शनिबार बोक्से स्थित गंगा खेल मैदानमा भएको फाईनल खेलमा आयोजक ब्रोदर्श फुटबल क्लबलाई ०-३ गोलले हराउँदै दमौटीले उपाधि हात पारेको हो। दमौटी फुटबल क्लबका लागि प्रताभ राई, अन्जन हमाल र पविन राईले एक-एक गोल गरे। खेलको म्यान अफ द म्याच दमौटी फुटबल क्लबका रितेश तामाङ्ग बने । उनले नगद रु. १ हजार सहित मेडल प्राप्त गरे। उपाधि विजेता दमौटीले नगद रु. ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे। उपविजेता ब्रोदर्शले नगद रु. २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे। प्रतियोगितामा विभिन्न व्यक्तिगत पुरस्कारहरू पनि वितरण गरिएको थियो । बेस्ट डिफेन्स पुरस्कार ब्रोदर्श फुटबल क्लबका पमिन श्रेष्ठले जिते भने बेस्ट स्ट्राइकर पुरस्कार दमौटी फुटबल क्लबका रबि शंकर चौधरीले हात पारे। दमौटीका निम छेरिङ शेर...
नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द

नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १९ ।  सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको कारण भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेका छन्। मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलहरूको प्रसारण रोकिएको छ। उनका अनुसार १५ चैत २०७९ देखि नै यी च्यानलहरूको विदेशी मुद्रा सिफारिस हुन सकेको छैन। प्रवक्ता ठाकुरले भने, "च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका छन्। ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या छैन।" १ साउन २०८० देखि आलाकार्टा मूल्य प्रणाली लागू भएपछि यी च्यानलहरूको प्रसारण रोकिएको थियो। सरकार पछि नहट्ने सङ्केत पाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्...
नेपाली सेनाका जवानको गोली लागेर मृत्यु, आत्महत्याको आशंका

नेपाली सेनाका जवानको गोली लागेर मृत्यु, आत्महत्याको आशंका

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १९ ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) - नेपाली सेनाका एक जवानले आफैंले चलाएको गोली लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, कावासोती नगरपालिका-७ बाँदर झुलामा रहेको नयाँ गोरख गण 'ख' गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत २२ वर्षीय जवान सुदीप मिजारको मृत्यु भएको हो। प्रहरी नायव उपरीक्षक पौडेलले बताए अनुसार, "धादिङ गल्छी गाउँपालिका-४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण 'ख' गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५.५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ।" घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको पौडेलले जानकारी दिए।...