Sunday, May 3News That Matters

समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि संविधान संशोधन आवश्यक : प्रचण्ड

प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि संविधान संशोधन आवश्यक : प्रचण्ड

Breaking News 3, समाचार
पूर्णपुष्टि÷गाईघाट, असोज ३ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको अवसरमा विद्यमान संविधानलाई संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित संविधान दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान निर्माणको बेला माओवादीले राखेको फरक मतलाई अब सम्बोधन गर्ने समय आएको दाबी गरेका हुन् । प्रचण्डले भने, ‘त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था हुनुपर्ने लगायतका विषयमा हामीले फरक मत राखेका थियौं। अहिले जेनजी आन्दोलनले त्यसलाई पुष्टि गरिदिएको छ ।’  उनले थप भने, ‘त्यसबेलाका ठूला भनिएका दलहरूले अहिले जेनजीले उठाएका विषयलाई संविधानमार्फत सम्बोधन हुन नदिएकाले अहिलेको परिस्थिति सिर्जना भएको हो ।’ माओवादी अध्यक्षले राजनीतिक स्थायित्वका लागि ...
संविधान दिवसको अवसर पारेर तोडफोड भएको एमाले उदयपुरको पार्टी कार्यालयमा सरसफाई

संविधान दिवसको अवसर पारेर तोडफोड भएको एमाले उदयपुरको पार्टी कार्यालयमा सरसफाई

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट, ३ असोज । एमाले उदयपुरले जेन्जी आन्दोलनको क्रममा तोडफोड भएका पार्टी कार्यालय सरसफाई र व्यवस्थीत गरेको छ । बिहिबार असोज ३ गते संविधान दिवसको अवसर पारी ८ दिन पश्चात जिल्लाको नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाई गरेको हो । एमाले उदयपुरका अध्यक्ष भागवत राउत सहित नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाई गरेको छ । जसम युवा संघ नेपाला युवाहरुका पनि सहभागी रहेको छ । आन्दोलनका प्रदर्शनकारीले पार्टी कार्यालय पूर्ण रुपमा ध्वस्त पारेका थिए । कार्यालयको गेट फोडेर भित्रका सामाग्रीहरु तोडफोड पश्चात आगजानी गरेका थिए ।...
गाईघाटको फोहोर भोली विहानदेखि मात्र उठाउने वडाध्यक्ष कोइरालाको भनाई

गाईघाटको फोहोर भोली विहानदेखि मात्र उठाउने वडाध्यक्ष कोइरालाको भनाई

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/गाईघाट, असोज २ । गाईघाट बजारको फोहोर भोली विहानबाट उठ्ने त्रियुगा नगरपालिका ११ का वडाध्यक्ष सुमन्त कोइरालाले बताएका छन् । हिजो विश्वकर्मा पुजा र आज पुरा सामग्री सेलाउन परेपछि भोली विहानबाट फोहोर उठाउने अध्यक्ष कोइरालले बताउनुभयो । भदौ २३ गतेको जेनजी प्रदर्शन र पालिका लगायत विभिन्न संरचनामा तोडफोड तथा आगजनी पछि बजार क्षेत्रको फोहर उठाएको थिए । ११ दिनदेखि थुप्रिएको फोहरले बजार क्षेत्रको जनजीवन अस्तब्यस्त बनाएको छ । जताततै सडक किनारमा थुपारिएका फोहोरले दुर्घन्ध फैलाएको छ । बजार नै कुरुप पारेको छ । बजार क्षेत्रका घर तथा होटल, पसलबाट निस्केका फोहर अगाडी सडक किनारमा थुपारिएका छन् । बर्षातले थप दुर्घन्धित पारेको छ । अन्य बेला नगरको फोहोर संकलन टोलीले हरेकविहान उठाउने गरेको थियो । नगरपालिकाले आजैबाट फोहोर उठाउने जनाए पनि आज उठेन । भोली विहानदेखि उठाउने बताइएको हो । तस्विरहरु : सुनि...
निबर्तमान जिसस प्रमुख दर्नालकाे मृगाैला प्रत्याराेपण सफल

निबर्तमान जिसस प्रमुख दर्नालकाे मृगाैला प्रत्याराेपण सफल

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असोज २ । जिल्ला समन्वय समिति, उदयपुरका निवर्तमान प्रमुख खड्गबहादुर दर्नालको मृगौला प्रत्यारोपण सफल भएको छ । उनकी बहिनी प्रमिला दर्नालका अनुसार शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा आज मृगौला प्रत्यारोपन भएको हो । उनलाई श्रीमती बिनिता दर्लानले मृगौला दिएकी हुन् । बरिष्ठ ट्रान्सप्लान्ट सर्जन डा। पुकारचन्द्र श्रेष्ठको नेतृत्वको चिकित्सक टोलीले मृगौला प्रत्यारोपण गरेको हो ।...
नियम विपरित संचालन भएको सवारी साधनलाई कारर्वाहीको माग सहित प्रजिअलाई ज्ञापन पत्र हस्ताण्तरण

नियम विपरित संचालन भएको सवारी साधनलाई कारर्वाहीको माग सहित प्रजिअलाई ज्ञापन पत्र हस्ताण्तरण

Breaking News 2, समाचार
पूर्णपुष्टि÷गाईघाट, भदौ २ । उदयपुरको पहाडि भेगमा नियम विपरीत सवारी साधन सञ्चालन भएको भन्दै यातायात व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । बिहिबार यातायातव्यवसायी योगेन्द्र श्रेष्ठ,भोलानाथ र मिलन वि.क. ले सदरमुकाम गाईघाटबाट पहाडी क्षेत्र चल्ने रसुवालगायत विभिन्न रुटमा सञ्चालित साना सवारी साधनहरूले यातायात व्यवस्था कार्यालयको नियम उल्लंघन गरेको भन्दै नियममानुसार कारवाहीको माग सहित प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेललाई ज्ञापनपत्र बुझाएका हुन् । सवारी साधनहरूले चेसिस भाँचिएको स्वरूप परिवर्तन गरी टु व्हिललाई फोर व्हिल बनाएको, सिट संख्या थपघट गरेको, मालवाहक तथा निजी रातो प्लेट गाडीमा यात्रु ओसारपसार गरिएको ‘पत्रमा भनिएको छ’ यात्रुलाई मेल भनेर एकमुष्ट भाडा उठाउने र अनावश्यक तानातान गरेर दुःख दिने जस्ता कार्यले सुरक्षित तथा व्यवस्थित यात्रुमैत्री यात्रा गराउने...
बल्ल सुरु भाे त्रियुगा नगरपालिका र सबै वडामा सेवा

बल्ल सुरु भाे त्रियुगा नगरपालिका र सबै वडामा सेवा

Breaking News 1, समाचार
पूर्णपुष्टि/ गाइघाट, असोज २ उदयपुरको त्रियुगा नगरपालिकाले आजदेखी नियमित सेवा संञ्चालन गरेको छ । जेन्जी आन्दोलनका क्रममा नगरपालिकामा तोडफोड र आगजानी भएपछि नियमित सेवा संञ्चालन राेकिएको थियो । २४ गते तोडफोड र आगजानी भएको नगरपालिकाकाे कार्यालय सरसफाई गरेर आजदेखी सेवा संचालनमा ल्याईएको मेयर बसन्त बस्नेतले बताउनुभयाे । पालिकाकाे १६ वटै वडाहरुमासमेत एकसाथ सेवा सुचारु भएकाे जनाइएकाे छ ।  आन्दोलनमा ११ र १२ नं वडामासमेत तोडफोड र तोडफोड र आगजानी गरिएको थियो । तस्विरहरु : सुनिल राई/पूर्णपुष्टि...
प्रमुख राजनीतिक दलहरूले संविधान रक्षालाई केन्द्रमा राखेर संविधान दिवस मनाउने

प्रमुख राजनीतिक दलहरूले संविधान रक्षालाई केन्द्रमा राखेर संविधान दिवस मनाउने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २ । जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरूले संविधान रक्षाका लागि खबरदारीसहित संविधान दिवस मनाउने तयारी गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण हुनसक्ने आशंकामा दलहरू छन् । नेपाली कांग्रेसले ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर दिवस मनाउन सर्कुलर गरिसकेको छ । उपसभापति पूर्णबहादुर खड्काले संयमता र दृढतापूर्वक संविधान रक्षाको जिम्मेवारीलाई शीरमा राखेर दिवस मनाउने जानकारी दिए । नेकपा एमालेले काठमाडौंमा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने तयारी गरेको छ । महासचिव शंकर पोखरेलले पठाएको सर्कुलरमा आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र भइरहेको उल्लेख छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले च्या...
निवर्तमान जिसस प्रमुख दर्नाललाई आज श्रीमतीले मृगौला दिदै

निवर्तमान जिसस प्रमुख दर्नाललाई आज श्रीमतीले मृगौला दिदै

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असोज २ । जिल्ला समन्वय समिति, उदयपुरका निवर्तमान प्रमुख खड्गबहादुर दर्नालको आज मृगौला प्रत्यारोपण हुदैछ । उनकी बहिनी प्रमिला दर्नालका अनुसार शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा आज विहान ९ः०० बजेदेखि उनको प्रत्यारोपण सुरु भएको छ । उनलाई श्रीमती बिनिता दर्लानले मृगौला दिएकी हुन् । बरिष्ठ ट्रान्सप्लान्ट सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वको चिकित्सक टोलीले मृगौला प्रत्यारोपण गर्ने जनाइएको छ । प्रेस विज्ञप्तीसमेत जारी गर्दै उनकाे प्रत्याराेपण हुनेबारे जानकारी दिइएकाे छ ।...
भदौ २४ को विध्वंसले सेयर बजारका दुई दर्जन कम्पनीलाई असर

भदौ २४ को विध्वंसले सेयर बजारका दुई दर्जन कम्पनीलाई असर

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २ । भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडले सेयर बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनीलाई प्रत्यक्ष र अप्रत्यक्ष असर परेको छ । विध्वंसका कारण तीनवटा पब्लिक कम्पनीमा सिधै भौतिक क्षति भएको छ । तारागाउँ रिजेन्सी होटेलको क्यासिनो भवन र पार्किङमा रहेका सवारीसाधनमा आगजनी भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको तल्लो स्टेशनमा आगजनीका कारण केबुलकार सेवा ठप्प भएको छ । नेपाल टेलिकमको वीरगन्जसहित केही कार्यालयमा क्षति पुगेको छ भने रिचार्ज कार्ड चोरिएका छन् । सबैभन्दा बढी असर निर्जीवन बीमा कम्पनीहरूमा परेको छ । नेप्सेमा सूचीकृत १३ निर्जीवन बीमा कम्पनीका लागि हालसम्म करिब ३० अर्ब रुपैयाँ माग दाबी आएको छ । निर्जीवन बीमक संघका अनुसार यो दाबी रकम अझै बढ्न सक्नेछ । रेटिङ कम्पनी इक्रा नेपालले पाँच निर्जीवन बीमा कम्पनीलाई नकारात्मक प्रभावमा राखेको छ । दुई पुनर्बीमा कम्प...
त्रियुगा नगरपालिकाले भोलीदेखी सेवा संञ्चालन गर्ने

त्रियुगा नगरपालिकाले भोलीदेखी सेवा संञ्चालन गर्ने

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज १ गते । उदयपुरको त्रियुगा नगरपालिकाले भोली अर्थात बिहिबार देखी नियमित सेवा संञ्चालन गर्ने भएको छ । जेन्जी आन्दोलनका क्रममा अराजक समूहबाट नगरपालिका परिसरमा तोडपफोड र आगजानी भएपछि सेवा दिन असहज भएको थियो । २४ गते पूर्ण ध्वस्त बनेको नगरपालिकाको सरसफाई र सामाग्रीहरुलाई मिलाईएको छ । त्रियुगा नगरपालिका अन्तर्गतका १६ ओटा वडाले भोलीबाट सेवा सुरु गर्ने नगर स्रोतको भनाई छ । जेन्जी आन्दोलनमा नगरपालिकामा आगजानी तथा तोडफोड र १२ नं वडामा तोडफोड गरिएको थियो ।...