Tuesday, May 5News That Matters

समाचार

उदयपुरको छुट्टा छुट्टै स्थानबाट चरेश र गाँजा सहित दुई जना पक्राउ

उदयपुरको छुट्टा छुट्टै स्थानबाट चरेश र गाँजा सहित दुई जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २९ फागुन । उदयपुरमा चरेश र गाँजा सहित दुईजना पक्राउ परेको छ । सोमवार ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला बाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका वडा नं।९ रामपुर बजार स्थित होटल एकान्त एण्ड लजबाट वेलका नगरपालिका वडा न। ५ बस्ने वर्ष ३० को विशप खतिवडालाई ३६० मिलिग्राम अबैध लागू औषध चरेश सहित पक्राउ गरेको हो। साथै,पक्राउ परेका निज विशप खतिवडाको साथबाट विभिन्न बैकको चेकहरु २०, थान ATM Card  ५४, थान NTCको सिम  कार्डहरु थान २०० समेत बरामद गरिएको छ । पक्राउ परेका निज विशप खतिवडालाई सम्मानित उदयपुर जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भईरहेको छ । यसैगरी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले लागु औषाध गाँजा सहित मंगलबार एक महिलालाई पनि पक्राउ गरेको छ । पक्रउा पर्नेमा त्रियुगा नगरपालिका वडा नं। ३ बगर टोल बस्ने वर्ष ५० की सितेम्मा राई रहेकी छिन...
उदयपुरको बिभिन्न स्थानबाट लागुऔषाध सहित ५ जना पक्राउ

उदयपुरको बिभिन्न स्थानबाट लागुऔषाध सहित ५ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २९ फागुन । उदयपुरमा लागु औषाध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका(१२ का २६ बर्षीय ललित चौधरी र २५ बर्षीय बिदायक राईलाई रहेका छन् । उनिहरु लागू औषध ३० एम्पुल सहित पक्राउ गरेको हो । उनिहरुलाई लालपत्ता प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय कटारीले धनुषाको धनुषाधाम(५ का ३५ बर्षय शम्भु कुमार साह र महोत्तरी मनरा सिसुवा(१ का ४० बर्षीय दिलिप भुजेललाई टापेन्डाडोल २५१०, स्पास्पेन २४६० र क्याफ डि ३२० ट्रयाव्लेट सहित पक्राउ गरेको छ । यता जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगापालिका(१२ का २२ बर्षीय अर्जुन रोक्कालाई ६९ ट्यावलेट लागुऔषध सहित पक्राउ गरेको छ ।...
उदयपुरकाे पहिलाे पार्केटिङ कबर्डहल सिडियाे र संघ अध्यक्षद्वारा संयुक्त उद्घाटन

उदयपुरकाे पहिलाे पार्केटिङ कबर्डहल सिडियाे र संघ अध्यक्षद्वारा संयुक्त उद्घाटन

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २८ । उदयपुरमा पहिलाे पटक पार्केटिङ गरिएकाे ब्याड्मिन्टन कबर्डहलकाे उद्घाटन आज प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरे र उदयपुर जिल्ला ब्याड्मिन्टन संघका अध्यक्ष कालिदास राई (किसन) ले संयुक्तरुपमा उदघाटन गरेका छन् । जिल्ला खेलकुल विकास समितिसंगै रहेकाे ब्याड्मिन्टन कबर्डहल बाेक्सेकाे पार्केटिङ गरि उद्घाटन गरिएकाे हाे । जिल्लाकाे कटारी, बेल्टार, बसाहा, रामपुर, लिम्चुङबुङ, नेपालटार र त्रियुगा नगरपालिकाकाे विभिन्न वडामा कबर्डहल भएपनि पार्केटिङ बाेक्सेमा पहिलाेपटक भएकाे हाे । कबर्डहललाई थप आधुनिक, प्रविधि तथा सुविधायुक्त बनाउने उद्देश्यले खेलप्रेमी तथा खेलाडिहरुकाे पहल तथा आर्थिक सहयाेगमा पार्केटिङ गरिएकाे संघका अध्यक्ष राईले बताउनुभयाे । अध्यक्ष राईले आफ्ना स्वर्गीय आमा-बुवाकाे स्मृतीमा पार्केटिङका लागि पाँचलाख प्रदान गर्नुभएकाे थियाे । हल पार्केटिङ निर्माण समितिका संयाे...
ताप्लीमा माओवादी केन्द्र अधिवेशन सम्पन्न, ४१ सदस्यीय नयाँ कार्यसमिति चयन

ताप्लीमा माओवादी केन्द्र अधिवेशन सम्पन्न, ४१ सदस्यीय नयाँ कार्यसमिति चयन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २७ । फत्तबहादुर ज्यु ठकुरीकाे अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै नेकपा माओवादी केन्द्र, ताप्ली गाउँपालिकाकाे तेस्राे गाउँपालिका अधिवेशन आज सम्पन्न भयाे । सर्बसहमत बनेकाे कार्यसमितिकाे उपाध्यक्षहरुमा गाेकुलबहादुर सेन ठकुरी, भरतसिङ तामाङ, अमृतमाया बि.क., सचिवमा राकेश नेपाली, सहसचिव ताेपबहादुर राई र सहसचिवमा चित्रबहादुर मगर रहेका छन् । ठप्रदेश सचिवालय सदस्य काजिमान तामाङ (जिज्ञासा) काे प्रमुख आतिथ्य, प्रदेश सदस्य तथा गाउँपालिका अध्यक्ष ढुङ्गराज बिककाे विशेषआतिथ्यमा अधिवेशन भएकाे हाे ।...
उदयपुरको त्रियुगामा लगातार तेस्रो दिन दुर्घटना, एक महिलाको मृत्यु

उदयपुरको त्रियुगामा लगातार तेस्रो दिन दुर्घटना, एक महिलाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि २५ फागुन उदयपुरको त्रियुगामा लगातार तेस्रो दिन भएको दुर्घटनामा परि पैदल यात्री महिलाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका वडा नम्बर ८ राजाबास मदन भण्डारी सडक खण्ड स्थित आइतबार २ बजे मोटरसाईकलले ठक्कर दिदा सोही स्थानकी ६५ वर्षीया टिकामाया कार्कीको मृत्यु भएको हो । प्र १-०५-००१ प ८३५९ न. को मोटरसाइकलले बाटो काटिरहेकी कार्कीलाई ठक्कर दिएको थियो ।मोटरसाइकलको ठक्करबाट घाइते भएकी कार्कीलाई जिल्ला अस्पताल उदयपुर लगिएकोमा थप उपचारको लागि न्युरो हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक रौतामाई गाउँपालिका ७ मुर्कुचे बस्ने गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ। दाहाल सकुशल रहेको र पिछाडी सवार उदयपुरगढी ७ नेपालटार घर भई त्रियुगा नगरपालिका ११ निलो पुलमा भाँडामा बस्ने मीना तामाङ सामान्य घाइते भएको जिल्ला प्रह...
सप्तकोशीमा हामफालेर एक युवकले गरे आत्महत्या

सप्तकोशीमा हामफालेर एक युवकले गरे आत्महत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २५ । सप्तकोशी नदीमा हामफालेर एक युवकले आइतबार बिहान आत्महत्या गरेका छन् । सुनसरी धरान १५ का ४५ वर्षीय दुर्गाप्रसाद कुरुङ बाङ्ग लिम्बूले बिहान ८ बजेतिर उदयपुर र सुनसरीको सीमामा रहेको कोशी पुलबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । स्थानीय सन्वीर राईका अनुसार लिम्बूले पुलको छेउमा आफ्नो स्कुटर र चप्पल छोडेर कोशीमा हामफालेका थिए । घटनाको प्रत्यक्षदर्शी स्थानीयहरूले तत्कालै प्रहरीलाई खबर गरेपछि खोजी कार्य सुरु गरिएको थियो । खबर पश्चात तत्काल खटिएको प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा केही घण्टाको खोजीपछि लिम्बूको शव बिहान १० बजे कोशी नदीबाट निकालिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिम्बूले किन आत्महत्या गरे भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन...
पोखराबाट काठमाडौं फर्किंदै पूर्वराजा ज्ञानेन्द्र, सुरक्षा व्यवस्था कडा

पोखराबाट काठमाडौं फर्किंदै पूर्वराजा ज्ञानेन्द्र, सुरक्षा व्यवस्था कडा

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २५ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा एक साता बिताएपछि आज दिउँसो काठमाडौं फर्किन लागेका छन् । उनको स्वागतका लागि राजावादी दल र समूहहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् । यसलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई 'हाई अलर्ट'मा राखिएको छ । बिहानैदेखि काठमाडौंका संवेदनशील स्थानहरू जस्तै नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । राजावादीहरू विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलको गेट अगाडि भेला हुने योजना बनाएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेक तामाङले भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति तयार पारिएको जानकारी दिए । "जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं," उनले भने । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अ...
त्रियुगामा लगत्तै अर्को दुर्घटना, एकको मृत्यु

त्रियुगामा लगत्तै अर्को दुर्घटना, एकको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ फागुन । त्रियुगा नगरपालिका वडा नं ९ राजावासमा आज शुक्रबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । करिब ५ बजेको समयमा मदन भण्डारी राजमार्ग मथाने टोल स्थित प्रदेश १–०५–००१ ह ०३१० न. को अटो बाटो काट्ने क्रममा सोही दिशावाट आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नं को मोटर साईकल ठोक्कीदा मोटर साईकल चालक मोरङ लेटाङ नगरपालिका ७ का वाराङ«ी बस्ने २६ बर्षिय अजय लिम्वुको मृत्यु भएको हो । प्रहरी स्रोतका अनुसार लिम्वुको छााती र पेटमा चोट लागेको थियो । उपचारको लार्गि तत्काल जिल्ला हस्पिटल उदयपुर पुराएकोमा ६ बजे लिम्वुको मृत्यु भएको हस्पिटलले घोषणा गरेको थियो । लिम्वुको शव जिल्ला हस्पिटल उदयपुरमै राखिएको छ । अटो चालक त्रियुगा नगरपालिका ७ बस्ने ३८ बर्षिय भुसेलाल दनुवार सहित मोटार साईकल र अटो जिल्ला प्रहरी कार्यालय उदयपरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बिहिबार बेलुका मात्रै गाईघा...
डिएमगेट दुर्घटना : १६ लाख क्षतिपूर्तिमा सहमति भएपछि परिवारले बुझे दिदिवहिनीको शव

डिएमगेट दुर्घटना : १६ लाख क्षतिपूर्तिमा सहमति भएपछि परिवारले बुझे दिदिवहिनीको शव

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ फागुन । हिजो बेलुका ७ बजे बुलेरोको ठक्करले मृत्यु भएको दिदिवहिनीको शव परिवारले बुझेको छ । शुक्रबार प्रहरी कार्यालयमा आपसी सहमति पछि परिवारले शव बुझेको हो । परिवार पक्षको अनुसार १६ लाख क्षतिपूर्ति दिने भएपछि सहमतिमा आएको जनाए । परिवारले कक्कर दिने सवारी चालक उपर कडा सजायको माग सहित क्षतीपूर्तिको माग गरेका थिए । तर क्षतीपूर्तिमै सहमति भएर परिवारले शव बुझेको हो । प्र।नं। १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडिले बाटो घुम्ती काट्ने क्रममा अनियन्त्रित भै घरमा गएर ठोक्किएको थियो । हिम शिखर स्टिल फर्निचरको उक्त बोलेरो घरको भित्तामा ठोक्कीन पुगेका थिए । भित्ताामा पुगेका बोलेरोले पेटीमा बसी रहेका दुईजना बच्चाहरुलाई ठक्कर दिएको थियो ।...
गाईघाट हिमशिखर फर्निचरको गाडीले ठक्कर दिँदा एकै घरका दिदीबहिनीको मृत्यु

गाईघाट हिमशिखर फर्निचरको गाडीले ठक्कर दिँदा एकै घरका दिदीबहिनीको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २२ फागुन । गाईघाटमा हिमशिखर फर्निचरको गाडीले ठक्कर दिँदा एकै परिवारका दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा त्रियुगा नगरपालिका १२ डिएमगेट स्थित  सप्तरी जिल्ला राजविराज घरभै त्रिनपा ३ मा राजेन्द्र मैनालीको घरमा भाडागरी बस्दै आएका ललन दासको १२ बर्षिय देवीकुमारी दास र १४ बर्षिय अनुकुमारी दासको घटनास्थलमै मृत्यु भएको हो।  डिएमगेटबाट बसपार्क जाने भित्रि सडकमा प्र.नं. १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडिले बाटो घुम्ते काट्ने क्रममा अनियन्त्रित हुदा घरको पेटीमा बसी रहेका अवस्थामा ठक्कर दिएको थियो  । दुर्घटना पछि १४ बर्षिय अनुकुमारी दासलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा पु¥याईए पछि मुत्यु भएको अस्पतालले घोषणा गरेको थियो । सवारी चालक त्रियुगा नगरपालिका ९ गैरुन बस्ने बर्ष १८ का निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...