Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

Breaking News 2, समाचार
पुर्णपुष्टि, पुष २४ सुनसरीको धरान उपमहानगरपालिका १४ पिण्डेश्वरिचौक स्थित एक घरबाट प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय पारुहाङ राई रहेका छन् ।आज बेलुका साढे ३ बजे ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट धरानबाट खटिएको प्रहरी टोलीले उनको घरकोठाबाट ट्रामाडोल (५८९० ट्याव्लेट र इस्पास्पेन( ५५९० ट्याव्लेट प्रतिबन्धित औषधी फेला परेको थियो । पक्राउ परेका राईको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...
घरको पर्खालले किचेर खवासको मृत्यु

घरको पर्खालले किचेर खवासको मृत्यु

Breaking News 1, समाचार
पुर्णपुष्टि, पुष २४ मोरङको बेलबारी नगरपालिका १ पुरानो बेलबारीका ऋषि साहको घरको वाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका १ का ४५ बर्षीय असोक खवास रहेका छन् । आज बिहान ९ बजे घर भत्काउने क्रममा घरको पर्खालले किचेर गम्भिर घाईते भएका खवासको उपचारको लागि नोबेल अस्पताल बिराटनगर लादै गर्दा बाटैमा मृत्यु भएको थियो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा सर्वसहमत नेतृत्व छानिन्छ भन्ने बुझेको छु : एमाले नेता गौतम

उदयपुरमा सर्वसहमत नेतृत्व छानिन्छ भन्ने बुझेको छु : एमाले नेता गौतम

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २३ नेकपा एमालेका नेता तथा थाई कमिटी सदस्य राजेन्द्र गौतमले उदयपुरमा सर्वसहमतले नै नेतृत्व चयन हुनेमा आफु ढुक्क रहेको जनाएको छ । गौतमले एमाले उदयपुरको आठौँ माहाधिवेशनको क्रममा चुनाव गरेर गलत अर्थमा जनताहरुलाई भ्रम नफैलाउन अनुरोध गर्दै नेतृत्व चयन सहमतिमै हुनेमा आफु ढुक्क रहेको जनाए । पावर सियरिङ हुँदा गलत अर्थ लाग्ने भन्दै यसलाई सबैको सहमतिले पदको जिम्मेवारी वाँडफाँड गरि नेतृत्व छान्न सबै पार्टी नेता तथा कार्यकर्ताहरुलाई सुझाव समेत नेता गौतमले दिए । उनले तलतल सम्मै पार्टीको जिम्मेवारी मिलाएर लगेमा अधिवेशन सफल हुने धारणाका साथ पावर सियरि हुँदा सबै साँडे साँडे हुने र गलत अर्थ लाग्ने कुरा सुझाए । अधिवेशनको खुल्ला सत्रको अन्तिम तिर बोल्दै गौतमले नेता तथा कार्यकर्ताहरुलाई फुर्काउने हिसावले सल्लाहा दिएर उदयपुरको नेतृत्व चयन सर्वसहमत हुने बुझेको जनाए । उनले चुनावले तला...
एमाले अध्यक्ष उदयपुरमा समन्वय प्रमुख परियारको पनि दावी, भन्छन्” अरुको दावी थाहा छैन्

एमाले अध्यक्ष उदयपुरमा समन्वय प्रमुख परियारको पनि दावी, भन्छन्” अरुको दावी थाहा छैन्

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २३ नेकपा एमाले उयदपुरको अध्यक्षमा खड्ग परियारले पनि दावी गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका परियारले पार्टी प्रति आफ्नो पूर्ण जिम्मेवार र योगदानको महत्वपूर्ण भुमिका रहेको भन्दै नेतृत्वको दावी गरेको जनाएको छ । परियारले पार्टीको आठौँ अधिवेशनमा अध्यक्षको दावी गर्दै आफ्नो नेतृत्व जिल्लालाई आवश्यक रहेको समेत जनाए । उनले अध्यक्ष पदका लागि दावी गर्ने पहिलो व्यक्ति समेत आफै रहेको पूर्णपुष्टिलाई जानकारी गराए । अहिले सम्म को कतिले अध्यक्षमा दावेदीरी दिएको जानकारी छ भन्ने प्रश्नमा परियारले भने अहिले सम्म मनै पहिलो हो अरुले दावी गरेको थाहा छैन् , मैले आफ्नो दावी प्रस्तुत गरिसेको छु, परियारले भने । यता पार्टी अध्यक्षमा अन्य व्यक्तिहरुले पनि दावी गरेको कुरा बाहिरिएको भएपनि परियारले भने आफुलाई थाहा नभएको बताए । तर अध्यक्षका लागि एमाले सचिव समेत रहेका परमेश्वर घिमिरे, ए...
नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २३ नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित नमूनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएको छ । पुष महिनामा संकलित एक हजार १४३ पोजेटिभ नमूनाहरूको सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ । पछिल्लो समय भारतमा संक्रमण व्यापक फैलिएपछि त्यसको असर नेपालमा पनि देखिन सुरू भएको छ । गत मंगलबारदेखि नेपालमा संक्रमणदर बढ्न थालेको छ । हिजो मात्र नेपालमा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो । जुन दुई महिनायताकै बढी संक्रमित संख्या हो । विज्ञहरूले यो संख्या थप बढ्ने भन्दै जतिसक्दो छिटो खोप लगाउन र जनस्वास्...
लिभिङ टुगेदर बस्दैँ आएका युवा–युवती मृत अवस्थामा फेला

लिभिङ टुगेदर बस्दैँ आएका युवा–युवती मृत अवस्थामा फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २३ लिभिङ टुगेदर बसेका एक जोडी युवा–युवती काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । संखुवासभाका २५ वर्षीय अनिश जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत अवस्थामा फेला परेका हुन् । गएराति काठमाडौं महानगरपालिका–६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिएका थिए । उनीहरू सँगै बस्न थालेको २०–२२ दिन मात्रै भएको प्रहरीले जनाएको छ । घटनामा कुनै तेस्रो व्यक्तिको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ । गएराति अनिश र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए । आमाले बोलाउँदा उनीहरूले ढोका खोलेका थिएनन् । ढोका नखोलेपछि बहिनीको छोरालाई बोलाएर ढोका फोड्न लगाएका थिए । कोठाभित्र हेर्दा युसिना बेडमा मृत अवस्थामा फेला परेकी थिइन् । ...
अध्यक्षमा पहिलो हक छ : घिमिरे

अध्यक्षमा पहिलो हक छ : घिमिरे

Breaking News 1, Purnapusti TV, राजनीति, समाचार
नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरेको बलियो उम्मेदवारी देखिएको छ । हाल पार्टीको जिल्ला सचिव रहेका घिमिरेले पार्टीप्रतिको भुमिकाका कारण अध्यक्षमा दावी रहेको बताएका छन् । “अवको नेतृत्वमा मेरो हक लाग्छ” पूर्णपुष्टि प्रश्नमा उनले भने “मेरो बलियो उम्मेदवारी हो ।” आजबाट एमाले उदयपुरको तीनदिने जिल्ला अधिवेशन सुरु भएको छ । थप कुराका लागि भिडियो सुन्नुहोस् । https://youtu.be/S7Rw2st_AWc...
अवैध औषधी तथा क्लिप बरामद

अवैध औषधी तथा क्लिप बरामद

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २३ संखुवासभाको खाँदवारी नगरपालिका–१ बसपार्क स्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी गस्ति टोलीले बसपार्क स्थित सडक किनारबाट उक्त अवैध औषधी तथा क्लिप बरामद गरेको हो । पुष २१ गते बसपार्क स्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा (९५२० पिस), कृषि बालीमा प्रयोग हुने औषधी–पीबिओजी ४ कार्टुन (११६ प्याकेट),केयचटुपिओ १५ प्याकेट, सिलिलोङग २० बोतल र वाटरपम्प लेखिएको मेसिन १ थान फेला परेको हो । फेला परेको अवैध औषधी तथा क्लिप अन्दाजी मुल्य ३ लाख ६३ हजार २ सय ५० रुपैंया बराबरको रहेको छ । बरामद गरिएका अवैध समानहरुलाई राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
बसको ठक्करबाट दुई जनाको ज्यान गयो

बसको ठक्करबाट दुई जनाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २३ सुनसरीको इटहरी उप–महानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । संखुवासभाको खाँदवारी नगरपालिका–७ का २६ वर्षीय सन्तोष राई र सोही स्थानका २० वर्षीय अभि राईको बसले ठक्कर दिदाँ ज्यान गएको हो । हिजो राती साढे ७ बजे राती धरानबाट इटहरी तर्फ आउदै गरेको प्रदेश १–०२–००१ ख ८१९६ नम्बरको बसले बिपरीत दिशा तर्फ जादैँ गरेको को. २७ प २१९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा दुबै जना घाईते भएको थिए । घाईते भएका मोटरसाईकल चालक संतोष राई र पछाडी सवार अभि राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा उपचारको क्रममा दुबैको जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक इटहरी–४ का टिकाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको छ ।...
क्रान्तिकारी माओबादिको स्कुलिङ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

क्रान्तिकारी माओबादिको स्कुलिङ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २३ लालपत्ता,उदयपुर र नेकपा (क्रान्तिकारि माओबादी) १ नम्बर प्रदेश समितिद्धारा अयोजित प्रदेश स्तरीय स्कुलिङ तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन गरिएको छ । उक्त स्कुलिङ कार्यक्रममा माक्र्सवादिका तीन संघटक अंगहरु दर्शन ,राजनैतिक अर्थशास्त्र र बैज्ञानिक समाजबादका समग्र बिषयहरुमा प्रशिक्षण दिइएको थियो । मंगलबार बाट देखि तिन दिन सम्म संचालन भएको उक्त कार्यक्रमको समापन प्रदेश सेक्रेटरी उदयको अध्यक्षतामा पार्टी स्थायी समिती सदस्य तथा स्कुल बिभाग प्रमुख परि थापाले गर्नुभयो। कार्यक्रम समापन सँगै थापाले यस स्कुलिङबाट सिकेका ज्ञानबाट वर्गसंघर्ष र संगठन निर्माणमा जोडेर लैजानु पर्ने बताउदै आगामी दिनमा तल सम्म यस्ता स्कुलिङ कार्यक्रमहरु संचालन गर्नु पर्ने बताउनुभयो । थापाले बैज्ञानिक समाजबाद दर्शन अन्तर्गत द्वन्दबादका प्रबर्गहरु र ऐतिहासिक भौतिक अन्तरगत समाज चेतनाका रुपहरु सँ...