Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

इन्जिनियर अन्जारुल अलिद्दारा स्वतन्त्र उम्मेदवारी दर्ता

इन्जिनियर अन्जारुल अलिद्दारा स्वतन्त्र उम्मेदवारी दर्ता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ नेपाली काङ्ग्रेस वडा नं ६ का नेता अन्जारुल अलिले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । नेपाली काङ्ग्रेस वडा समितिले उनको नाम वडाअध्यक्षमा सिफारिस गरेपनि पार्टीले टिकट नदिएपछी स्वतन्त्र उम्मेदवारी दिएका हुन । उनी कम्प्युटर इन्जिनियर हुन । नेपाली काङ्ग्रेसले युबालाई नेतृत्वको अबसर नदिएकाले आफुले उम्मेदवारी दिएको बताए । उनले थपे मैले युबाको नेतृत्व गर्छु । नेपाली काङ्ग्रेसले त्रि.न.पा. ६ मा कृष्ण बुडाथोकीलाई टिकट दिएसँगै सो वडामा नेपाली काङ्ग्रेसका दुइजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।...
जिल्लाभर उम्मेदवारी दर्ता धमाधम

जिल्लाभर उम्मेदवारी दर्ता धमाधम

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १२ गते । उदयपुरमा विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ताको काम आज धमाधम गरिरहेका छन् । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित आठैवटा निर्वाचन अधिकृतको कार्यालयमा धमाधम उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय, गाईघाटमा विहान ११ ः ०० बजे नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गरायो भने दिउसो १ बजे नेकपा एमालेले दर्ता गरायो । दिउसो ३ बजेदेखि गठबन्धनको उम्मेदवारी दर्ता गरिएको छ भने अन्तिम समयमा राप्रपा नेपालको उम्मेदवारी दर्ताको तालिका रहेको छ । गठबन्धनको तर्फबाट त्रियुगा नगरपालिकाको मेयरमा नेकपा एकिकृत समाजवादीका बलदेव चौधरी, उपमेयरमा नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीको उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनबाट मेत्रीपूर्ण प्रतिष्पर्धाका साथ छुट्टै उत्रेको नेपाली कांग्रेसले मेयरमा बसन...
त्रियुगामा दुई दलिय गठबन्धनले उम्मेदवारी दर्ता गर्यो

त्रियुगामा दुई दलिय गठबन्धनले उम्मेदवारी दर्ता गर्यो

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ त्रियुगा नगरपालिकामा माओवादी र एकीकृत समाजबादीको सन्युक्त गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । यो गठबन्धनबाट प्रमुखमा एकीकृत समाजबादीका बलदेव चौधरी र उपप्रमुखमा माओवादी कि गिता खड्का उम्मेदवार छन । गठबन्धनले गार्इघाट बजारबाट जुलुश सहित मुख्य निर्बाचन अधिकृतको कार्यलय पुगेर मनोनयन गराएको हो । मनोनयन दर्ता पछि गठबन्धनबाट यो नगरका प्रमुखका उम्मेदवार बलदेब चौधरीले सम्मृद त्रियुगा नगरकालागी आफ्नो उम्मेदवारी रहेको बताएका थिए । बलदेव चैधरी त्रियुगा नगरका निबर्तमान मेयर हुन । उनले ०७४ को चुनाबमा काङ्ग्रेसका वसन्त बस्नेतलाई हराएका थिए । गठबन्धनले वार्ड न १ मा उमाकान्त चौधरी ,२ मा राम चौधरी , ३ मा अबधेश चौधरी,४ मा सुनबिर तामाङ , ५ मा राधा रमण भट्टराई , ६ मा राकेश चौधरी ,७ मा मनोज पौडेल ,८ मा कुल ब. कटुवाल,९ मा धन ब. श्रेष्ठ , १० मा ज्ञानेन्द्र श्रेष्ठ ,११ मा किशन राई,१२ मा...
माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र ?

माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र ?

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख १२ स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा९माओवादी केन्द्रले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आम चासो र जिज्ञासा छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाललगायतले घोषणापत्र सार्वजनिक गरे । स्वतन्त्ररुपमा उम्मेदवारी दिने उम्मेदवारले पनि आ आफ्ना घोषणापत्र सार्वजनिक गरे । सत्ता गठबन्धनमा रहेको माओवादीले घोषणापत्र नबनाएको हो वा किन सार्वजनिक गरेन भनेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले भन्नुभयो, “हामीले स्थानीयस्तरमा नै घोषणापत्र बनाएका छाँै, स्थानीय तहमा नै ती सार्वजनिक भएका छन् ।” पार्टीका तर्फबाट घोषणापत्रका लागि ७५३ वटै स्थानीय तहलाई सामान्य रुपरेखा पठाइएको जानकारी दिँदै उहाँले भन्नुभयो, “हाम्रो ध्येय र प्रमुख नीति नै स्थानीय तहलाई बलियो ...
उदयपुरमा एमालेले गर्यो मनोनयन

उदयपुरमा एमालेले गर्यो मनोनयन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ उदयपुरको त्रियुगा नगरपालिकामा एमालेले उम्मेदवारी दर्ता गराएको छ । दिउसो १ बजे जुलुस सहित आएको एमाले मुख्य निर्बाचन अधिकृतको कार्यलयमा पुगेर मनोनयन गरेको छ । एमालेले त्रियुगा नगरमा प्रमुखमा भागबत राउत र उपप्रमुखमा महेश्वरी रार्इलार्इ टिकट दिएको छ । आज प्रमुख ,उपप्रमुख सहित सबै १६ वडाका अध्यक्ष, वडासदस्री उपस्थिति भएर उम्मेदवारी दर्ता गराएका छन । पार्टीको नगरकार्यालय बाट शुरु भएको एमालेको जुलस बजार परिक्रमा गरि निर्बाचन कार्यालय पुगेको थियो। मनोनयन पछि बोल्दै एमालेका त्रियुगा नगरका प्रमुखका उम्मेदवार भागबत राउतले सुशासनका लागी आफ्नो उम्मेदवारी रहेको बताएका थिए । एमालेले वडा १ मा दिलिप चौधरी ,२मा घमानसिन्ह बस्नेत,३मा धर्म ब. तामाङ, ४ मा सुभास निरौला, ५ मा चुडामणिा चौधरी , ६ मा योगेन्द्र दहाल, ७ मा अम्बर दनुवार ,८ मा नबराज कार्की, १० मा किरण पाण्डे, ११ मा दिल ब ताम...
काङ्ग्रेसले त्रियुगामा गर्यो मनोनयन

काङ्ग्रेसले त्रियुगामा गर्यो मनोनयन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १२ त्रियुगा नगरपालिकामा नेपाली काङ्ग्रेसले प्रमुख सहितका पदमा मनोनयन गरेको छ । आज बिहान ११ बजे जुलुस सहित मुख्य निर्बाचन कार्यालय पुगरे मनोनयन गरेको हो । उक्त जुलुसको नेतृत्व परराष्ट्र मन्त्री डा. नारायण खड्काले गरेका थिए । त्रियुगा नगरपालिकाको लागि प्रमुखमा बसन्त बस्नेत, उप प्रमुख सरिता राइ लगायत १६ वटै वडाका अध्यक्ष सहित सम्पुर्ण सदस्य उपस्थित भै मनोनयन गरेका छन । मनोनयन पछि बोल्दै मेयरका उम्मेदवार बसन्त बस्नेतले त्रियुगाका जनतालार्इ खुसी राख्न उम्मेदवारी दिएको बताएका थिए । नेपाली काङ्ग्रेसले १ मा मनोज चौधरी २ मा टीकाराम बुढाथोकी, ३ मा तिलक कटुवाल , ४ मा बद्री बस्नेत, ५ मा उद्दब थापा ६ मा कृष्ण बुढाथोकी , ७ मा गम्भीर दनुवार, ८ मा राज कुमार राउत,९ मा राज कुमार दनुवार १० मा प्रकाश् खड्का ११ मा सुमन्त कोइराला , १२ चुडा काफ्ले,१३ मानबिन चौधरी १४ मा गिता मगर,१५ नीर...
करेन्ट लागरेर थापाको मृत्यु

करेन्ट लागरेर थापाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १२ । भोजपुरको भोजपुर नगरपालिका–१२ मोरीयामा करेन्ट लागि एक जनाको मृत्यु भएको छ । आज बिहान पौने ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका–७ आरीखोला घर भई मोरीया बस्ने २५ वर्षीय गणेश थापाको करेन्ट लागेर मृत्यु भएको हो । थापा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरी घटनाबारे थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरमा लागूऔषध सहित राई पक्राउ

उदयपुरमा लागूऔषध सहित राई पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १२ उदयपुरको चौदण्डिगढी नगरपालिका–६ बरगाछी चोकबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि स्थानका ३० बर्षीय रेगन राई रहेका छन् । हिजो बेलुका पौने ६ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले राईलाई चेकजाँच गर्ने क्रममा फेनारागन ३ एम्पुल,डाईजेपाम ३ एम्पुल , लुपिजेसिक ३ एम्पुल , खाली सिरिन्ज १ थान , मोबाईल फोन २ थान र नगद रु ७३७५ रुपैँया सहित पक्राउ गरेको हो । साथै राईको घरबाट ८५० मिलीग्राम ब्राउनसुगर, २.४३ मिलिग्राम चरेस र ५० ग्राम लागुऔषध गाँजा समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेको राईको थप आनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १२ । लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–१० स्थितबाट दुई जना र मेचीनगर नगरपालिका–६ काँकरभिट्टाबाट एक जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१० स्थित राजमार्गमा डब्लु बी ७४ वाई ७७८२ नम्बरको स्कुटरलाई रोकी चेक जाँच गरेका थिए । चेक जाँच गर्ने क्रममा स्कुटर चालक मेचीनगर–६ का ३२ वर्षीय निशान थापा र स्कुटर पछाडि सवार रहेकी भारत सिलिगुढी बस्ने २७ वर्षीया हेनअरा खातुनको साथबाट प्रतिबन्धित लागुऔषध निट्रोसन–टेन ९५–चक्की र फिभोन स्पास प्लस–२०८ क्याप्सुल फेला परेको हो । यसैगरी, आज बिहान सवा १० बजे काँकरभिट्टा स्थित मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बुढानिलकण्ठ नग...
अबैध भन्सार छलिका सामान बरामद

अबैध भन्सार छलिका सामान बरामद

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १२ । मोरङको विभिन्न स्थानहरुबाट ठूलो परिमाणमा अबैध सामानहरु बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ८ लाख ८ हजार ५० रुपैयाँ बराबरका लत्ताकपडा तथा किराना सामानहरु बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारवाहिको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...