Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरको बिभिन्न पालिकाहरुमा ११ ओटा वडाहरुको मत गणना सकियो, दुईओटामा स्वतन्त्र उम्मेदवार बिजयी

उदयपुरको बिभिन्न पालिकाहरुमा ११ ओटा वडाहरुको मत गणना सकियो, दुईओटामा स्वतन्त्र उम्मेदवार बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १ उदयपुरको ११ ओटा वडाहरुको मत परिणाम सार्वजानिक भैसकेको अवस्था छ । हिजो बाट मतगणना सुरु भएको जिल्लाको बिभिन्न पालिकाहरुमा मतपरिणाम आउने क्रम पनि धमाधम भैरहेको छ । हाल सम्म ११ ओटा वडाहरुको मत परिणाम सार्वजानिक भैसको अवस्था छ । ७५ ओटा वडाहरु रहेका यस जिल्लामा ११ ओटाको सर्वाजानिक भएको र अन्यको धमाधम भैरहेको छ । हाल सम्म २ स्वतन्त्र सहित एमालेबाट ४, माओवादीबाट २, कांग्रेसबाट १, जनता समाजवादी र एकीकृत समाजवादीबाट १÷१ गरी जम्मा ११ जना जनप्रतिनिधि निर्वाचित भैसकेको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ र उदयपुरगढीको तावाश्री र बर्रे २ मा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेको छ । यस्तै नेकपा एमालेले ४ ओटा वडाहरुमा जित हांसिल गरेको छ । रौतामाई १ नामेटार, र ३ लाफागाउँ, ताप्लिको १ ओख्ले र चौदण्डिगढीको १ गरी ४ ओटा वडाहरुमा जित हाँसिल गरेको छ । यस्तैगरी नेकपा माओवादी केन्द्रले...
उयदपुरगढीमा पनि गठबन्धनको फराकिलो अग्रता कायमै

उयदपुरगढीमा पनि गठबन्धनको फराकिलो अग्रता कायमै

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १ उदयपुरगढी गाउँपालिकामा पनि गठबन्धनले निरन्तर अग्रता कायम गरेको छ । हाल सम्मको मत परिणाम अनुसार गठबन्धनबाट मान वहादुर केप्छाकी मगरलाई १७५६ मत प्राप्त भएको छ भने एमालेका गोपाल खत्रीलाई ११०८ मत प्राप्त भएको छ । हाल सम्मको १,२ र ३ को ३८२३ मत गनिसक्दा गठबन्धनका केप्छाकी ६४८ मतले अग्र स्थानमा छ । यस्तै गरी उपाध्यक्षमा पनि गठबन्धनले नै लिड गरिरहेको अवस्था छ । एमालेकी शोभा कुमारी मगरले १२२७ मत ल्याएकी छिन् भने यता गठबन्धनका जित बहादुर खड्काले १२६६ मत प्राप्त गरेकी छिन् । सो पालिकामा १,२ र ३ नं वडामा गठबन्धनले बिजयी गरिसकेको अवस्था छ ।...
ताप्लीमा बाबुराम राईको फराकिलो अग्रता, उपाध्यक्षमा कांग्रेसकी घनालाई अत्यादिक मत

ताप्लीमा बाबुराम राईको फराकिलो अग्रता, उपाध्यक्षमा कांग्रेसकी घनालाई अत्यादिक मत

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १ ताप्ली गाउँपालिकामा नेकपा एमालेका बावुराम राईले दोब्वर मतको अग्रता लिएको छ । राईले मतगणनाको समयबाटै अग्रता कायम राखेका थिए । २ वडाको मत गनिसक्दा राईले मतलाई दोव्वर बनाएका छन् । राईले पछिल्लो मत परिणाम अनुसार ८१९ मत प्राप्त गरेका छन् भने स्वतत्नत्र उम्मेदवार मुढा चिन्हका माधव रास्कोटीले ४०२ मत ल्याउँदै राईलाई पछ्याईरहेको छ । यस्तै हसिंया हथौडा भने तेस्रो स्थानमा छ । हसियाँ हथौडाका धनराज विकको २८१ मत मात्र प्राप्त गरेको अवस्था छ । ५ ओटा वडा मध्य २ ओटा वडाहरुको मात्रै मत गणना भएको छ । बाँकी ३ ओटाको बाँकी नै छ । बाँकी रहेको वडाहरुमा पनि वावुरामकै पकेट एरियाहरु रहेका छन् । यस्तै उपाध्यक्षमा भने कांग्रेसकी घना मगरले सबै भन्दा बढी मत ल्याएकी छिन् । उनले ९१८ मत ल्याई अग्र स्थान ओगटेकी छिन् । यस्तै एमालेकी उपाध्यक्षले ३६४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेकी छिन् । उपाध्यक...
उदयपुरमा दुई वडा गठबन्धन र दुई वडामा एमालेको जीत

उदयपुरमा दुई वडा गठबन्धन र दुई वडामा एमालेको जीत

Breaking News 1, राजनीति, समाचार
उदयपुर, बैशाख ३१ गेत । ७५ वटा वडाहरु रहेको उदयपुरमा चारवडाको अन्तिम मत परिणाम आएको छ । मत परिणाम अनुसार दुई वडा गठबन्धन र दुई वडामा नेकपा एमालेको जीत भएको छ । लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षमा विजयी प्राप्त भएको छ भने रौतामाई गाउँपालिका १ र ताप्ली गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट जीत हात परेको छ । लिम्चुङबुङ–४ मा क्षत्र राई र वडा ५ मा बसन्त राई विजयी भएका छन् भने रौतामाई १ मा रुद्रबहादुर कार्की र ताप्ली १ मा उद्धव हमाल विजयी बनेका छन् । एमालेको दुबै वडामा प्यानल जीत भएको हो ।...
ताप्लीको १ नं वडामा एमालेबाट हमालको प्यानलै बिजयी

ताप्लीको १ नं वडामा एमालेबाट हमालको प्यानलै बिजयी

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ३१ उदयपुरको ताप्ली गाउँपालिका १ मा एमालेका प्यानलै बिजयी भएका छन् । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । एमाले बाट वडाअध्यक्ष उम्मेदवार उद्द्ब हमाल सहित प्यानलै बिजयी भएको हो । यस्तै गरी महिला सदस्य पदम माया सुनुवार, दलित महिला सदस्य मन कुमारी सार्की, खुल्ला सदस्यमा तेजबहादुर मगर र सरोज राई निर्वाचित भएका हुन । नव निर्वाचित वडाध्यक्ष हमालले ३ स ९९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका धर्म राइले ३७८ मत प्राप्त गरेका थिए । वडा नम्बर १ मा १ हजार ८ सय ६७ मतदाता मध्ये १ हजार १ सय २५ जनाले मतदान गरेका थिए । वडा नम्बर २ को मतगणना जारी छ ।...
रौतामाईको १ नं. मा एमाले प्यानल विजयी

रौतामाईको १ नं. मा एमाले प्यानल विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ । उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं. १ मा एमालेका वडाध्यक्ष उम्मेदवार रुद्रबहादुर कार्कीसहितको प्यानल विजयी बनेको छ । स्थानीय तहको हिजो सम्पन्न निर्वाचनबाट वडा नं. १ मा नयाँ जनप्रतिनिधिहरु चयन भएका हुन् । कार्कीले निकटतम प्रतिष्पर्धीलाई १३६ को मतान्तरमा ४२६ मत प्राप्तगरी विजय हाँसिल गरेका हुन् । वडाको खुल्ला सदस्यहरुमा तिलकबहादुर खड्का, मंगलबहादुर तामाङ विजयी भएका छन् । महिला सदस्यमा ज्ञानकुमारी मगर विजयी बनेका छन् भने यसअघि दलित महिला सदस्यमा फुलमाया विश्वकर्मा दियाली सर्बसहमत बनिसकेकी छिन् । सो पालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा एमाले नै अग्रस्थानमा रहेको छ । वडा नं. १ बाट एमालेका अध्यक्ष उम्मेदवार भरतबहादुर थापाले ३८६ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा कुमारी रानाज्यू ठकुरीले ३८३ मत प्राप्त गरेकी छिन् । निकटतम प्रतिद्वन्द्वि गठबन्धनको अध्यक्ष उम्मेदवार न...
उदयपुरका दुई ठुलो नगरपालिकाहरुमा यस कारण हुन सकेन मतगणना

उदयपुरका दुई ठुलो नगरपालिकाहरुमा यस कारण हुन सकेन मतगणना

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३१ उदयपुरको दुई ठुला स्थानीय तहको रुपमा रहेको त्रियुगा नगरपालिका र कटारी नगरपालिकामा मतगणना हुन सकेको छैन् । यी दुवै नगरपालिकाहरुमा विवादका कारण मतगणनामा समस्या आएको हो । त्रियुगा नगरपालिकाको १२ नं वडामा भएको विवादले त्रियुगाको मतगणनामा असर पारेको छ । विवादपछि मतदाताहरुले फेरी मतदान गर्न पाउनु पर्ने भन्दै विरोध गरेपछि मतगणनामा समस्या आएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब त्यस ठाउँमा फेरी निर्वाचन गराई एकै चोटी मतगणनाको काम अघि बढाउने जनाएको छ । त्यहाँ उम्मेदवार हराउने हिसावले निर्वाचन अधिकृतहरुले नै स्वतन्त्र रुपले मतदान गर्न नदिएको र बिभिन्न झन्जटहरु देखाउँदै मतदाताहरुलाई असर पुराउने काम गरेको मतदाताहरुले आरोप लगाएको छ । उनिहरुले नङ्मा मसि मात्र लगाई दिने अनि मत पत्र भने नदिने र आफै मतदान गर्ने गरेको कारण आपुहरु मतदान बाट बन्चित भएको भन्दै असन्तु...
लिम्चुङबुङमा नव निर्वाचित जनप्रतिनिधी

लिम्चुङबुङमा नव निर्वाचित जनप्रतिनिधी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । यही वैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा लिम्चुङबुङका २ वटा वडामा नयाँ जनप्रतिधिनी चयन भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनको मत गणनाको परिणमका आधारमा वडा नं. ४ बलम्ता र ५ जातेमा नयाँ जनप्रतिनिधी चयन भएका हुन् । वडा नं.४ बाट वडा अध्यक्ष पदमा गठबन्धनको जनता समाजवादी पार्टीका छत्रबहादुर राई ४ सय २८ मतले विजय भएको हो । त्यस्तै महिला सदस्यमा नेकपा एमालेको चामु राई ३ सय १९, दलित महिला सदस्य माओवादी केन्द्रकाट भक्त माया विश्वकर्मा ३ सय २३ र खुल्ला सदस्यहरुमा माओवादीबाटै चिनबहादुर राई ३ सय ६७ र मन्दिप राई ३ सय ६० मतका साथ वडा नं. ४ बाट बिजय भएका हुन् । १ नं. वडाबाट माओवादी केन्द्रका दलित महिला सदस्यमा देवी कुमारी कामी निरविरोध चयन भइसकेकी थिइन् । यता वडा नं. ५ मा नेपाली काँग्रेसकाबाट कविचन्द्र राई ३ सय ४ मतका साथ वडा अध्यक्ष पदमा चयन भएको हो । वडा नं. ५...
दिल्लीस्थितमा आगलागी २० जनाको मृत्य

दिल्लीस्थितमा आगलागी २० जनाको मृत्य

Breaking News 3, समाचार, संसार
काठमाडौँ, ३१ गते । भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेशनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको थियो । त्यस आगलागीमा परी अरु कम्तीमा पनि ४० जना जलेर घाइते भएका छन् । ती घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । भर्ना भएकाहरुको अवस्था कतिपयको गम्भीर रहेकाले यस दुर्घटनामा परेर ज्यान जानेको संख्या बढ्न सक्ने पनि अधिकारीहरुले जनाएका छन् ।सो भवन ठूलो थियो र यहाँ कैयाँै कम्पनीका कार्यालयहरु पनि रहेका छन् । यो भवनको दोस्रो र तेस्रो तल्लाबाट मात्र २० ओटा शव फेला पारिएको छ भने अरुतिर खोजी कार्य हुदैछ । यहाँ कम्तीमा पनि २४ ओटा अग्निनियन्त्रक परिचालन गरिएको छ । ठूलो भवन र धेरै नागरिकहरु त्यहाँ रहेकाले यस आगलागीबाट ठूलो क्षति पुग्नसक्ने बताइएको छ ।...
 १२ नं वडाको लफडाले त्रियुगाको मतगणना प्रभवित

 १२ नं वडाको लफडाले त्रियुगाको मतगणना प्रभवित

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३१ त्रियुगा नगरपालिका १२ जनप्रेमी माध्यमिक विद्यालयमा मतदानको क्रममा भएको लफडाले मतगणना प्रभावित पारेको छ । देशैभरी मतगणना भैरहेको अवस्थामा त्रियुगाको पनि बिभिन्न पालिकाहरुमा मतगणना जारी छ । शुक्रबार भएको मतगणनाको क्रममा निर्वाचन अधिकृतले बिभिन्न बाहानामा झन्झट दिई मत लगाउन समस्या रहेको जनाएपछि मतदाताहरुले विरोध गरेका थिए । मतदाताहरुको विरोध पछि त्यहाँ तनाव सिर्जना भएका थिए । त्यहाँ मतदाताहरुले फेरी मतदान गर्नु पर्ने माग सहित नारा जुलुस समेत गरेका थिए । १२ मा पुन मतदान भएपछि मात्र त्रियुगाको सबै वडाहरुको मतगणना सुरु हुने जनाईएको छ । त्यस वडामा मतदाताहरुले नङमा मसि लगाईदिने तर मतपत्र नदिने गरेको आफै अधिकृतले मत लगाईदिएको आरोप लगाएको छ । प्रदेश सांसद सुनिता चौधरीलाई समेत अधिकृतले नचिनेर यस्तो व्यवहार गरेको पाईएको मतदाताहरुले जनाए । १२ बाहेक अन्य १५ वटै वडाहरुमा शान्तिप...