Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ३१ डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयवासीले बताए । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन । अहिले शव र घाइतेलाई डडेल्धुरा अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)...
उदयपुरगढीमा गठबन्धको अग्रता

उदयपुरगढीमा गठबन्धको अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । उदयपुरको उदयपुरगढी गाउँपालिकामा हालसम्म ३ सय मत गणना गरिएकोमा १ सय ३५ मतका साथ गठबन्धनका अध्यक्ष उम्मेदवारको अग्रता रहेको छ । यता नेकपा एमालेको १ सय ११ मत आएको छ । त्यस्तै उदयपुरगढी गाउँपालिका–१ का वडा अध्यक्षमा पनि गठबन्धनको अग्रता देखिन्छ । गठबन्धनको अध्यक्ष उम्मेदवारको १ सय ३३ मत आएको छ भने एमालेको १ सय १६ मत ल्याएको छ ।...
उदयपुरमा मतपरिणाम सुरु, लिम्चुङबुङको दुईवडामा गठबन्धनको जीत

उदयपुरमा मतपरिणाम सुरु, लिम्चुङबुङको दुईवडामा गठबन्धनको जीत

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३१ उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा दुईवटा वडामा गठबन्धनको जीत भएको छ । पालिकाको वडा नं। ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवारहरुले विजय हाँसिल गरेका हुन् । उदयपुरको मतगणनाको पहिलो जीत परिणाम लिम्चुङबुङबाट सुरु भएको हो । वडा नं। ४ को वडाध्यक्षमा क्षत्र राई विजयी भएका छन् । जनता समाजवादी पार्टीका उनी वडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसंग गठबन्धन गरी उठेका थिए । उनी जसपाको जिल्लाकै पहिलो विजयी उम्मेदवार पनि भएका छन् । उनले वडामा खसेको ९८७ मत मध्ये ४२८ मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं। ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका कविचन्द्र राई (बसन्त) विजयी भएका छन् । उनले वडामा खसेको ८५५ मत मध्ये ३०४ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । जम्मा पाँचवटा वडा रहेको सो पालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनकै अग्रता र...
खुकुरी प्रहार गरेको अभियोगमा स्वतन्त्र उपमेयर उम्मेदवार पक्राउ

खुकुरी प्रहार गरेको अभियोगमा स्वतन्त्र उपमेयर उम्मेदवार पक्राउ

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । खुकुरी प्रहार गरेको अभियोगमा स्वतन्त्र पदका उपमेयर उम्मेदवार पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार सशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर–४ स्थित उम्मेदवार गन्धर्वकै घर नजिकै दुईपक्षबीच झडप भएको हो । खुकुरी प्रहारबाट अन्य ४ जना घाइते भएका छन् । पूजाको बेलामा मदिरा सेवन गरेपछि विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए । दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको हुन सक्ने प्रहरीले बताएको छ ।...
जन्तेढंगा १ मा गठबनधनका केदारमान राई पून : बिजयी

जन्तेढंगा १ मा गठबनधनका केदारमान राई पून : बिजयी

Breaking News 2, समाचार
पूर्णपुपिष्ट, बैशाख ३१ खोटाङको जन्तेढुंगा गाउँपालिका १ मा निवर्तमान वडाअध्यक्ष समेत रहेका केदारमान राई फेरी बिजयी बनेका छन् । राई नेकपा माओवादीकेन्द्र र नेपाली काङ्ग्रेसगरी दुइदलीय गठबन्धनको तर्फबाट उम्मेदवार थिए । उनका निकटतम प्रतिद्वन्द्वी बलराम राईलाई पराजय गर्दै उनि दोस्रो कार्याकालको लागि पनि बिजयी बनेको हो । सदस्यहरुमा उनकै प्यानलका मदनकुमारी राई, पन्ची कामी, गणेशकुमार राई र एमालेकी उम्मेदवार चम्पा राई विजयी भएका छन ।...
बालेन शाहाको अग्रता कायमै

बालेन शाहाको अग्रता कायमै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । काठमाण्डौँ माहानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहाले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार लौरो चिन्ह स्वतन्त्र उम्मेदवार शाहाको ५२, एमालेका उम्मेदवार केशव स्थापितको ४३ र कांग्रेस उम्मेदा सिर्जना सिंहको ४१ मत आएको छ । सुरुवाती देखीनै शाहाले प्रारम्भीक अग्रता कायम गरेका थिए । अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...
ताप्लीमा एमालेको अग्रता, स्वतन्त्र दोस्रो

ताप्लीमा एमालेको अग्रता, स्वतन्त्र दोस्रो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ३१ ताप्ली गाउँपालिकामा हाल सम्मको मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ । एमालेका पालिका अध्यक्ष उम्मेदवार बावुराम राईले ३७५ मत प्राप्त गर्दे अग्रता लिएको हो । त्यस्तै मुढा छापका स्वतन्त्र उम्मेदवार माहादेव रास्कोटीले दोस्रो मत प्राप्त गरेको छ । उनले २१६ मत ल्याउँदै दोस्रो स्थान ओगटेको छ । यसैगरी माओवादी र एकीकृत समाजवादीको संयुक्त गठबन्धनले ९४ मत प्राप्त गर्दै तेस्रो स्थान लिएको छ । कांग्रेसले भने हाल सम्म ५ मत मात्रै प्राप्त गरेको छ । यस्तै उपप्रमुखमा भने कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवारले ४०८ मत प्राप्त गर्दै उपाध्यक्षको अग्रता कायम गरेको छ । एमालेका उम्मेदवारले भने १३१ मत प्राप्त गर्दै दोस्रोमा छ । यता वडामा पनि एमालेकै उम्मेदवार अगाडी बढेको छ । एमालेका उम्मेदवारले २९७ मत लिएर वडाको अग्रता लिएको छ भने कांग्रेसले २४९ मत प्राप्त गरेको छ । ताप्लीको...
फर्जी मतदान गरेको अभियोगमा एक युवक पक्राउ

फर्जी मतदान गरेको अभियोगमा एक युवक पक्राउ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । अर्काको नाममा फर्जी मत हालेको अभिायोगमा जनकपुरधामबाट एक जना युवक पक्राउ परेको छ । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका– १४ स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रमा अर्काको नाममा मतदान गरिरहँदा जनता समाजवादी पार्टी नेपालबाट वडा सदस्यकी उम्मेदवार शिवदेवी सादा मुसहरनीको २० वर्षीय छोरा अमलेश सदालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । मतदान केन्द्रमा फर्जी मत खसाइरहेको अवस्थामा वडा सदस्य सादाका छोरा पक्राउ गरेको धनुषा प्रहरीले बताएको छ ।...
विराटनगर महानगरको वडामा मतगणना सुरु

विराटनगर महानगरको वडामा मतगणना सुरु

Breaking News Video, राजनीति, समाचार
काठमाडौं, वैशाख ३१ गते । विराटनगर महानगरपालिकाको छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ । महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८९६७ दशमलव ३५ प्रतिशत० मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । रासस...
बेलकाको वडा नं. ९ मा कांग्रेसको अग्रता, ९५ मतका साथ एमालेले पछ्याउदैँ

बेलकाको वडा नं. ९ मा कांग्रेसको अग्रता, ९५ मतका साथ एमालेले पछ्याउदैँ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । उदयपुरको बेलका नगरपालिका–९ मा नेपाली कांग्रेसको अग्रता रहेको छ । ४ सय मत गणना गरिदा कांग्रेसका वडाध्यक्ष उम्मेदवार पदम खड्का १ सय १८ मतले अगाडी रहेको छ । नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार रञ्जित राईले ९५ मतका साथ कांग्रेसलाई पछ्याइरहको छ । यो बिहान ९ः१५ मा आएको प्रारम्भिक मतपरिणाम हो । यता माओवादी केन्द्रका हरि श्रेष्ठले ४२ मत पाएका छन् । जसपाका राजकुमार राईले ४२, स्वतन्त्र उम्मेदवार तेजमान विश्वकर्माले २२, स्वतन्त्र उम्मेदवार रिता राईले १५ र राप्रपाका राजकुमार खड्काले १५ मत पाएका छन् ।...