Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

यसरी हुँदैछ काठमाडौँ महानगरपालिकाको मतगणना

यसरी हुँदैछ काठमाडौँ महानगरपालिकाको मतगणना

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ३१ काठमाडौँ महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ । कार्यालयले अहिले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिरहेको र सोपश्चात् मतगणना सुरु गर्ने निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । सुरुआती चरणमा एक ठाउँबाट गणना गर्ने तयारी गरिएको र केहीबेरमा गणनास्थल थप गरिने उहाँले जानकारी दिनुभयो । सुरुमा वडा नं १ र ३२ को मत गणना गरिने अधिृकत श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३।४९ प्रतिशत मत खसेको थियो । रासस –––...
राैतामाई र उदयपुरगढीमा मतगणना सुरु

राैतामाई र उदयपुरगढीमा मतगणना सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ । उदयपुरकाे राैतामाई र उदयपुरगढी गाउँपालिकामा मतगणना सुरु भएकाे छ । राैतामाईमा विहान ८:३० बजे सुरु भयाे भने उदयपुरगढीमा ९:३० बजेबाट सुरु भएकाे हाे । हिजाे राती बेलैमा मतपेटिका संकलन भएपनि माैसम र प्राविधिक कारण देखाउदै मतगणना आजलाई सारिएकाे थियाे ।
त्रियुगाको १२ नं. वडामा मतपत्र बदर, पुन मतदान गरिने

त्रियुगाको १२ नं. वडामा मतपत्र बदर, पुन मतदान गरिने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । उदयपुरको त्रियुगा नगरपालिका–१२ जनप्रेमी माध्यमिक विद्यालयमा शुक्रवार गरिएको मतदान रद्ध गरिएको छ । स्थानीका अनुसार मतदाना स्थलमा धाधलि गरिएकोले सम्पूर्ण मतपत्र बदर गरिएको हो । सो केन्द्रमा मतदान गर्न खटिएका मतदान अधिकृतले धाधली गरेको भन्दै मतदाताले बिरोध गरेका थिए । सो मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले मतदातालाइ औलामा रङ लगाइदिने तर मतपत्र नदिइ तपाइको काम सकियो भन्दै पठाउने गरेका थिए । मतदान गर्न पाउने आफ्नो अधिकार खोसिएको भन्दै मतदाताले बिरोध गरेपछी कर्मचारी र मतदाता बिच बिबाद भएको थियो । बिबाद बड्दै जादा मत हाल्न नपाएका मतदाताले मतदान स्थल तोडफोड गरेका थिए । मतदान स्थल तोडफोड भएपनी मटपेतिका भने प्रहरिले सुरक्षित रुम्पमा राखेको थियो । मतदान अधिकृत ले हेर्दा सोझोसाझा देखिने मतदातालाइमत पत्र नदिइ आफैले मत हाल्ने गर्ने क्रमामा प्रदेश साम्सद सुनिता कुमारी चौध...
लिम्चुङबुङको ५ नंं. वडामा गठबन्धनको अग्रता

लिम्चुङबुङको ५ नंं. वडामा गठबन्धनको अग्रता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । उदयपुरको लिम्चुङबुङ गाउपालिकामा नेपाली काङ्ग्रेस र माओवादीको गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिएका मेजर राइले सुरुवाती अग्रता लिएका छन् । वडा नं. ५ को २५० मतगन्दा मेजर राइले १४३ मत प्राप्त गरेका छन् । यस्तै एमालेका राजकुमार राइले ९६ मत प्राप्त गरेका छन् । वडा अध्यक्षमा भने काङ्ग्रेसका उम्मेदवार ले ९८, एमालेले ७६ र जनता समाजबादिले ४९ मत प्राप्त गरेका छन् । सो वडामा ८५० मत खसेको छ।...
ताप्लीमा मतगणना सुरु

ताप्लीमा मतगणना सुरु

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । ताप्ली गाउँपालिकामा मतगणना सुरु भएको छ । ताप्लीको वडा नं. १ बाट मत गणना सुरु भएको जनाइएको छ ।
लिम्चुङबुङमा मतगणना सुरु

लिम्चुङबुङमा मतगणना सुरु

Breaking News 1, राजनीति, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत तुलाराज सुनुवारका अनुसार लिम्चुङबुङको वडा नं. ५ बाट मत गणना सुरु भएको हो ।
बेलकामा सर्वदलीय बैठक सुरु

बेलकामा सर्वदलीय बैठक सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३० बेलका नगरपालिकाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आइृपुगेको छ । मतपेटिका आईपुगे सँगै सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति भएमा बेलकामा आज राति बाटै मतगणना हुने भएको छ । बेलकाको ३ मतदान स्थलमा ८३५ मतदान केन्द्रमा मतदाताहरुले मत खसालेका थिए ।
उदयपुरगढीमा भोलीपल्ट मतगणना

उदयपुरगढीमा भोलीपल्ट मतगणना

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । उदयपुरगढी गाउँपालिकाको मतगणना कार्य भोलीपल्ट विहानदेखि गर्ने निर्णय भएको छ । भोलीपल्ट विहान ६ः३० बजेदेखि गणना सुरु गर्ने निधो गरिएको जनाइएको छ । पालिकामा आजै राती १०ः०० अघिभित्र मै सबै मतपेटिका संकलन भइसकेको छ । सो पालिकाको निर्वाचन संयन्त्रले मौसम तथा प्राविधिक कारणले भोलीपल्टबाट गणना सुरु गर्ने निधो गरिएको जनाइएको छ । सो पालिकामा ५९ दशमलब ६७ मत खसेको छ । २० हजार २५२ मतदाता मध्ये १२ हजार ८५ मत खसेको छ ।...
रौतामाई गाउँपालिकामा आइुपुग्यो मतपेटिका

रौतामाई गाउँपालिकामा आइुपुग्यो मतपेटिका

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० रौतामाई गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आईपुगेको छ । गाउँपालिकाका आठ मतदान स्थल मध्ये १७ मतदान केन्द्रको मतपेटिका मतदान अधिकृतले निर्वाचन अधिकृतको कार्यालयमा बुझाए सँगै सर्वदलीय बैठक वसी आजै मत गणना गर्ने सहमती भएको छ । आज राति बाटै मत गणना कार्य हुने जानकारी निर्वाचन अधिकृतको कार्यालय रौतामाईले दिएको छ ।...
त्रियुगाको मतगणना सर्यो

त्रियुगाको मतगणना सर्यो

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । त्रियुगा नगरपालिकाको वडा नं. १२ मा विवादका कारण मतदान स्थगित भएपछि आज रातीबाटै मतगणना गर्ने भनिएको निर्णय सरेको छ । वडाको १६ वडा मध्ये १२ नं. वडामा स्थगित भएकै कारण अन्य १५ वटाको गणना सरेको हो । सबै वडाको मतपेटिका संकलन पछि मात्र एकैसाथ गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १२ नं. वडामा पुनः निर्वाचन गर्नुपर्ने अवस्था आएको र पुनः निर्वाचन पछि मतपेटिका संकलन गरी गणना गरिने भएको हो । पुनः निर्वाचन कहिले हुने भन्ने बारेमा जिल्ला स्थित निर्वाचन संयन्त्रमा छलफल भईरहेको जनाइएको छ ।...