Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

प्रकाश सपुतले ‘सकम्बरी’ गित विवादबारे मागे माफी

प्रकाश सपुतले ‘सकम्बरी’ गित विवादबारे मागे माफी

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, बैशाख ८ । गायक प्रकाश सपुतले ‘सकम्बरी’ गितलाई लिएर भएको विवादको विषयमा माफी मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक स्टाटसमा ‘मेरो सिर्जनाले प्रत्यक्ष÷अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु भन्दै माफी मागेका हुन् । रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा आफूले पाँच वर्ष सो क्षेत्रमा काम गर्दा अपमानजनक दृष्टिकोण खेपेको अनुभव पनि उल्लेख गरेका छन् । ‘कसैलाई होच्याएर, आफू अग्लिनु छँदै छैन, कसैलाई असफल बनाएर सफल हुनु छँदै छैन । कमजोरी छैन भन्दिनँ, छ तर सकीनसकी जानीनजानी गर्न खोजेको चाहिं समाजका अँध्यारा कथाहरु देखाएर उज्यालोतिर लाग्न प्रेरित गर्ने भन्ने हो,’ उनले लेखेका छन् । रात्रिकालीन व्यवसायी संघले विज्ञप्ति जारी गर्दै सपुतलाई उक्त गीत हटाउन र नहटाए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो । यो चेतावनीको पृष्ठभ...
रुसी विमानले आफ्नै जमिनमा खसायो बम

रुसी विमानले आफ्नै जमिनमा खसायो बम

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ८ । रुसी लडाकु विमानले आफ्नै जमिनमा बम खसालेको छ । युक्रेनको सिमाना नजिकै बियलग्रट शहरमा विमानले बम खसाल्दा धेरै भवनहरुमा क्षति पुगेको र दुई जना महिला घाइते भएको बीबीसीले जनाएको छ । रुसी लडाकु विमानबाट आफ्नै शहरमा बम खसेको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । बम खसेको स्थानमा ६० फिट गहिरो खाडल बनेको क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्ल्याडकोभले जनाएका छन् । स्थानीय समय अनुसार राति १०ः१५ बजे भएको यो घटनाको अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले बताएका छन् । प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाबस यस्तो भएको पत्ता लागेको छ । त्यहाँ करिब साढे ३ लाख मानिसको बसोबास रहेको अनुमान छ । बियलग्रट शहरबाट युक्रेनको सिमाना २५ माइल टाढा छ ।...
जम्मु कश्मीरमा आक्रमणमा परी ५ भारतीय सेनाको मृत्यु

जम्मु कश्मीरमा आक्रमणमा परी ५ भारतीय सेनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ८ । जम्मु-कश्मरीमा आक्रमणमा परी ५ भारतीय सेनाको मृत्यु भएको छ । जम्मु-कश्मीर को पुँछ भन्ने स्थानमा सेनाको गाडीमा ग्रिनेड आक्रमण हुँदा ५ सेनाको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाका अनुसार यस आक्रमणमा चरमपन्थी समुहको हात रहेको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेडले आक्रमण गरेका उल्लेख छ । त्यसपछि गाडीमा आगलागी भएको थियो । यस आक्रमणमा परी राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको छ । ती जवानहरु सो क्षेत्रमा चरमपन्थीहरुविरुद्ध चलाइएको अभियानमा तैनाथ थिए ।आक्रमणमा एक जना गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।...
नेपालले ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य

नेपालले ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ८ । एसीसी मेन्स प्रिमियल लिग क्रिकेटमा टस हारेर ब्याटिङ गरेको नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलको निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले ओमानलाई विशाल रनको लक्ष्य दिएको हो । एकदिवसीय अन्तर्राष्ट्रियमा कुशले पहिलो शतक गरेका छन् । आजकै खेलबाट कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने नेपाली खेलाडिको कीर्तिमान बनाएका छन् । कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रन बनाएको हो । सोमपाल कामीले अर्धशतकीय पारी खेलेका छन्। उनले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाए। भीम सार्कीले ३३ रन जोड्दा आरिफ शेखले २९ रनको योगदान गरे। कप्तान रोहित कुमार पौडेलले २३ रन जोडे । ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेट लिए ।...
पर्यटक आकर्षका लागि  त्रिनपा १५ ले लालिगुराँसको संरक्षण गर्ने

पर्यटक आकर्षका लागि त्रिनपा १५ ले लालिगुराँसको संरक्षण गर्ने

Breaking News 1, पर्यटन, समाचार
विक्रम राई पूर्णपुष्टि, ८ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १५ नगरको ३ पहाडी पालिकाहरु मध्य एक हो । यो वडा जिल्लाको प्रमुख पर्यटक तथा धार्मिक स्थल रौता पोखरी सँग जोडिएको छ । रौता पोखरी पर्यटनका लागि अतिनै बिकसीत स्थल हो । यस ठाउँमा आन्तरिक तथा बाह्रय पर्यटकहरु मेलामहोस्वमा भरिभराउनै हुने गर्छ । बाँकी समयमा पनि पुजा पाठ र घुमफिर गर्ने पर्यटनहरु कहिले टुट्दैन् । यहाँ विदेशी पर्यटनहरु पनि पछिल्लो समय धमाधम भित्रिदै छ । यस ठाउँमा पाईने लालिगुँरास पर्यटकको आकर्षणको केन्द्र विन्दु हो । पछिल्लो समय यहाँको लालिगुँरास लोपन्मुख हुँदै गएको छ । स्थानीयहरुले दाउरामा प्रयोग गर्न थालेपछि यहाँको लालिगुँरास मासिदै गएको अवस्था छ । पर्यटका लागि मात्र नभई नेपालको राष्ट्रिय फुलकै हैसियदमा रहेका लालिगुँरास जोगाउन त्रियुगा नगरपालिका १५ नं वडा लागि पर्ने जनाएको छ । रौता पोखरी जिल्लाको रौतामाई गाउँपा...
आजबाट मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

आजबाट मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

Breaking News 1
पूर्णपुष्टि,वैशाख ८ । प्रतिनिधि सभा सदस्यकालागि यही आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ । आजबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीलाई चुनावी प्रचारमा रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । आजबाट सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वा...
राहदानी बनाईदिन्छु भन्दै प्रतिव्यक्ति २८ हजार ठगी गर्ने तीनजना पक्राउ

राहदानी बनाईदिन्छु भन्दै प्रतिव्यक्ति २८ हजार ठगी गर्ने तीनजना पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख ८ । काठमाडौँ महानगरपालिका–११, त्रिपुरेश्वर स्थित प्रतिव्यक्ति २८ हजारमा राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–२ मगर गाउँका ३४ वर्षीय स्माइल स्टार पुनसहित तीनजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। श्री फ्रिया ट्राभल्स एन्ड टुर्स प्रालि सञ्चालन गर्ने पुनलगायतले रकम दिए राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त प्रालिमा खानतलासी गर्दा प्रहरीले कम्पनीबाट विभिन्न व्यक्तिका पाँच थान राहदानी, एक थान कम्युटर तथा अन्य महत्वपूर्ण कागजपत्र बरामद गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।...
एसीसी प्रिमियर कप : आज नेपालले दोस्रो खेल ओमान सँग खेल्दै

एसीसी प्रिमियर कप : आज नेपालले दोस्रो खेल ओमान सँग खेल्दै

खेलकुद, समाचार
पूर्णपुष्टि,वैशाख ८ । एसीसी प्रिमियर कपको आज दोस्रो खेल नेपालले ओमान सँग खेल्ने भएको छ । गएको मंगलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । त्यस्तै, बुधवार कतारसँग भएको खेलमा ओमान विजयी भएको थियो । समूह चरणका अन्य खेल एकदिवसीय मात्रका भए पनि यो खेल भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ । नेपाल र ओमानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । यो खेल नेपालको ५०औँ ओडीआई रहेकाले पनि नेपालको लागि विशेष रहनेछ । प्रिमियर कपको समूह ’ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।...
तुलसी सहकारी संस्थाबाट पीडित निक्षेपकर्ताहरुसँग प्रहरीद्धारा जाहेरीको माग

तुलसी सहकारी संस्थाबाट पीडित निक्षेपकर्ताहरुसँग प्रहरीद्धारा जाहेरीको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख ८ । उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थ्ति तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडबाट पीडित भएकोहरु संग जिल्ला प्रहरी कार्यालय उदयपुरले जाहेरीको माग गरेको छ । सहकारी संस्थाका संञ्चालक केदारनाथ शर्मा लगाएत सञ्चालक समितिका सदस्य तथा कर्मचारीहरुको विरुद्धमा प्रहरीले जाहेरीको माग गरेको हो । सहकारी संस्थाको रकम हिनामिना गरी सहकारी ऐन २०७४ अनुसारको कसुर गरेको भन्दर्भमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा मुद्दा दर्ता भई हाल अनुसन्धान भईरहेको हुँदा उक्त संस्थाद्वारा पीडित भएका सर्वसाधारण निक्षेपकर्ताहरुले जाहेरी दिन बाँकीहरुको लागि जाहेरी दरखास्त माग गरिएको प्रहरीले जनाएको छ । पीडले दिएको जाहेरी अपराध अनुसन्धान शाखामा दिन सकिने प्रहरीले जनाएको छ ।...
एक हप्तामै करोडौ पटक हेरिने सफल गीत ‘सकम्बरी’

एक हप्तामै करोडौ पटक हेरिने सफल गीत ‘सकम्बरी’

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,वैशाख ७ । पछिल्लो समय नेपाली सांगितिक दुनियाँमा गायक प्रकास सफतको ‘सकम्बरी’ बोलको गितले एक हप्तामै करोड पटक हेरिने नेपाली गीतको युट्युब रेकर्ड राखेको छ । यो गीतलाई अपरान्ह चार बजेसम्म एक करोड ९० हजार पटक हेरिएको छ । चर्चा र विवादको कारण यो गीतको भ्युज ह्वात्तै वृद्धि भएको हो । देश विदेशमा रहेको दर्शकले अत्यन्तै रुचाएको यो गीतले रिलिज भएकै दिनदेखि युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा छ । यस अघिको अवस्थामा भने नेपाली गीतहरुले सात दिनभित्र यो उपलब्धि पाउन सकेका थिएनन् । ट्रेन्ड हेर्दा यो गीतको भ्युज अझै अघि बढ्न देखिएको छ । टिकटकमा भाइरल बन्नु र सामाजिक सञ्जालमा समेत यसबारे निकै बहस हुनुले गीतमा दर्शकको चासो देखिएको हो । सपुतकै शब्द, संगीत र स्वर रहेको यो गीतले विम्बपरक रुपमा कला क्षेत्रमा संघर्षरत युवतीले भोग्नुपरेको बाध्यता र कठिनाइलाई चित्रण गरेको छ । उक्त यस गीतमा म...