वैदेशिक रोजगार विभागद्वारा ४६ अभिमुखीकरण तालिम प्रदायक संस्थामाथि कारबाही
पूर्णपुष्टि, साउन १४ । वैदेशिक रोजगार विभागले एकै पटक ४६ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई कारबाही गरेको छ। वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई अनिवार्य तीन दिने अभिमुखीकरण तालिम दिने यी संस्थाहरूले तालिम नै नदिई हाजिरी मात्र गराउने गरेको पाइएपछि विभागले कारबाही गरेको हो।
विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार अनुगमनको क्रममा तालिम लिएको भनेर हाजिरी गरिएको तर वास्तवमा कोही पनि तालिममा उपस्थित नभएको पाइएपछि यी संस्थाहरूमाथि कारबाही गरिएको हो। कारबाहीस्वरूप यी संस्थाहरूको कारोबार रोक्का गरिएको छ।
कारबाहीमा परेका अधिकांश संस्थाहरू काठमाडौं उपत्यकाका छन् भने केही धनुषा, बाँके, कास्की र गोर्खा जिल्लाका पनि रहेका छन्। उल्लेखनीय रूपमा, वैदेशिक रोजगार बोर्डका सदस्यहरूले सञ्चालन गरेका केही तालिम केन्द्रहरू पनि कारबाहीमा परेका छन्। यसमा नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी ...









