Thursday, August 6News That Matters

Month: २ वर्ष अगाडि

सहकारी ठगीमा मुछिए कांग्रेस उपसभापति गुरुङ

सहकारी ठगीमा मुछिए कांग्रेस उपसभापति गुरुङ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र ३१ । कांग्रेस उपसभापति धनराज गुरुङ र उनकी पूर्व श्रीमती ज्योति ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा मुछिएका छन्। सहकारी संस्थाका सञ्चालकहरूले दिएको उजुरीपछि संसदीय छानबिन विशेष समितिले स्थलगत अध्ययन गरेको थियो। समितिका सदस्यहरूका अनुसार यो विषय गम्भीर छ र गुरुङ दम्पतीबीचको सम्बन्धविच्छेदको उद्देश्यमाथि पनि प्रश्न उठेको छ। सहकारीका अध्यक्षले कानुनी दायित्वबाट बच्नका लागि मात्रै धनराजले कागजी सम्बन्धविच्छेद गरेको दाबी गरेका छन्। गुरुङ दम्पतीले २०७६ फागुनमा सम्बन्धविच्छेद गरे पनि २०७७ फागुनमा सहकारीबाट ऋण लिँदा धनराजले हकवालाका नाममा ज्योतिकै नाम लेखेको पाइएको छ। यद्यपि, संसदीय समितिको कार्यादेशमा मितेरी सहकारीको नाम नभए पनि यस विषयमा अनुसन्धान गर्न राज्यका निकायलाई लेखी पठाउने भएको छ।...
आजको मौसम : केहि स्थानमा भारी बर्षाको सम्भावना

आजको मौसम : केहि स्थानमा भारी बर्षाको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, भाद्र ३१ । देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण नेपालमा वर्षाको सम्भावना बढेको छ। विभागले जारी गरेको मौसम बुलेटिन अनुसार, आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षाको पनि पूर्वानुमान गरिएको छ। राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशका तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको चेतावनी दिइएको छ। यस्ता क्षेत्रमा बाढी, पहिरो तथा भू–क्षयको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।...
सहकारी ठगीमा रवि लामिछानेसहित ९ जनालाई दोषी ठहर गर्दै प्रतिवेदन तयार

सहकारी ठगीमा रवि लामिछानेसहित ९ जनालाई दोषी ठहर गर्दै प्रतिवेदन तयार

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र ३१ । संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहित ९ जनालाई दोषी ठहर गर्दै प्रतिवेदन तयार पारेको छ। समितिले १७ घण्टाको लामो छलफलपछि सोमबार बिहान सर्वसम्मतिले प्रतिवेदन पारित गरेको हो। प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीले दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको तथ्य उजागर गरिएको छ। यी तीनै जनाले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेको पाइएको छ। समितिले लामिछानेले कम्पनीको प्रबन्ध निर्देशकका रूपमा विभिन्न कागजातमा हस्ताक्षर गरेको प्रमाण फेला पारेको छ। उनले कम्पनी रजिस्ट्रार कार्यालयमा १५ प्रतिशत सेयरका लागि रकम बुझाएको उल्लेख गरे पनि यो रकम सुप्रिम सहकारीबाट सारिएको खुलासा भएको छ। लामिछाने प्रबन्ध निर्देशक भएको...
नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा खुल्दै

नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा खुल्दै

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र ३० । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा खोल्ने भएको छ। भदौ १६ गते सोमबारदेखि सञ्चालनमा आउने यो शाखा दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी खोलिएको हो। उदयपुरको कटारी नगरपालिकामा पर्ने यस शाखाबाट लिम्पटार, हर्देनी, सोरुङ्गछविसे, मयांखु र लेखानी गरी पाँच वडाका २० हजारभन्दा बढी सर्वसाधारणले प्रत्यक्ष लाभ लिन सक्नेछन्। साथै, उदयपुरका अतिरिक्त सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङका जनताले पनि यस शाखाबाट अत्याधुनिक वित्तीय सेवा पाउने अवसर पाउनेछन्। बैंकका अनुसार, यस शाखाले ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका चार वडा, सिन्धुलीको फिक्कल गाउँपालिकाका तीन वडा र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका केही क्षेत्रलाई समेट्ने योजना बनाएको छ। यस अघि कुनै पनि बैंकको शाखा नभएको घुर्मी बजारमा यो शाखा खुलेपछि तीन जिल्ला ( खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको नाका...
कोशी सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, भाद्र ३० । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावसँगै देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र पश्चिम बंगाल तथा आसपासको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको विभागले जानकारी दिएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। विशेष सावधानीका लागि, विभागले कोशी प्रदेशका तराई क्षेत्रमा हुरी चल्न सक्ने जनाएको छ। रातिको समयमा पनि देशभर आंशिकदेखि साधारण बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन स...
अमेरिकाबाट आएका वृद्ध त्रिभुवन विमानस्थलबाटै बेपत्ता

अमेरिकाबाट आएका वृद्ध त्रिभुवन विमानस्थलबाटै बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र ३० । अमेरिकाबाट नेपाल फर्किएका एक ७६ वर्षीय वृद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन्। पर्वतको पैंयू गाउँपालिका-१ का दण्डपाणि भुसाल शनिबार राति १०:२५ बजेदेखि सम्पर्कविहीन भएका छन्। भुसालका ज्वाईं मधु वस्तीका अनुसार, उनी दुबई ट्रान्जिट हुँदै हिमालयन एअरलाइन्सको उडानमार्फत काठमाडौं आइपुगेका थिए। विमानस्थलमा अवतरण गरेपछि भिडियो कल समेत भएको थियो। त्यसपछि भुसाल विमानस्थलको सीसी क्यामेरामा बाहिर निस्किएको देखिए पनि त्यसपछि उनको कुनै अत्तोपत्तो छैन। वस्तीले बताए अनुसार, भुसाललाई एक जना सिस्टरको साथमा अमेरिकाबाट पठाइएको थियो। विमानस्थलबाट बाहिर निस्केपछि झोला छुट्यो भन्दै भुसाल भित्र फर्किएका थिए। त्यही बेला सिस्टर उनको सामान विमानस्थलमै छाडेर गएकी थिइन्। भुसालको झोला र कागजातहरू भेटिए पनि उनी भने फेला परेका छैनन्। लेखपढ गर्न नजान्ने भुसाल हराएपछि आफन्तले ...
उदयपुरको नव उदय सामुदायिक वनमा पूरुषको शव फेला

उदयपुरको नव उदय सामुदायिक वनमा पूरुषको शव फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, भाद्र ३० । उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित नव उदय सामुदायिक उपभोक्ता समूहको जंगलमा एक बेवारिसे शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक त्रियुगा नगरपालिका–४ बगाहा निवासी ३८ वर्षीय बाल कृष्ण राई रहेको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार मृतक राई घरमा सामान्य विवाद पश्चात् ३–४ दिनदेखि हराएका थिए। शनिबार बेलुका करिब ४ बजेतिर स्थानीय बासिन्दाहरूले घाँस र दाउरा संकलन गर्न जाँदा शव फेला पारेको डिएसपी चापागाईले बताए। स्थानीयहरूले तत्काल प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थलमा पुगी मुचुल्का तयार गरेको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
बेबारिसे शब फेला

बेबारिसे शब फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदाै २९ । उदयपुरकाे त्रियुगा नगरपालिका १० स्थित नव उदय सामुदायिक वन उपभाेक्ता समुहमा अाज बेबारिसे शब फेला परेकाे छ । फेला परेकाे सुचना लगत्तै प्रहरीले प्रकृती मुचुल्का उठाइ शब उठाएकाे जनाइएकाे छ । सुरक्षा स्राेतका अनुसार शबकाे प्रकृती हेर्दा केही दिन अघिकाे हाे भन्ने अनुमान गरिएकाे छ । घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ ।...
कोशी प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध: मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध: मुख्यमन्त्री कार्की

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र २९ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल अधिकार रक्षाका लागि संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी भएको बताउनुभएको छ। बाल दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उहाँले बालबालिकाको अधिकार रक्षा गर्दै उनीहरूको प्रतिभा प्रस्फुटन गराउनुपर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार बालबालिकालाई देशको सबल भविष्यको आधार मान्दै बाल अधिकार संरक्षणमा समर्पित रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको र यसले बाल बचाउ, संरक्षण, विकास र सहभागिता जस्ता विषयहरू समेटेको बताउनुभयो। प्रदेश सरकारले हरेक वर्ष बालबालिकाका लागि विभिन्न योजना र कार्यक्रमहरू गर्दै आएको र यो कार्य निरन्तर रहने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गर्नुभयो। साथै, कोशी प्रदेशका ...
कटारीमा युनिक रिप्रिजेन्ट डान्स च्याम्पियनशिपको मेघा अडिसन सम्पन्न

कटारीमा युनिक रिप्रिजेन्ट डान्स च्याम्पियनशिपको मेघा अडिसन सम्पन्न

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, भाद्र २९ । उदयपुरको कटारी नगरपालिकामा चलिरहेको युनिक रिप्रिजेन्ट डान्स च्याम्पियन २०८१ को मेघा अडिसन राउण्ड शुक्रबार सम्पन्न भएको छ। युनिक डी थ्री डान्स स्टुडियोद्वारा आयोजित यस अडिसनमा ३२ जना प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरे। प्रतिस्पर्धामा २७ जना प्रतियोगीहरू अर्को चरणका लागि छनोट भएका छन्। स्टुडियोका संचालक तथा नृत्य निर्देशक एल एक्स वस्यालका अनुसार आगामी राउण्डबाट १५ जना अघि बढ्नेछन्। कटारी र गाईघाट क्षेत्रका प्रतियोगीहरूले यस अडिसनमा भाग लिएका थिए। निर्णायक मण्डलमा नृत्य निर्देशक कृष्चिङ्ग लामा र राजन रसाईली पनि सामेल थिए। प्रतियोगिताको विजेताले नगद रु. ५०,००० र एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेछन्। स्टुडियोले प्रतियोगीहरूको प्रस्तुतिलाई सामाजिक सञ्जालमा पनि प्रसारण गर्ने गरेको छ। नृत्य निर्देशक वस्यालले यस प्रतियोगिताको उद्देश्य प्रतिभाहरूलाई व...