Thursday, August 6News That Matters

Month: ११ महिना अगाडि

गाईघाट बजारको निर्माणाधीन सडकको धुलो न्युनिकरण गर्न दैनिक ५ पटक सम्म पानी छर्कन माग

गाईघाट बजारको निर्माणाधीन सडकको धुलो न्युनिकरण गर्न दैनिक ५ पटक सम्म पानी छर्कन माग

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ११ । त्रियुगा उद्योग वाणिज्य संघले विश्व बैंकको लगानीमा त्रियुगा नगरपालिकाको बजार क्षेत्रमा निर्माणाधीन सडकको धुलो न्युनिकरण गर्न दैनिक ५ पटक सम्म पानी छर्कन माग गरेको छ । बुधबार संघले ध्यानाकर्षण पत्र जारी गर्दै निर्माण कम्पनी र ठेकेदारको लापरवाहीका कारण सडक निर्माण समयमै सम्पन्न नहुँदा धुलोको कारण व्यवसायीहरू समस्यामा परेको जनाएको छ । २०८२ साल असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने सडक निर्माण अझैपनि पूरा हुन नसकेको कारण बजार क्षेत्रमा धुलो र अस्तव्यस्तताले व्यवसायीहरू मारमा परेको संघको गुनासो छ । ‘देशको कुल राजस्वको ८० प्रतिशत राजस्व संकलनमा योगदान गर्ने निजी क्षेत्र विभिन्न समस्या र आर्थिक मन्दीका कारण घरायसी हुँदै गएको अवस्थामा स्थानीय सरकारको तर्फबाट उद्योग व्यवसाय सञ्चालन तथा व्यावसायिक विकासका लागि हौसला स्वरूप राहतका प्याकेजहरु आह्वान हुनुपर्ने अवस्थामा उल्टै समस्य...
गाईघाटका मिठाई पसलहरुमा अनुगमन, सरसफाईमा ध्यान नदिएको पुजा मिष्ठानलाई कार्वाही

गाईघाटका मिठाई पसलहरुमा अनुगमन, सरसफाईमा ध्यान नदिएको पुजा मिष्ठानलाई कार्वाही

Breaking News 1, समाचार
सुनिल राई, गाईघाट । भदौ ९ ।  जिल्ला प्रशासन कार्यालय उदयपुरले चाडपर्व लक्षित गाईघाटका मिठाई पसलहरुमा अनुगमन गरेको छ । सोमबार सहायक जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डेय र प्रशासकिय अधिकृत नवराज खड्का नेतृत्वको अनुगमन टोलीले तिन वटा मिठाई पसल र एक किराना पसल अनुगमन गरेको हो । अनुगमनको क्रममा तिन वटा मिठाई पसल मध्ये एक मिठाई पसललाई ५ हजार रुपैँया जरिवाना गरिएको छ । अनुगमन टोलीले पुजा मिष्ठान भण्डार मिठाई पसललाई किचेनको सरसफाईमा ध्यान नदिएको भन्दै ५ हजार रुपैँया जरिवाना गरेको छ भने खान नहुने भईसकेको तेल र सोही तेलमा तारिएको समोसा समेत बरामद गरेको छ । अनुगमन टोलीले उक्त मिठाई पसलदेखी ४३ लिटर तेल र १० केजी समोसा बरामद गरी नष्ट गरेको छ । त्यस्तै अनुगमन टोलीले मा जाल्पा सप्लायर्स किराना पसलबाट म्याद गुज्रिएको खाद्यन्न सामाग्री बरामद गरी नष्ट गरेको छ । अनुगमनको क्रममा बरामद गरिएको पिठो (आटा),...
उदयपुरमा भन्सार छलीको सामान सहित मिनी ट्रक चालक पक्राउ

उदयपुरमा भन्सार छलीको सामान सहित मिनी ट्रक चालक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ९ । उदयपुरको कटारी नगरपालिका–१ बेलस्रोत चौकस्थित सिद्धिचरण लोकमार्गमा अवैध भन्सार छलीको समान सहित मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साढेँ ४ बजेको समयमा प्रहरी चौकी बेल्सोतबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मिर्चैयाबाट घुर्मीतर्फ जादै गरेको बा ३ ख ३९६ नं. को मिनि ट्रकबाट २४५ काटुन अन्दाजी मुल्य ३ लख १७ हजार ५ सय २० रुपैँया बिना बिलको ईण्डियन डिउ नियन्त्रणमा लिएको हो । भन्सार छलीको सामान बरामद भएसँगै सवारी चालक सिन्धुली फिक्कल गाँउपालिका–५ बस्ने २९ बर्षीय भेषनाथ लुईटेललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । भन्सार छलीको समान, सवारी साधन र चालक लुईटेललाई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि खैरटोका माडर भन्सार कार्यालय सिरहा पठाइएको छ प्रहरीले जनाएको छ ।...
कोरियामा मृत्यु भएको उदयपुरका कमलको शव नेपाल ल्याईयो

कोरियामा मृत्यु भएको उदयपुरका कमलको शव नेपाल ल्याईयो

समाचार
पूर्णपुष्टि, भदौ ८ । दक्षिण कोरियामा मृत्यु भएको उदयपुरको चौदण्डीगढी–५ बेल्हाका ३२ बर्षीय कमल चौधरीको शव नेपाल ल्याइएको छ । कतार एयरलायन्सको विमानर्फत नेपाल ल्याईएको उनको शव आफन्तले बुझेर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगार बोर्डको शव बाहनामा घर लगिएको छ । एक वर्षअघि इपिएस परीक्षा उत्तीर्ण गरेर रोजगारीका लागि दक्षिण कोरिया गएका चौधरी विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमा अवस्थामा उपचाररत उनको अघिल्लो सोमबार मृत्यु भएको थियो । तर, बेहोस हुनुभन्दा एक महिनाअघि नै उनले काम गर्दै आएको कम्पनी छाडेका थिए । त्यसपछि नयाँ कामको खोजीमा सेल्टरमा बसिरहेको बेला अचानक बेहोस भएका चौधरीलाई प्रहरीले एम्बुलेन्समा अस्पताल पुर्याएको थियो । कोमा अवस्थामै उपचारको क्रममा उनको मृत्यु भएको थियो । उपचारको क्रममा उनको १६ लाख रूपैयाँ भन्दा बढी खर्च भएको थियो । बुबा बालक चौधरी र आ...
उदयपुरमा गिटी बोकेको टिफरमा आगलागी हुँदा १९ लाख बराबरको क्षति

उदयपुरमा गिटी बोकेको टिफरमा आगलागी हुँदा १९ लाख बराबरको क्षति

समाचार
पूर्णपुष्टि, भदौ ८ । उदयपुरको कटारी नगरपालिका–१ चुरीया स्थितमा गिटी बोकेको टिफरमा आगलागी हुँदा १९ लाख बराबरको क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको अनुसार शनिबार राती ११ बजेर ४५ मिनेटको समयमा चुरीया स्थित सिद्धिचरन राजमार्गमा दुधौलीबाट मिर्चैया तर्फ जादै गरेको ना ८ ख ५९४१ नम्बरको टिफरको वायरिङ तार सट भई अगाडी क्याबिनको भागमा अचानक आगलागी भएको हो । टिफरमा भएको आगलागी प्रहरी र दमकलको सहयोगमा राती १२ बजेर ५० मिनेटको समयमा पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट मानवीय क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा सुमो गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

उदयपुरमा सुमो गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ८ । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ द्धार खेला पुलस्थितमा सुमो गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–८ बस्ने ४८ बर्षीय बिनोद लामा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत साउन ३० गते दिउँसो साढेँ ५ बजेको समयमा द्वार खोला पुल स्थित मदन भण्डारी लोकमार्गमा धनुषाबाट धरान तर्फ जादै गरेको प्र.२–०२–००३ प ३७०८ नं को मोटरसाईकललाई ईटहरीबाट गाईघाट तर्फ आउँदै गरेको को १ च ८७९९ सुमोले ठक्कर दिएको थियो । सुमोको ठक्करबाट गम्भिर घाईते भएका चालक लामा र पछाडी सवार सोही स्थानका ४५ बर्षीय सिफल सदालाई उपचारको लागी बिराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उपचारको क्रममा चालक लामाको गत राती साढेँ ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते सदाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सुमो चाल...
तिज सँगै सिपमा जोडिए गाईघाटका महिलाहरु

तिज सँगै सिपमा जोडिए गाईघाटका महिलाहरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ भदौ । तिज भन्ने वित्तिकै रमाईलो, मनोरञ्जन र खानपान भन्ने बुझिन्छ । यति मात्रै पनि हैन पुजा आजा रंग रोगन र पहिरन पनि यस भित्र पर्छ । हरितालिका तिजको अवसर पारी यो बेला खास अधिकांश महिलाहरु खानपान र नाचगानमै व्यस्त भैरहेको छ । तर यहि अवसरमा गाईघाटका केहि महिलाहरु सिपमा सहभागी भएको छ । तिजमा सिप नारा सहित यी महिलाहरुले दुई दिने डल कुसन सिप सिकिरहेको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुर र नेपाल घरेलु तथा साना उद्योग महासंघ त्रियुगा नगर समिति गाईघाटको संयुक्त आयोजनामा तिजमा सिप जोडेर दुई दिने कुसन डल तालिम गाईघाटमा आयोजना गरिएको हो । जनता सँग मेयर कार्यक्रमको सहयोगमा संञ्चालन भएको उक्त तालिमको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेतले गरे । उद्घाटन गर्दै मेयर वस्नेतले सिकेका तालिमलाई सदावहार प्रयोगमा ल्याउन सुझाए । तालिम लिने अनि तालिमको सदुपयोग नहुदा महिलाह...
बोक्से खसी बजारको सरसफाई र पार्किङ व्यवस्थापन तत्काल गरिने

बोक्से खसी बजारको सरसफाई र पार्किङ व्यवस्थापन तत्काल गरिने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ भदौ । त्रियुगा नगरपालिका वडा नं १० बोक्से खसि बजारको पार्किङ व्यवस्थापन तत्काल गरिने भएको छ । प्रत्येक बुधबार संञ्चालन हुँदै आएको खसी बजारको पार्किङ व्यवस्थापनलाई सहजीकरण गरिने भएको हो । बुधबारका दिन लाग्ने खसि बजारको हटिया पार्किङले अस्तव्यस्त हुने गरेको छ । हटियाको दिन मुख्य सडकमै अटो, सिटी र बाईकले सडक अबरुद्ध गर्दा सवारी आवत जावतमै ठुलो समस्या पर्दै आएका थिए । बुद्धिजिवी तथा सचेतना टोल विकास समितिका अध्यक्ष समेत रहेका पर्शराज राईले उक्त अस्तव्यस्त अवस्था प्रति जानकारी गराउँदै यसको तत्काल समधानमा पहल कदमी चाल्नु परेको बताउनुभयो । शनिवार वडाअध्यक्ष किरण पाण्डेको उपस्थितिमा खसी बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्ली श्रेष्ठ, सचिव ज्ञानेन्द्र मगर, बुद्धिजिवी तथा टोल विकास समितिका अध्यक्षहरु सहित आसपासका व्यवसायीहरुलाई उपस्थिति गराएर बृहत छलफल गरिएको थियो । छलफलमा वडा...
डिएसपीमा सरुवा भएका चापागाईँ एसपी भएर फर्किए

डिएसपीमा सरुवा भएका चापागाईँ एसपी भएर फर्किए

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ भदौ । उदयपुरमा नयाँ प्रहरी प्रमुख राजन चापागाई आएका छन् । उनि नयाँ प्रहरी प्रमुखका रुपमा उदयपुर आएका हुन् । चापागाईँ यस भन्दा अघि यसै जिल्लाका डिएसपीको रुपमा कार्यरत थिए । उनि एक बर्ष उदयपुर बसेर सरुवा भएका थिए । निवर्तमान प्रहरी प्रमुख हरिहरनाथ योगिको काठमाण्डौँ स्थित नक्सालमा सरुवा भए सँगै चापागाईँ उदयपुर प्रहरी प्रमुखको रुपमा भित्रिएका थिए । एसपी योगिकै डिएसपीको रुपमा जिल्लामा काम गरेका चापागाईँ एसपी बनेर जिल्ला भित्रिएका हुन । चापागार्इँले शुक्रबार मात्र पत्रकारहरु सँग दोस्रो पटक प्रहरी प्रमुखका रुपमा भेटघाट गरेका थिए । उनले पहिले पनि आफु जिल्लाको बारेमा जानकार रहेको भन्दै काम गर्न सहज हुने बताए । जनताको सुरक्षामा उदयपुर प्रमुखका नाताले हदैसम्म जिम्मेवारी बन्ने चपागाईको भनाई छ ।...
त्रियुगा नेशनल एजुकेशन एकेडेमी गाईघाटका विद्यार्थीले गरे रक्तदान

त्रियुगा नेशनल एजुकेशन एकेडेमी गाईघाटका विद्यार्थीले गरे रक्तदान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ भदौ । त्रियुगा नेशनल एकेडेमी गाईघाटका विद्यार्थीहरुले रक्तदान गरेको छ । “रक्तदान महाअभियान तपाईको रगत जिवनको वरदान ” भन्ने नाराका साथ ब्रह्राकुमारी राजयोग सेवा केन्द्र गाईघाटले आयोजना गरेको रक्तदान अभियानमा विद्यार्थीहरुले रगत प्रदान गरेको हो । शुक्रबार राधाकृष्ण मन्दीर मुनि रहेका सेवा केन्द्रकै भवनमा करिब १० भन्दा बढी विद्यार्थीहरुले रक्तदान कार्यक्रममा सहभागी जनाएको हो । स्वास्थ्य सँगै सम्बन्धित बिषयहरुमै अध्यानरत विद्यार्थीहरुले रगतको महत्वलाई ध्यानमा राखी रक्तदान गरेको थियो । त्रियुगा नेशनल एकेडेमीले बिषेशगरी स्वास्थ्य सँग सम्बन्धित प्राविधिक शिक्षा अध्यापन गराउँदै आएको छ । जस अन्तर्गत ३ बर्षे ल्याव टेक्निसियन, ३ बर्षे ए.एच.ए (कविराज), १८ महिने पशु चिकित्सा विज्ञान भेटेरीनरी र बाली बिज्ञान कृषि १८ महिने गरी ४ ओटा कोर्षहरु संञ्चालन गरिरहेको छ । विश्व बन्धुत्व दिवस तथा रा...