Wednesday, July 8News That Matters

समाचार

उदयपुरमा सुनचाँदी व्यवसायीद्धारा आन्दोलन घोषणा

उदयपुरमा सुनचाँदी व्यवसायीद्धारा आन्दोलन घोषणा

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १२ । उदयपुरमा (भोली) शुक्रबार सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेर शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी तथा हिराका गरगहनाको ब्याबसायमा लगाएको बिलासीता करको बिरुद्धमा ब्याबसायीहरु आन्दोलनमा उत्रिन लागेका हुन् । सगरमाथा सुनचाँदी व्यवसायी संघ र उदयपुर सुनचाँदी व्यवसायी संघको संयुक्त नेतृत्वमा भोली सदरमुकाम गाईघाट बजार, कटारी बजार, बेल्टार बजार, रामपुर लगायत बजारका सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोनलमा उत्रन लागेका हुन् । यस अघि गत जेष्ठ २९ गते पनि गाईघाटमा सुनचाँदी व्यवसायीहरुले आन्दोलन गरेका थिए । नेपाल सुनचाँदी व्यावसायी महासंघको निर्देशन अनुसार उदयपुरमा पनि व्यवसायीहरुले पसल बन्द गरेर आन्दोलन गर्ने निर्णय गरिएको उदयपुर सुनचाँदी व्यवसायी संघले जनाएको छ । गाईघाटस्थित पिपल चोकदेखी र्याली सहित नगर परिक्रमा गरी कोण...
राजनितिक प्रतिसोध बिरुद्ध उदयपुर रास्वपाको हस्ताक्षर अभियान

राजनितिक प्रतिसोध बिरुद्ध उदयपुर रास्वपाको हस्ताक्षर अभियान

Breaking News 1, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरले पनि हस्ताक्षर अभियान संञ्चालन गरेको छ । बिहिबार गाईघाट स्थित पिपलचोकमा पार्टि सभापति चित्र कुमार कार्की सहित नेता कार्यकर्ताहरुले हस्ताक्षर संकलन सुरु गरेको हो । पार्टी सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई राजनितिक प्रतिसोतका बाबजुत सरकारले जेल हालेको आरोप लगाउँदै हस्ताक्षर अभियान संञ्चालन गरेको हो । उनहिरुले एउटै खाले केसमा अरुलाई छुट रविलाई जेल हालेको आरोप लगाउँदै आएको छ । सहकारी प्रकरणमा जेल सजाय भोगिरहेको रविको बचाउमा रास्वपाका नेता कार्यकर्ताहरु लागिरहेको छ । उनिहरुले गठबन्धन सरकार रवि जेल हाल्नकै लागि अग्रसर रहेको समेत आरोप लगाएका छन् । कोशी प्रदेशका कार्यवाहक प्रवक्ता प्रकाश अधिकारीको प्रमुख आथित्यतामा हस्ताक्षर अभियान सुभारम्भ भएको हो । जिल्ला सभापति कार्कीले यो अभियान जिल्लाको कुना कान्दारामा पु...
प्रभातफेरी र्याली सहित लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस सम्पन्न

प्रभातफेरी र्याली सहित लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १२ असार । उदयपुरमा लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस प्रभातफेरी र्याली सहित सम्पन्न भएको छ । जुन २० देखि २६ अर्थात् असार ६ गतेदेखि १२ गतेसम्म मनाइने यो दिवसको अन्तिम दिन जिल्ला प्रशासन कार्यालय माताहतका कर्मचारी, सुरक्षा निकाय, लागुऔषाध विरुद्धको अभियान्ता, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्थितिमा पभातफेरी र्याली सहित समापन गरिएको हो । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जिल्लामा लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सप्ताहको पहिलो दिन जिल्ला प्रशासन कार्यालयको सभाहलमा दिवसको शुभारम्भ गरी लागूऔषध नियन्त्रण सम्बन्धमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको थियो भने असार ७ गते त्रियुगा, बेलका र कटारी नगरपालिका क्षेत्र...
उदयपुरको सबै पालिकाले ल्यायो बजेट : कस्को कति ? 

उदयपुरको सबै पालिकाले ल्यायो बजेट : कस्को कति ? 

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ११ । उदयपुरको ८ वटै स्थानिय तहले आगामी वर्ष २०८२÷०८३ को लागी बजेट प्रस्तुत गरिसकेको छ । चार वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको मध्ये बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाले असार ९ गते बजेट ल्याएको थियो भने त्रियुगा नगरपालिका, कटारी नगरपालिका, उदयपुरगढी, ताप्ली, लिम्चुङ्बुङ र रौतामाई गाउँपालिकाले १० गते बजेट ल्याएको हो । उदयपुरको पालिकाहरु मध्ये सबैभन्दा धेरै बजेट त्रियुगा नगरपालिकाले ल्याएको छ । त्रियुगाले १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार बजेट ल्याएको छ । दोस्रोमा चौदण्डिगढी नगरपालिकाले १ अर्ब १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैयाँको बजेट ल्याएको छ । तेस्रोमा कटारी नगरपालिकाले ८७ करोड ६५ लाख ३ हजार ४ सय ३९ रुपैयाँको बजेट ल्याएको छ । चौथोमा बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बजेट ल्याएको छ । आठै पालिकामध्ये पाँचौँ र गाउँपालिकातर्फ पहिलो उदयपुरगढी परेको छ । उद...
त्रियुगाको निति तथा कार्यक्रम : उद्दमशीलता प्रवर्धन र रोजगारी विकास गर्ने

त्रियुगाको निति तथा कार्यक्रम : उद्दमशीलता प्रवर्धन र रोजगारी विकास गर्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ११ । उदयपुरको त्रियुगा नगरपालिकाले दिगो रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्धनलाई उच्च प्राथमिकतामा राखेर ‘मिसन रोजगारी’ दिगो रोजगारी र उद्यमशीलता प्रवर्धन अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाको १५ औँ नगरसभाले यस अभियानलाई साकार पार्न लघु घरेलु तथा साना उद्योगको विकास र प्रवर्धन गर्दै रैनाथे ज्ञान, सीप र प्रविधिलाई नवप्रवर्तनकारी ज्ञान र क्षमतासँग आबद्ध गरी उत्पादित वस्तुहरूको बजारीकरणको सुनिश्चितता प्रदान गर्न सहयोग पुग्ने गरी कार्यक्रमहरू सञ्चालन गर्ने नीति लिएको छ । श्रम बजारको माग उपलब्ध स्रोत र जनशक्ति रोजगार प्रविधिको अध्ययन, रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान समस्याहरूको निदान गरी रोजगार रणनीति २०८० मा आवश्यक परिमार्जनसहित नगरपालिकाभित्र र बाहिर रोजगारी सिर्जनाका नविनतम उपाय एवं विकास तथा दिगो रोजगारी विकासका कार्यक्रमहरू सञ्चालन गरिने छ...
त्रियुगा नगरपालिकाले पर्यटन क्षेत्रमा यस्ता काम गर्ने

त्रियुगा नगरपालिकाले पर्यटन क्षेत्रमा यस्ता काम गर्ने

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असार ११ । उदयपुरको त्रियुगा नगरपालिकाले पर्यटन क्षेत्र तर्फ ‘मौलिक कला र संस्कृती:आन्तरिक पर्यटनबाट समृद्धि’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गर्ने भएको छ । नरपालिकाको १५ औँ नगरसभाले नगरभित्र रहेका धार्मिक तथा सांस्कृतिक महत्व भएका स्थानहरुको सूचना प्रदान गर्न त्रियुगा पर्यटन सूचना केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । होटल व्यवसायमा स्थानीय उत्पादनहरुको प्रवद्र्धन तथा बजारीकरण गरी पर्यटन क्षेत्रको विकास गर्न रौता महोत्सव, राजथला कार्यक्रम र होमस्टे प्रवद्र्धन जस्ता कार्यक्रमहरु पारित गरेको हो । नगरपालिकाले हलेशी र बराह क्षेत्र दर्शन गर्न आउने पर्यटकहरुका लागि पर्यटक मार्ग क्षेत्र (टुरिजम रुट) विकास गरी त्रियुगा भिजिट र आन्तरिक पर्यटन प्रवर्धन गर्न छोटो तथा लामो दुरीको पद मार्गहरुको पहिचना तथा परिक्षण गरी ट्रेकिङ्ग तथा हाईकिङ्ग पदमार्गहरु घोषणा गर्ने निति लिएको छ ...
ताप्ली गाउँपालिकाको आगामी बजेट ४१ करोड ७३ लाख ५५ हजार

ताप्ली गाउँपालिकाको आगामी बजेट ४१ करोड ७३ लाख ५५ हजार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ११ असार । उदयपुरको ताप्ली गाउँपालिकाले आगामी बजेटको लागि ४१ करोड ७३ लाख ५५ हजार सार्वजानिक गरेको छ । मंगलबार पालिकाको १७ गाउँ सभाको निति तथा कार्यक्रमले आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागि उक्त बजेट सार्वजानिक गरेको हो । बजेटले समग्र पालिकाको विकासमा टेवा पुराउने भएता पनि बिषेशतया शिक्षा, स्वास्थ्य, केषि, पर्यटन र रोजगारको पाटोलाई प्राथामिकता दिएको छ ।...
उदयपुरगढीको गाउँपालिकाको सार्वजानिक गर्यो ६८ करोड ४० लाख ५ हजार बजेट

उदयपुरगढीको गाउँपालिकाको सार्वजानिक गर्यो ६८ करोड ४० लाख ५ हजार बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ११ असार । उदयपुरको उदयपुरगढी गाउँपालिकाले बजेट सार्वजानिक गरेको छ । पालिकाको १९ औँ गाउँसभाको निति तथा कार्यक्रमबाट आर्थिक बर्ष २०८२÷०८३ को लागि गाउँपालिकाको १९ औ गाउँ सभा मार्फत उपाध्यक्ष जित बहादुर खड्काले चालु तर्फ ४१ लाख ४९ हजार ८५ हजार ८ सय ३४ रुपैया र पुजिगत तर्फ २६ करोड ९० लाख १९ हजार एक सय ६७ रुपैया गरी आर्थिक बर्ष २०८२÷०८३ को लागि ६८ करोड ४० लाख ५ हजार एक रुपैयाको बजेट सार्वजनिक गरेको हो । पालिकाको निति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी प्रस्तुत गर्नुभएको थियो । मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित गाउँ सभाबाट पारित बजेट बाट पालिकाको आगामी आर्थिक बर्षको लागि विभिन्न विकास परियोजनालाई टेवा पुग्ने गाउँपालिकाका प्रबक्ता सहेक विश्वकर्माले जानकारी दिनु भयो ।  ...
लिम्चुङबुङ गाउँपालिकाले ल्यायो ४३ करोड १० लाख बढी बजेट

लिम्चुङबुङ गाउँपालिकाले ल्यायो ४३ करोड १० लाख बढी बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ११ असार । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले ४३ करोड १० लाख ९८ हजार २२६ रुपयाँ बजेट पारित गरेको छ । मंगलबार पालिकाको निति तथा कार्यक्रमबाट आगामी आर्थिक बर्ष २०८२÷०८३ को लागि उक्त बजेट पारित गरेको हो । पालिकाले पर्यटन, कृषि, शिक्षालाई विशेष प्राथमिक्ता राखेर बजेट सार्वजनिक गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले विशेषगरी आगामी आर्थिक बर्ष विगत झै पूर्वाधार विकासलाई समेत विशेष जोड दिईने जनाएको छ । पालिका अध्यक्ष मेजर कुमार राईले जनपक्षिय बजेट पारित गर्न सफल भएको जनाए । पालिकाको सबै क्षेत्रहरुलाई समेट्ने खाले बजेट निर्माण गरिएको अध्यक्ष राईका दावी छ । राईले उक्त बजेट पारित गर्नका लागि लिम्चुङबुङका जनता र पालिका विकास गर्ने प्रतिनिधिहरु सहितको उपस्थिति रहेको हुँदा बजेट सफल तरिकाले कार्यन्वयन हुने विश्वास राखेको छ ।...
रौतामाई गाउँपालिकाको बजेट ६६ करोड ९९ लाख ६१ हजार, शिक्षा, स्वास्थ्य र पूर्वधारमा जोड

रौतामाई गाउँपालिकाको बजेट ६६ करोड ९९ लाख ६१ हजार, शिक्षा, स्वास्थ्य र पूर्वधारमा जोड

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १० असार । उदयपुरको रौतामाई गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि अनुमानित बजेट प्रस्तुत गरेको छ । मंगलबार पालिकाको १७ औँ गाउँसभाको निति तथा कार्यक्रमले ६६ करोड, ९९ लाख ६१ हजार बजेट आगामी आर्थिक बर्षको लागि प्रस्तुत गरेको हो । पालिका अध्यक्ष बिरेन्द्र मगरका अनुसार उक्त बजेटलाई शिक्षा, स्वास्थ्य र भौतिक पूर्वधारमा प्राथामिकता दिएको जनाए । जनप्रतिनिधि, कर्मचारी, पालिकावासी, शिक्षक, बुद्धिजिवी लगायतको उपस्थितिमा गाउँसभा सम्पन्न भएको हो ।...