Thursday, May 7News That Matters

समाचार

उदयपुरको बेल्टार बजारमा चोरीको घटना बढ्दो

उदयपुरको बेल्टार बजारमा चोरीको घटना बढ्दो

Breaking News 1, समाचार
पूर्णपुष्टि, भाद्र २९ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा चोरीका घटनाहरू बढ्दै गएको छ । लामो समयदेखि मोटरसाइकल चोरीका घटनाहरू हुँदै आएकोमा पछिल्लो समय गरगहना चोरी गर्नेदेखि घरभित्रै पसेर नगद एवम् सुनचाँदी चोर्नेसम्मका गतिविधिहरू बढेका छन्। हालै, बजारमा समान किन्न आएकी एक महिलाको गलामा लगाएको सुन बीच बजारबाटै चोरी भएको छ। त्यसैगरी, नगरको वडा नम्बर ५ बेल्हामा एकै रातमा ७ घरमा लुटपाटको प्रयास भएको छ, जसमध्ये दीपनारायण चौधरीको घरबाट सुनचाँदी र नगद चोरी भएको स्थानीय शिक्षक भास्कर चौधरीले जानकारी दिएका छन्। यस्ता घटनाहरूले स्थानीयहरूमा त्रास फैलिएको छ। उनीहरूले प्रहरी प्रशासनलाई रातको समयमा सुरक्षा व्यवस्था कडा बनाउन र राति १० बजेपछि हिँड्नेहरूलाई निगरानी गर्न आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन चापागाईंले चाडपर्व लक्षित चोरीका ...
पूर्णपुष्टि संरक्षककाे जन्मदिनमा धार्मिक बृक्ष राेपियाे

पूर्णपुष्टि संरक्षककाे जन्मदिनमा धार्मिक बृक्ष राेपियाे

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदाै २८ । पूर्णपुष्टि मिडियाका संरक्षक किसन राईले जन्मदिनकाे अबसरमा आज बृक्षराेपण गर्नुभएकाे छ। उहाँले धार्मिक अनुष्ठानमा प्रयाेग हुने महत्वपूर्ण वृक्ष पलासकाे बिरुवा भगवती मन्दिर परिषरमा राेप्नु भएकाे हाे । मन्दिरका पुजारी र परिवारका साथ दुईथान पलासकाे बिरुवा राेप्नुभएकाे हाे । जिल्ला ब्याड्मिन्टन संघ, उदयपुरका अध्यक्षसमेत रहेका राई युवा समाजसेवी तथा ब्यवसायी हुन् ।...
उदयपुरमा नेकपा एकिकृत समाजवादीको सन्देश सभा सम्पन्न

उदयपुरमा नेकपा एकिकृत समाजवादीको सन्देश सभा सम्पन्न

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भाद्र २८ । नेकपा एकीकृत समाजवादीको सन्देश सभा आज उदयपुरको सदरमुकाम गाईघाटस्थित पिपल चोकमा सम्पन्न भएको छ। "दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ" भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेले सही मार्ग नअपनाएको आरोप लगाए। उनले एमालेमाथि संविधानको मूल मर्म कुल्चने र दक्षिणपन्थी विचारधारामा भासिएको आरोप लगाउँदै भने, "सामूहिकता, विधि र न्यायलाई बिर्सेर व्यक्तिको पेवा बनाउन खोजिएको छ।" नेपालले आफूहरूले नयाँ पार्टी खोल्नुको कारण बताउँदै एमालेले बाटो बिराएकैले सबैको न्यायका लागि समाजवादको बाटो रोजेको उल्लेख गरे। यस सन्देश सभामा जिल्ला, प्रदेश र केन्द्रीय पार्टी पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न पार्टीबा...
उदयपुरमा पौडी खेल्न गएका पुरुषको पोखरीमा डुबेर मृत्यु

उदयपुरमा पौडी खेल्न गएका पुरुषको पोखरीमा डुबेर मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, भाद्र २८ ।  उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ९ लालाभित्तेमा आज एक व्यक्तिको सिंचाईको पोखरीमा डुबेर मृत्यु भएको छ। स्थानीय वडा अध्यक्ष प्रकाश राउतका अनुसार अत्याधिक गर्मीका कारण पौडी खेल्न गएका अन्दाजी ६५ वर्षीय गोरेमान राईको दुर्घटनावश मृत्यु भएको हो। मृतक राई लगभग २५-३० वर्षदेखि भारतमा बस्दै आएका थिए र एक वर्ष अघि मात्र लालाभित्तेमा फर्केर आफ्ना दाजु सिताराम राईको घरमा बस्दै आएका थिए। स्थानीयका अनुसार राई अविवाहित थिए। घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षक बबिन राईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। पोखरीबाट शव निकालेर पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।...
पूर्वमन्त्री सुदन किराँतीको सुझावमा नवीन रणनीति : नेपाली मौलिकतामा आधारित समाजवादको खोजी

पूर्वमन्त्री सुदन किराँतीको सुझावमा नवीन रणनीति : नेपाली मौलिकतामा आधारित समाजवादको खोजी

Breaking News 1, बिचार, राजनीति, समाचार
देश महायात्रा, ऋतु आधारित संगठन परिचालन र स्थानीय तह केन्द्रित कार्यक्रम मार्फत जनतासँग नजिक हुने योजना उदयपुर, भदौ २४ । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री सुदन किराँतीले नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन सम्बन्धी सुझाव बैठकमा राख्नुभएके छ । पार्टीलाई जनताको नजिक लैजाने र नेपाली परिप्रेक्ष्यमा समाजवादी मोडेल विकास गर्ने महत्वाकांक्षी लक्ष्य अनुरुपकाे सुझाव उहाँकाे छ । विचार निर्माणका रणनीतिहरूस्थ देश महायात्रा : पार्टीका नेता किरातीले प्रस्तुत गरेको योजना अनुसार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डु)को नेतृत्वमा देश महायात्रा सञ्चालन गरिनुपर्ने । यस यात्राको उद्देश्य नेपाली समाजको वर्तमान अवस्था र जनजीवनलाई नजिकबाट बुझ्नु रहेको छ । "यो महायात्राले हिमाल, पहाड र मधेशको संस्कृतिलाई मिहिन ढंगले बुझ्न मद्दत गर्नेछ । हामी जनताको दैनिक जीवन, उनीहरूका समस्या ...
सिंगापुर प्रहरीका पाँच नेपालीलाई हुण्डी कारोबारमा जेल सजाय

सिंगापुर प्रहरीका पाँच नेपालीलाई हुण्डी कारोबारमा जेल सजाय

Breaking News 3, समाचार
पूर्णपुष्टि, भाद्र २४ ।  सिंगापुर प्रहरीको गोर्खा कन्टिन्जेन्टमा कार्यरत पाँच जना नेपालीलाई हुण्डी कारोबारमा संलग्न भएको आरोपमा जेल सजाय सुनाइएको छ। द स्ट्रेट्स टाइम्स पत्रिकाका अनुसार, दोषी ठहर भएका व्यक्तिहरूमा दिकबहादुर गुरुङ, गंगाप्रसाद राई, अशोककुमार थापा मगर, मिङ्मार शर्पा र सीताराम तामाङ रहेका छन्। उनीहरूमाथि १ लाखदेखि २८ लाख सिंगापुर डलरसम्म अवैध रूपमा नेपाल पठाएको आरोप लागेको थियो। सबैभन्दा बढी सजाय दिकबहादुर गुरुङलाई भएको छ, जसलाई १४ हप्ताको जेल सजाय सुनाइएको छ। अन्य दोषीहरूलाई ४ देखि १० हप्तासम्मको जेल सजाय तोकिएको छ। सिंगापुर प्रहरीले यी पाँच जनालाई अवैध कारोबारको आरोप लागेपछि फ्रन्टलाइन ड्यूटीबाट हटाएको थियो। जेल सजायपछि उनीहरूमाथि आन्तरिक कारबाही पनि सुरु हुने जनाइएको छ। यस प्रकरणमा अर्का एक नेपाली, प्रतीक थापा, माथि पनि अनुसन्धान भइरहेको छ। उनी हाल फरार रहेका छन्। अभियोजक...
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलद्वारा पदबाट राजीनामा

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलद्वारा पदबाट राजीनामा

Breaking News 3, समाचार
पूर्णपुष्टि, भाद्र २४ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएको महासंघका एक पदाधिकारीले पुष्टि गरेका छन्। राजीनामाको मुख्य कारणमा महासंघको निर्वाचन दुई पटक तोकिए पनि हुन नसकेको र यससँग सम्बन्धित विभिन्न समस्याहरू रहेका छन्। पोखरेलले आफ्नो राजीनामा पत्रमा पुनः निर्वाचन कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, र केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु जस्ता कारणहरू उल्लेख गरेका छन्। पोखरेलले राजीनामा पत्रमा लेखेका छन्, "सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन।" उनले यस्तो अवस्थामा निर्वाचन सम्पन्न गर्न आफू समर्थ नभएको बताएका छन्। साथै, पोखरेलले ...
नयाँ प्रधानसेनापति सिग्देलले सेनाको कमाण्ड आजदेखी सम्हाल्दै

नयाँ प्रधानसेनापति सिग्देलले सेनाको कमाण्ड आजदेखी सम्हाल्दै

Breaking News 3, समाचार
पूर्णपुष्टि, भाद्र २४ ।  नेपाली सेनाको ४५ औं प्रधानसेनापतिको रूपमा अशोकराज सिग्देलले आज औपचारिक रूपमा कार्यभार सम्हाल्दैछन्। राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले बिहान १० बजे सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यसपछि सिग्देलले जंगी अड्डामा आएर आफ्नो कार्यभार सम्हाल्नेछन्। सिग्देलको नियुक्ति १२ भदौमा भएको थियो, जुन २४ भदौदेखि लागू हुने गरी गरिएको थियो। उनले निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको स्थान लिएका हुन्, जो २४ साउनदेखि बिदामा बसेका थिए। ३७ वर्षको सैनिक अनुभव बोकेका सिग्देल भैरहवाका स्थायी बासिन्दा हुन्। उनले रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन्। उनको अनुभवमा जंगी अड्डाको युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको नेतृत्व, प्रधानसेनापतिको सैनिक सचिव, ...
उदयपुरमा हजारौँ राष्ट्रिय परिचयपत्र थन्किए दराजमा

उदयपुरमा हजारौँ राष्ट्रिय परिचयपत्र थन्किए दराजमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, भाद्र २४ ।  उदयपुर जिल्लामा हजारौं राष्ट्रिय परिचयपत्त्र वितरण नभई थन्किएका छन्। जिल्ला प्रशासन कार्यालय उदयपुरको तथ्यांक अनुसार ३६,८०० भन्दा बढी परिचयपत्र अझै पनि कार्यालयमा थन्किएर रहेका छन्। उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले दिएको जानकारी अनुसार हालसम्म केवल ७,०२८ जनाले मात्र आफ्नो परिचयपत्र बुझेका छन्। घुम्ती टोली र जिल्ला प्रशासन कार्यालय मार्फत परिचयपत्रको विवरण दर्ता गराइएको थियो। राष्ट्रिय परिचयपत्र विभागका कर्मचारी जीवन फुँयालका अनुसार २०८० बैशाखसम्म लिएको विवरण छापिएर आएको छ। कार्यालयले सम्बन्धित व्यक्तिहरूको मोबाइल नम्बरमा सन्देश पठाए पनि धेरैजना परिचयपत्र लिन नआएको जनाएको छ। यसको कारणमा परिचयपत्रको महत्व नबुझ्नु, मोबाइल नम्बर परिवर्तन हुनु, सम्बन्धित व्यक्तिको मृत्यु हुनु, देश बाहिर रहनु वा सन्देश नहेर्नु जस्ता कुराहरू हुन सक्ने फुँयालले...
रेडक्रस रौतामाईको सभापतिमा दिपक राई

रेडक्रस रौतामाईको सभापतिमा दिपक राई

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २४  । रेडक्रस रौतामाई गाउँपालिका उपशाखाको अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ। अधिवेशनले दिपक कुमार राईको सभापतित्वमा ११ सदस्यीय उपशाखा समिति गठन गरेको छ। निर्वाचन अधिकृत मदन भुजेलका अनुसार, नवनिर्वाचित पदाधिकारीहरूमा धनकुमारी थापा मगर (महिला उपसभापति), कृष्ण बहादुर खत्री (सचिव), विरेन्द्र खड्का (कोषाध्यक्ष), रामकुमार लायो मगर (उपसचिव) र रुद्र बहादुर मगर (उपकोषाध्यक्ष) रहेका छन्। सदस्यहरूमा देवीमाया दाहाल, जितेन्द्र दक्त, प्रहलाद बहादुर खत्री, सुरेन्द्र राई र लाल बहादुर दाहाल चयन भएका छन्। रौतामाई गाउँपालिका अध्यक्ष बिरेन्द्र मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष भुपिन्द्र थापा, संविधानसभा सदस्य बिमला एसके, नेपाल रेडक्रस सोसाइटी उदयपुर सभापति मदनराज कटुवाल लगायतको उपस्थिति रहेको थियो। रेडक्रस उदयपुरका जिल्ला सभापति मदनराज कटुवालका अनुसार स्थानीय तह स्तरी...