बलदेव चौधरीको घर आगजनी र लुटपाटबाट करिब १ करोड ९७ लाख बराबरको क्षति
पूर्णपुष्टि, असोज १ । त्रियुगा नगरपालिकाका पूर्व मेयर तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव बलदेव चौधरीको घरमा जेनजी आन्दोलनका बेलामा आगजनी र लुटपाटबाट करिब १ करोड ९७ लाख रुपैँया बराबरको क्षती भएको छ । उनले बुधबार पत्रकार सम्मेलन गरी करिब १ करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका हुन् ।
चौधरीले आफू घरमा नभएको बेलामा नक्कली जेनजीले तोडफोड, आगजनी र लुटपाट गरेको बताएका छन् । उनका अनुसार, उनका स्वर्गीय पिता–आमा र छोरा डाक्टर मनोज चौधरीका तस्बिरहरू समेत जलाइएको छ । ‘मलाई विश्वास छ यो काम असली जेनजीले गरेका होइनन् । नक्कली जेनीहरूले गरेका हुन्, ‘उनले भने । उनले यो काम आफ्नो राजनीतिक र सामाजिक प्रतिष्ठालाई धुमिल बनाउन चाहनेहरूले गरेको बताए ।
चौधरीले भदौ २० गतेदेखि ‘इटीए अभियान’ (शिक्षा, कृषि, पर्यटन) सुरु गरेको बताए । यो कार्यक्रम उदयपुरका ५० हजार किसानसँग सुरु गरी प्रदेश ...









