Monday, July 13News That Matters

Breaking News 1

अचेत अवस्थामा फेला परी मृत्यु भएको पूरुषको पहिचान खुल्यो

अचेत अवस्थामा फेला परी मृत्यु भएको पूरुषको पहिचान खुल्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि÷गाईघाट, कार्तिक २४ । उदयपुरको त्रियुगा नगरपालिका–८ शाहीखोला पुलस्थित मदनभण्डारी राजमार्ग छेउमा अचेत अवस्थामा फेला परी उपचारको क्रममा मृत्यु भएको पूरुषको पहिचान खुलेको छ । गत कार्तिक १० गते राती साढेँ ७ बजेको समयमा अचेत अवस्थामा फेला परेका पूरुष त्रियुगा नगरपालिका–२ मोतियाही बस्ने अन्दाजी ७५ बर्षीय छेक बहादुर कुमाल भन्ने हर्क बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारमान दोङका अनुसार अचेत अवस्थामा फेला परेका उनलाई तत्काल खटिएको प्रहरी टोलीले उपचारको लागि जिल्ला अस्पताल ल्याईएकोमा उपचारको क्रममा राती ८ बजे चिकित्सकले मृत घोषित गरेको थियो । उनको मृत्यु पश्चात शवलाई जिल्ला अस्पताल उदयपुरको शव गृहमा राखेर उनको पहिचान कार्य र थप अनुसन्धान सुरु गरिएको डिएसपी दोङले बताए । कुमाईको मृत्यु भएको १२ ...
मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २४ । मुख्यमन्त्री नियुक्तिको विवादले तीव्र रूप लिएसँगै मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालयमा तोडफोड भएको छ । प्रदेश प्रमुखको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद तथा कार्यकर्ताहरूले कार्यालय अगाडि रहेका बोर्ड र गमलामा क्षति पुर्‍याएका छन् । प्रदर्शनकारीहरू कार्यालय परिसरमा नाराबाजी गरिरहेका छन् । उल्लेखनीय छ कि उपचारका लागि काठमाडौं गएकी प्रदेश प्रमुख भण्डारीले नेकपा एमालेका सरोजकुमार यादवलाई ठूलो दलको आधारमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले यादवलाई बर्दिबासस्थित एक होटलमा शपथ गराएकी थिइन् । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि तोडफोड भइसकेको छ ।...
धुर्मुस सुन्तली फाउण्डेसनले गौतमबुद्ध रंगशालामा ६० करोडको काम गरेको सरकारी मूल्यांकन रिपोर्ट

धुर्मुस सुन्तली फाउण्डेसनले गौतमबुद्ध रंगशालामा ६० करोडको काम गरेको सरकारी मूल्यांकन रिपोर्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २४ । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा धुर्मुस सुन्तली फाउण्डेसनले करिब ६० करोड रुपैयाँ बराबरको काम गरेको सरकारी मूल्यांकन रिपोर्टले देखाएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेजले गरेको प्राविधिक जाँचअनुसार फाउण्डेसनले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँको काम गरेको पाइएको छ । यो रिपोर्ट भरतपुर महानगरपालिकामा पेश गरिएको छ । सहायक डीन डा. इन्जिनियर सुरज लामिछानेको नेतृत्वमा रहेको मूल्यांकन समितिले यो रिपोर्ट तयार गरेको हो । समितिमा इन्जिनियर नारायणप्रसाद गौतम र इन्जिनियर शिव काफ्ले सदस्य रहेका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत फाउण्डेसनले गरेको कामको ऋण र उधारो तिर्न प्राविधिक मूल्यांकन गर्ने घोषणा गरेको थियो । यही अनुसार गत भदौ १६ गते इन्जिनियरिङ कलेज, महानगरपालिका र फाउण्डेसनबीच त्रिपक्षीय समझदारी भएको थिय...
बालबालिकालाई सहयोग अभियानबाट संकलित रकम हस्तान्तरण

बालबालिकालाई सहयोग अभियानबाट संकलित रकम हस्तान्तरण

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि उदयपुर, कार्तिक २३ । “हाम्रो बालबालिकालाई सहयोग अभियान” अन्तर्गत संकलन भएको बीस हजार चारसय पाँच रुपैया आज हस्तान्तरण गरिएको छ । युवा संकलनकर्ता रूपेश खड्काले अभियानको तर्फबाट गाउँले छिमेकीहरुको उपस्थितिमा मृतककी श्रीमती सिता सार्की (मगर) लाई उक्त रकम हस्तान्तरण गरिएको हो । श्रीमान्को मृत्युपछि मुख्य जीवनको साहरा गुमाएका उनी र दुई बालबालिकालाई सहयोग जुट्दै गएको छ । बालबालिकाको उज्ज्वल भविष्यका लागि युवा समूहले आगामी दिनमा सम्बन्धित निकायसँग सहकार्य गर्दै थप पहल गर्ने जनाएको छ। खासगरी ६ र ११ वर्षिय छोराछोरीको पालनपोषण, शिक्षादिक्षामा चिन्ता देखिए पछि सहयोगी मनहरुले सहयोगको हात बढाइरहेका छन् । बालकालिकाको शिक्षादिक्षामा दिगोरुपले सोच्नुपर्ने आवश्यकता छ ।...
बेवारीशे मृत बृद्धको शव आफन्तले बुझे

बेवारीशे मृत बृद्धको शव आफन्तले बुझे

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक, २३ गते । उदयपुरको त्रियुगा नगरपालिका–८ शाहीखोला पुलमा सोमबार अचेत अवस्थामा फेला परेका मृत बेवारीसे बृद्धको शव आफन्तले बुझेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मदनभण्डारी राजमार्ग छेउ सडकमा राती साढेँ ७ बजेको समयमा खैरो कलरको भेष्ट, निलो कलरको हाप पाईन्ट लगाएको र गोरो वर्णको मंगोलियन अनुहार भएको करिब ५०/५५ बर्षीय एक पूरुष अचेत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा फेला परेका उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याईएकोमा सोही राती करिब ८ बजेको समयमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । ति बृद्ध त्रियुगा नगरपालिकाका २ मोतिहायीका ७५ बर्षिय हर्क बहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । उनको शव शुक्रबार परिवारले बुझेको थियो ।...
बेलका ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

बेलका ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बेलका, कार्तिक २१ गते । उदयपुरको बेलका नगरपालिका वडा नं ८ मा श्रम संस्कृति पार्टी वडा कमिटी गठन भएको छ । जिल्ला संयोजक रविन तिलुङको उपस्थितिमा ५२ सदस्सीय कार्यसमिति चयन भएको छ । सयोजकमा प्रशान्त राई रहेको छ भने सह संयोजकमा पुकार दाहाल चयन भएको छ । निर्वाचन आयोगमा दर्ता प्रक्रिया सम्पन्न भए सँगै पार्टीले बिभिन्न जिल्ला देखी पालिका र वडाहरुमा संयोजक र सह संयोजक सहित समिति निर्माणको काम अघि बढिरहेको छ । जिल्लामा रविन तिलुङलाई संयोजक बनाउने तयारी छ भने यसलाई तत्कालै आधिकारिकता दिएर नेतृत्व चयन गरिनेछ ।...
उदयपुरका वि.क.को दुवै मृगौला फेल, फेर्नलाई पैँसाको अभाव

उदयपुरका वि.क.को दुवै मृगौला फेल, फेर्नलाई पैँसाको अभाव

Breaking News 1, समाचार
पूर्णपुष्टि÷गाईघाट, कार्तिक २१ । उदयपुरको त्रियुगा नगरपालिका–६ पातलेवासका ३३ बर्षीय विष्णु बहादुर विश्वकर्माको दुवै मृगौला फेल भएकोले फेर्नु पर्ने भएको छ । ४ बर्ष वैदेशिक रोजगारमा गएर फर्किएका वि.क.ले २०८२ जेष्ठ महिनामा दुवै मृगौला फेल भएको थाहा पाएका थिए । बिरामी भएपछि शिक्षण अस्पताल विराटनगर पुगेर चेकजाँच गर्दा ८८ प्रतिशत मृगौला खराब भएको पत्ता लागेको निरज वि.क.ले जनाएका छन् । मृगौलाको १२ प्रतिशतले काम गरिरहेको उनको हाल पारस अस्पताल विराटनगरमा उपचार भईरहेको छ । डाक्टरले ४ मिहना भित्र दुवै मृगौला फेर्नुपर्ने सल्लाह दिएको उनले बताए । हालसम्म उनको उपचारमा ७ लाख रुपैँया खर्च भईसकेको परिवारले जनाएको छ । घर जग्गा बेचेको पैँसाले समेत उनको उपचारमा अपुग भएपछि उनको परिवार हात फैलाउन बाध्य भएका छन् । घरवार विहिन भएका वि.क.को ३१ बर्षीय श्रीमती अनु र ३ बर्षीय छोरी अनुषा छिन् । विष्णुलाई उनकी श्री...
जेनजी उदयपुरको संयोजकमा सुरेन्द्र साम्पाङ

जेनजी उदयपुरको संयोजकमा सुरेन्द्र साम्पाङ

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर कार्तिक १९ गते । यतिवेला देशभर जेनजी नेतृत्व चयनको काम अघि बढीरहेको छ । प्रदेश सँगै देशभरकै जिल्लाहरुमा संयोजक तोक्ने क्रममा प्रदेश नं १ (कोशी) को पनि बिभिन्न जिल्लाहरुमा जेनजी संयोजक तोक्ने काम भैरहेको छ । यसै क्रममा उदयपुर जिल्लामा भने सुरेन्द्र साम्पाङ राईलाई जेनजी संयोजक बनाईएको छ । राई जेनजी युवा नेतृत्वका लागि अब्बल ब्यक्ति पनि हुन् । सामाज र देशका लागि केही गर्छु भन्दै अघि बढिरहेका राईले उदयपुरमा जेनजी आन्दोलनको नेतृत्व समेत गरेका थिए । २४ र २५ गते दुवै दिन राईले जेनजीहरुको आन्दोलनलाई नेतृत्व गरेका थिए । उनले अराजक गतिविधि रोक्ने प्रयासका साथ आन्दोलन सम्हाल्दै गर्दा पनि गलत समूहले आन्दोलन भड्काएका थिए । त्यस पश्चातको चुनौती पूर्ण अवस्था र समयलाई आत्मसाथ गर्दै अघि बढिरहेका राईलाई केन्द्र र प्रदेशले जेनजी संयोजकको जिम्मा दिएको हो । प्रदेश नं १ (कोशी)...
बागचौरीका १३ बर्षिय बालक : ३० हजार नजुट्दा रि-चेकका लागि  हस्पिटल लान सकेन

बागचौरीका १३ बर्षिय बालक : ३० हजार नजुट्दा रि-चेकका लागि हस्पिटल लान सकेन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, उदयपुर कार्तिक १८ । उदयपुरको त्रियुगा नगरपालिका वडा न. ७ बागचौरीका १३ बर्षिय सफल परियारलाई ३० हजार अभावले घरमै थन्किन बाध्य बनाएको छ । दुर्घटनामा घाईते सफल परियारलाई हस्पिटलले फलो अप मा बोलाएको थियो । असार २१ गते चुहाडे बाट बागचौरी घर फर्कने क्रममा सुवास परियारका छोरा सफल साईकल दुर्घटनामा परेका थिए । दुर्घटनाबाट उनि गम्भीर घाईते भए । उनको पेटमा पानी जमेपछि बिराट टिचिङमा अप्रेसन गरिएको थियो । पैसा अभावले अप्रेसन पश्चात घरमै ल्याईएका सफललाई हस्पिटलले फेरी जाँच गर्न ल्याउन भनेका थिए । तर पून : जाँचका लागि करिब ३० हजार लाग्ने हस्पिटलको अनुमान थियो । छोराको उपचार गर्दा गर्दा घरको सबै थो सकिएको र बाहिर ऋण गरिरहेको बुबा सुवास परियारले बताए । सहयोग  गर्न चाहानुहुने इच्छूकहरुका लागि बिरामीको बुबा सुबास परियारको esewa अब ऋण माग्ने समेत ठाउँ नरहेको हुँदा छोराको उपचारमा ...
मापदण्ड र निर्देशिका अनुसार स्केट संञ्चालन नगरे बन्द गर्ने स्केट संघ उदयपुरको चेतावनी

मापदण्ड र निर्देशिका अनुसार स्केट संञ्चालन नगरे बन्द गर्ने स्केट संघ उदयपुरको चेतावनी

Breaking News 1, Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/ उदयपुर/कार्तिक १७ गते । पछिल्लो समय उदयपुरको बिभिन्न सहरमा स्केट पार्क व्यवसायी र खेलाडीको आकर्षण बढ्दो अवस्थामा छ । गाईघाट लगायतका आसपासमा मात्रै ६ ओटा भन्दा बढी स्केट पार्क निर्माण भै सकेको छ । तर यो मापदण्ड अनुरुप चलेको छ या छैन त्यो भने अवलोकन भएको छैन् । पछिल्लो समय स्केट पार्क चै दिनदिनै बढेको छ तर कसरी संञ्चालन भैरहेको छ भनेर संघले चासो देखाएको छ । खेलाडीको सुरक्षा सहितको मापदण्ड यस खेलका लागि महत्वपूर्ण रहेको संघको भनाई छ । उदयपुर स्केट संघले करिब १५ ओटा बुद्धा उल्लेख गर्दै स्केट पार्कहरुलाई मादण्ड अनुरुप संञ्चालन गर्न सुझाएको छ । व्यवसायी दर्ता, खेलाडीको सुरक्षा, निर्माण भएको भौतिक संरचना, खेल सामाग्री लगायत बिभिन्न आवश्यक मापदण्डलाई पुरा गरी संञ्चालन गर्न संघको आह्वान छ । संघका अध्यक्ष राकेश राई हस्ताक्षर पत्रमा जिल्लामा रहेका स्केट पार्कहरुलाई मादण्डविपरिद भएको भ...