Tuesday, August 11News That Matters

Breaking News 1

तिहारमा सयपत्रीको मूल्य बढ्ने, १५ लाख माला भारतबाट आयात गरिने

तिहारमा सयपत्रीको मूल्य बढ्ने, १५ लाख माला भारतबाट आयात गरिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १० ।  वर्षाका कारण फूल उत्पादनमा क्षति पुगेपछि यस वर्षको तिहारमा सयपत्री फूलको मूल्य बढ्ने भएको छ । गत वर्ष प्रतिमाला रु ६५-७० मा बिक्री भएको सयपत्री यस वर्ष रु ८०-८५ सम्म पुग्ने फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले बताए । असोज ११ र १२ गते परेको अविरल वर्षाले करिब रु १५ करोडको फूल नष्ट भएको छ । यस वर्ष ४० लाख मालाको माग रहेकोमा स्वदेशी उत्पादनले २५ लाख माला मात्र धान्न सक्ने भएकाले बाँकी १५ लाख माला भारतबाट आयात गर्न लागिएको हो । बजार मागको ६० प्रतिशत फूल काठमाडौं उपत्यकामा खपत हुने गरेको छ । गत वर्ष ३३ लाख माला खपत भएकोमा यस वर्ष सात लाख बढी माग बढेको छ । मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले धान्ने भए पनि सयपत्री र रातो गुलाब भने भारतबाट आयात गर्नुपर्ने बाध्यता कायमै छ । हाल नेपालमा २२१ हेक्टर क्षेत्रफलमा १,१८४ व्यवसायीले ४५० प्रजातिका फूल खेती गर्दै आएका छन...
सरकारको कमजोर कार्यशैलीविरुद्ध आज माओवादी केन्द्रको खबरदारी सभा

सरकारको कमजोर कार्यशैलीविरुद्ध आज माओवादी केन्द्रको खबरदारी सभा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १० ।  नेकपा माओवादी केन्द्रले सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन आज काठमाडौंमा खबरदारी सभा गर्दैछ । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न खबरदारी सभा गर्न लागेको जनाएको छ । माओवादी कन्द्रले आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न पनि खबरदारी गर्ने जनाएको छ । साथै सामाजिक न्यायका मुद्दाहरु, बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रण, सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न खबरदारी सभा गर्न लागेको हो । ...
चौदण्डीगढीमा खेलकुद प्रतियोगिता आयोजना गर्न क्लब दर्ता अनिवार्य

चौदण्डीगढीमा खेलकुद प्रतियोगिता आयोजना गर्न क्लब दर्ता अनिवार्य

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ९ ।  उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्र हुने सबै खेलकुद प्रतियोगिताहरू आधिकारिक दर्ता भएका क्लबमार्फत मात्र आयोजना गर्नुपर्ने निर्णय गरेको छ । बिहीबार नगर खेलकुद विकास समितिको आयोजनामा भएको छलफलमा यो निर्णय गरिएको हो । नगर प्रमुख कालुमान लामाले दर्ता नभएका क्लब वा संघसंस्थाले आयोजना गर्ने खेलकुद प्रतियोगिताले विवाद सिर्जना गर्ने गरेको बताए । उनले यस्ता समस्या समाधानका लागि नगर खेलकुद विकास समितिको निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नगर खेलकुद विकास समितिका सचिव भास्कर चौधरीका अनुसार दर्ता नभई प्रतियोगिता आयोजना गर्ने क्लबलाई नगरपालिकाले कुनै पनि सहयोग नगर्ने र प्रतियोगिताबाट उत्पन्न समस्याको जिम्मेवारी आयोजक स्वयंले लिनुपर्ने निर्णय भएको छ । तर परापूर्वकालदेखि सञ्चालित ऐतिहासिक प्रतियोगिताहरूको हकमा भने सम्बन्धित वडा कार्यालयको सिफारिसमा सञ्चालन गर्न दिइ...
लालपत्ता बाट नियन्त्रित औषधी सहित २ जना पक्राउ

लालपत्ता बाट नियन्त्रित औषधी सहित २ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ कार्तिक उदयपुरको त्रियुगा नगरपालिका(६ स्थितबाट नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ७ गते राती प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गरेको प्र।१(०५(००१ ह ०१५३ नम्बरको अटोमा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम, फेनार्गन र बुप्रिनोर्फिन गरी जम्मा ५६ एम्पुल नियन्त्रित औषधी बरामद गरेको हो । नियन्त्रित औषधी सहित पक्राउ परेका अटो चालक त्रियुगा(३ का ४४ बर्षीय राजेश श्रेष्ठ र अटोमा सवार त्रियुगा(११ का २६ बर्षीय धिरज खड्काको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।...
एमाले आस्थाका तिन जना एकीकृत समाजवादीमा प्रवेश

एमाले आस्थाका तिन जना एकीकृत समाजवादीमा प्रवेश

Breaking News 1, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ९ कार्तिक । गाईघाटमा एमाले परित्याग गरी ३ जनाले एकीकृत समाजवादी रोजेको छ । एकीकृत समाजवादी त्रियुगा नगर कमिटीको छलफल कार्यक्रममा उनिहरुलाई पार्टी प्रवेश गराईएको हो । एमालेमा मत दिईरहेका त्रियुगा नगरपालिका १३ दनुवारी चोकका समाजसेवी चिरञ्जीवी राई १२ का कमला राई र पुष्प कार्कीले एमाले त्यागेर समाजवादी रोजेको हो । उनिहरु तिनै जनालाई एकीकृत समाजवादीका प्रदेश अध्यक्ष तथा पूर्व मेयर बलदेभ चौधरीले खादा लगाएर पार्टी प्रवेश गराएको हो । एमालेको बिक्रिति र बिसंगतीका बावजुद देशमा जनताले सुख नपाउने र देशले निकास नपानउ भन्दै पार्टी परिवर्तन गरेको उनिहरुले जनाए ।...
गाईघाट ब्याडमिन्टन प्रतियाेगिता सञ्चालन

गाईघाट ब्याडमिन्टन प्रतियाेगिता सञ्चालन

Breaking News 1, Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ९ । मेन्स डबल्स ब्याडमिन्टन प्रतियाेगिता गाईघाटमा आज सञ्चालन भएकाे छ । ब्याडमिन्टनप्रेमी समुहले दिपावली तथा छठपर्व शुभकामनासहित प्रतियाेगिता गरेकाे हाे । प्रतियाेगितासंगै पिकनिक आयाेजना गरिएकाे छ । ब्याडमिन्टनका सिनियर तथा जुनियर दुबैलाई मिलाएर मैत्रीपूर्ण खेल प्रतियाेगिता गरिएकाे कार्यक्रम संयाेजक बलबहादुर कार्कीले बताउनुभयाे । प्रतियाेगितामा ३२  टिमले भाग लिएकाे अफिसियल रेफ्री दिपक राईले जानकारी दिनुभयाे । खेल उद्घाटन त्रियुगा नगरपालिका मेयर वसन्त बस्नेतले गर्नुभयाे । मैत्रिपूर्ण खेलका लागि स्थानीय खेलप्रेमी ब्यक्तित्वहरुले ब्यक्तिगतरुपमा सहयाेग गरेका छन् । प्रतियाेगिताकाे फाईनल खेल भाेली हुने र पिकनिकसंगै विजयी टिमलाई पुरस्कृत गरिने जनाईएकाे छ । कार्यक्रममा उपमेयर महेश्वरी राई, जिल्ला न्यायधिस हरिसचन्द्र ईङनाम, जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ याेगि, सशस्त...
दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको उपाधिका लागी दमौटी र सगरमाथा भिड्ने

दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको उपाधिका लागी दमौटी र सगरमाथा भिड्ने

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ९ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा जारी दोस्रो स्वर्गिय युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको उपाधिका लागी दमौटी फुटबल क्लब र सगरमाथा फुटबल क्लब राजावास भिड्ने भएका छन् । गत कार्तिक ३ गतेदेखि संचालन भएको यस प्रतियोगिताको फाईनल खेल भोली (शनिबार) दिउँसो ३ बजे बगाहाको खेल मैदानमा हुनेछ । पहिलो सेमिफाईनल खेलमा बेल्टार एकता युवा क्लबलाई पेनाल्टी सुटआउटमा २ को विरुद्ध ४ गोल गर्दै सगरमाथाले फाईनलमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाईनल खेलमा फ्युजन फुटबल क्लब बोक्सेलाई ० को विरुद्ध २ गोल अन्तरले हराउँदै दमौटीले फाईनलमा सगरमाथासँगको भेट पक्का गरेको हो । दमौटी फुटबल क्लब स्व. युवराज राई (कौलाश) फुटबल प्रतियोगिताको पहिलो संस्करणको विजेता समेत हो । यस प्रतियोगिताको विजेताले नगद रु. ५१ हजार र उपविजेताले ३१ हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । स्व। कैलाश...
खोटाङमाथि उदयपुरको शानदार जित

खोटाङमाथि उदयपुरको शानदार जित

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद
पूर्णपुष्टि कार्तिक ९ । बडादशै तथा शुभ दिपावलीको अबसर पारेर खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका चिसापानीमा आयोजित वडास्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधी त्रियुगा नगरपालिका, उदयपुरले जितेको छ । कातिक ५ गते सोमबारदेखि सुरु भएको प्रतियोगिताको बिहिबार सम्पन्न फाईनल खेलमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबु कुभिण्डेले ३–१ को सेटमा जितेको हो । खाँबुको कुभिण्डेले खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिकाको वडा नम्बर २ देबिस्थान टिमलाई पहिलो सेट २५–१३, तेस्रो सेट २५–२१ चौथो सेट २५–२३ ले जितेको हो । प्रतियोगितामा उदयपुर खोटाङ जिल्लाको बिभिन्न १८ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उप बिजेता खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको वडा नम्बर २ देबिस्थान भयो भने तेस्रो खोटेहाङ गाउँपालिकाको वडा नम्बर २ बाप्लुखा भलिबल टिम भएको थियो । जन्तेढुङ्गा गाउँपालिकाका पूर्ब अध्यक्ष...
दमौटी दोस्रो स्व. युवराज राई (कौलाश) फुटबल प्रतियोगिताको फाईनलमा

दमौटी दोस्रो स्व. युवराज राई (कौलाश) फुटबल प्रतियोगिताको फाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ८ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा जारी दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको फाईनलमा दमौटी फुटबल क्लब पुगेको छ । बिहिबार बगाहाको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा फ्युजनलाई ० गोलको बिरुद्ध २ गोल गर्दै दमौटी फुटबल क्लब फाईनलमा प्रवेश गरेको हो । दोस्रो हाफको १४ औं मिनेटमा जर्सि नं. ११ का कप्तान पविन राईले गोल गर्दै दमौटीलाई आग्रता दिलाएका थिए भने खेलको २९ औँ मिनेटमा जर्सि नं. २७ का पुष्पराज चौधरीले दमौटीका लागी दोस्रो गोल गरे । यस खेलको म्यान अफ द म्याच दमौटीका जर्सि नं. ११ का पविन राई बने । उनले नगद रु. १ हजार सहित फ्लेक्स र मेडल प्राप्त गरे । यस प्रतियोगिताको फाईनल खेल शनिबार दिउँसो ३ बजे दमौटी फुटबल क्लब विरुद्ध सगरमाथा फुटबल क्लब राजावास बिच हुनेछ । यस अघिको पहिलो सेमिफाईनल खेलमा बेल्टार एकता युवा क्लबलाई पेनाल्टी सुटआउटमा २ ग...
यात्रु दुर्ब्यवहार र बढि भाडा असुलीमा बस ट्राफिक नियन्त्रणमा

यात्रु दुर्ब्यवहार र बढि भाडा असुलीमा बस ट्राफिक नियन्त्रणमा

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ८ । यात्रु दुब्र्यवहार तथा भाडा बढी लिएको उजुरीपछि जिल्ला ट्राफिक कार्यालय उदयपुरले एक यात्रुवाहक बस नियन्त्रणमा लिएको छ । मदनभण्डारी राजमार्ग हुदै विराटनगर–गाईघाट सञ्चालन हुने को १ ख ७१९९ नम्बरको सिमोन यातायात बस नियन्त्रणमा परेको हो । घरानदेखि बेल्टारसम्म सरकारले तोकेको भाडा १५६ रुपैया रहेकोमा २५० रुपैया भन्दा बढी असुल गरेको र भाडाको विषयमा विवाद हुँदा यात्रुहरुलाई दुब्र्यवहार गरेको उजुरी परेको छ । बसका मालिक स्वयम् पुष्पराज तिम्सिनाले बढि भाडा असुल गर्न खटिएको र यात्रुहरुलाई गालीबेइजती र दुब्र्यवहार गरेको आरोप छ । उजुरीपछि जिल्ला ट्राफिक इन्चार्ज प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काले बसलाई नियन्त्रणमा लिएको बताउनुभयो । सो बसको मालिक र स्टापहरुलाई भोली बोलाइ आवश्यक कारवाही अगाढि बढाउने उहाँले बताउनुभयो । “बडि भाडा असुल तथा यात्रु दुब्र्यवहार गरेकोमा ट्राफिकले गर्ने...