Tuesday, August 11News That Matters

Breaking News 1

मदन भण्डारी आँखा अस्पताल गाईघाटमा र्याम्प, स्तनपान र चमेना गृह निर्माण

मदन भण्डारी आँखा अस्पताल गाईघाटमा र्याम्प, स्तनपान र चमेना गृह निर्माण

Breaking News 1, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ८ कार्तिक । गाईघाटको मदन भण्डारी आँखा अस्पतालले चेमनागृह, स्तनपान कक्ष र र्याम्प स्थापना गरेको छ । जेष्ठ नागरिक र शारिरक अपाङ्गता भएका व्यक्तिहरुलाई हिड्डुल सहजका लागि र्याम्प, सेवा लिन आउने विरामी र कुरुवा, कर्मचारीहरुका लागि चमेना गृह र अस्पतालमा आउने साना नानिवावुहरुका लागि स्तनपान कक्ष निर्माण गरिएको हो । उक्त संरचनाहरु स्थापना गर्न सानिमा बैँक गाईघाट र सानिमा लाईफ इन्स्योरेन्स गाईघाटले ३० लाख आर्थिक सहयोग गरेको हो । बँैक र इन्स्योरेन्सको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत सानिमा बैँकले १५ र सानिमा लाईफ इन्स्योरेन्स कम्पनीबाट १५ गरी ३० लाख सहयोग गरेको हो । उक्त सहयोगले अस्पताललाई थप सहज र सेवा थपेको अस्पताल संञ्चालक समितिका सभापति भागवत राउतले जनाए । नेत्र ज्योति संघ मदन भण्डारी आँखा अस्पताल, सानिमा बैँक र सानिमा लाईफ इन्स्योरेन्स सँग सँगै भन्ने नाराका साथ यो कार...
सगरमाथा दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको फाईनलमा

सगरमाथा दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको फाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ७ । त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा जारी दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको फाईनलमा सगरमाथा फुटबल क्लब (राजावास) पुगेको छ । बुधबार बगाहाको खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा बेल्टार एकता युवा क्लबलाई पेनाल्टी सुटआउटमा २–४ गोल अन्तरले हराउँदै राजावास फाईनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट लिइएको हो । सगरमाथाका लागी जर्सि नं. ११ का निश्चल मोक्तान, जर्सि नं. ८ का देवराज चौधरी, जर्सि नं. ७ का सनिष लिम्बु र जर्सि नं. ३ का रमेश राजवंशीले गोल गरे । त्यस्तै बेल्टारका लागी जर्सि नं. १३ का सागर राई र जर्सि नं. ९ का विश्वास राईले गोल गरे भने जर्सि नं. ११ का कप्तान सरद राई र जर्सि नं. ४ का मनिक राईको प्रहार गोल रक्षकले रोकेका थिए । यस खेलको म्यान अफ द म्याच सगरमाथा फुटबल क्लबका जर्सि नंं २० का...
कृषककाे धान नफलेपछि दशैतिहार खल्लाे

कृषककाे धान नफलेपछि दशैतिहार खल्लाे

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ७ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १ र २ जोगिदहका कृषकहरुको धानबाली नफल्दा दशैंतिहार खल्लो भएको छ । कृषकहरु केशब अधिकारी, भुपाल दाहाल, कृष्णबहादुर अधिकारी, सुवास कार्की, मिश्र विक लगायतको दुईविगाहा बढि खेतमा धान नफल्दा दशैंतिहार मात्र खल्लो भएन अव वर्षदिनभर के खाने भन्ने चिन्ता छाएको छ । “गतवर्ष पाँच कठ्ठामा २५ मन धान फलेकोमा यसपटक २५ माना पनि फलेन ।” कृषक केशब अधिकारीले भन्नुभयो । सबैभन्दा धेरै कृष्णबहादुर अधिकारीको १८ कठ्ठामा धान फलेन । कृषकहरु परालको लागिमात्र काट्न थालेका छन् । कृषकहरुले गाईघाटबजार स्थित स्थानीय सिर्जना एग्रोभेट र अभिषेक एग्रोभेटबाट सम्बासद कटर्नी नामको बिउ लगेर रोपाइ गरेको बताएका छन् । फल नलागेपछि धानको बोट घाँसका लागि मात्र काट्ने काम भएको स्थानीय रुद्र अधिकारीले बताउनुभयो । विउ र बोट राम्रै देखिएपनि फल नलागेको कृषकको भनाइ छ । बोटमा कि...
धानको बिउमा ठगिए त्रिनपा १ जोगिदहका कृषकहरु, क्षतिपूर्तिको माग 

धानको बिउमा ठगिए त्रिनपा १ जोगिदहका कृषकहरु, क्षतिपूर्तिको माग 

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, ७ कार्तिक ।  त्रियुगा नगरपालिका १ जोगिदहका कृषकहरु धानको बिउबाट ठगिएको छ । करिब ३३ कठ्ठा खेती जग्गामा लगाईएको धानको बालामा दाना नलाग्दा कृषकहरु मार्कामा परेको हो । कृषक गोपाल दाहालका अनुसार गाईघाटको सिर्जना एग्रोभेट र अभिषेक एग्रोभेट बाट लगिएको उक्त धानको बिउको नाम समासद (एक) रहेको छ । यसरी पहिलो पटक धानवालीमा भुँस मात्रै फलेपछि किसानहरु आक्रोसित बनेको छ । यी दुई एग्रोभेटबाट केजीको ११० र एक सय रुपयाँको दरले ३६ केजी धानको बिउ कृषकले लगेका थिए । ति सबै धानको बिउ आज आएर घाँस मात्रै बन्न पुगेको गुणासो गरेकृषकहरुको गुणासो छ । कृषकहरुले बताए अनुसार सोही खाले धानको बिउ एग्रोभेटले सयकेजी भन्दा माथी अन्य कृषकहरुलाई पनि बेचेको भन्ने सुनेको जनाए । जोगिदह बाहेक अन्य ठाउँमा पनि धानको बिउ बेचेको र सबै भुँसमात्रै फलेको गुणासो आएको अर्का कृषक केशव अधिकारीको भनाई छ । अधिकारीले आफुले पनि...
उदयपुरमा तिन महिनाको अवधिमा ६० जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा तिन महिनाको अवधिमा ६० जना फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ७ । उदयपुरमा तिन महिनाको अवधिमा ६० जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर नाथ योगीको नेतृत्वमा फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत ति फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरूबाट ५ वर्ष २ महिना २५ दिन कैद र १ करोड ८९ लाख १ सय रुपैयाँ जरिवाना बापतको राजस्व असुल भएको एसपी योगीले बताए । पक्राउ परेका सबै व्यक्तिहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुर पेश गरिएको छ । पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी लागूऔषध मुद्दाका १४ जना रहेका छन् । त्यसैगरी कुटपिट (७), गाली बेइज्जती (६), सार्वजनिक अपराध (६), सवारी ज्यान (५), वन मुद्दा (५), चेक अनादर (४) लगायतका विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरू पक्राउ परेका छन् । अन्य मुद्दाहरूमा अभद्र व्यवहार, चोरी, डाँका, मानाचामल, ज्यान मार...

दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिता : सप्तरीलाई हराउँदै दमौटी सेमिफाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा जारी दोस्रो स्वर्गीय युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको चौथो खेलमा दमौटी फुटबल क्लब बिजयी भएको छ । मंगलबार बगाहाको खेल मैदानमा भएको खेलमा दमौटीले सप्तरीलाई २–० गोल अन्तरले हराएको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको १८ औं मिनेटमा जर्सि नं. ११ का कप्तान पविन राईले हेडिङ मार्फत गोल गर्दै दमौटीलाई आग्रता दिलाएका थिए भने २५ औँ मिनेटमा जर्सि नं ७७ का प्रताप राईले दमौटीका लागी दोस्रो गोल गरे । यस खेलको म्यान अफ द म्याच दमौटीका जर्सि नं ७७ का खेलाडी प्रताप राई बने । उनले १ हजार नगद सहित फ्लेक्स र मेडल प्राप्त गरे । दमौटी फुटबल क्लब सेमिफाईनल प्रवेश गरेसँगै सेमिफाईनल पुग्ने चार वटै टिमको टुङ्गो लागेको छ । यस अघि सगरमाथा फुटबल क्लब राजावास, फ्युजन फुटबल क्लब बोक्से र बेल्टार एकता युवा क्लबले सेमिफाईनलमा स्...
६९ सालमा (नेरेसो) उदयपुरले गरेको बदमासी, अक्षय कोष बापतको ३ लाख बेपत्ता

६९ सालमा (नेरेसो) उदयपुरले गरेको बदमासी, अक्षय कोष बापतको ३ लाख बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ कार्तिक नेपाल रेडक्रस सोसाईटी उदयपुर (नेरेसो) हाल दुई समूहमा बिभाजित बनेको छ । लामो समय बिनोद कुमार बस्नेतले नेतृत्व गरेको नेपाल रेडक्रस सोसाईटीलाई अपार्दशि ढंगले तहस नहस बनाएको आरोप लागेपछि बिवादित बन्यो । हाल उदयपुरमा मदनराज कटुवाल र शम्भु पौडेको छुट्टाछुट्टै समिति छ । यी दुवै समूहले आफ्नै आफ्नै तरिकाले काम गरिरहेको छ । रेडक्रस सोसाईटी उदयपुर यो अवस्था सम्म आईपुग्दा एक पटक ६९ सालको नेतृत्वलाई फर्केर हेर्नु पर्ने अवस्था आएको छ । उदयपुरवासीहरुलाई निशुल्क रगत उपलब्ध गराउने भन्दै ब्लड बैँकको रुपमा अक्षय कोष खडा गर्ने भन्दै विदेशमा बस्ने नेपालीहरुले उठाएर दिएको पैसाको बेखबर छ । उक्त रकम यतिवेला मलेसियामा बसेर पसिना बगाईरहेका नेपालीहरुले सोधी खोजी गर्न थालेको छ । २०६८ सालमा मलेसिया बस्ने एक सय दश जना नेपालीहरुले उदयपुरवासीहरुलाई निशुल्क रगत उपलब्ध गराउने भनेपछि र...
सरकारको सय दिनपछि विरोध गर्ने प्रचण्डको चेतावनी

सरकारको सय दिनपछि विरोध गर्ने प्रचण्डको चेतावनी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'ले वर्तमान सरकारको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने चेतावनी दिएका छन् । जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले तीन महिनासम्म पनि सरकारले उल्लेख्य काम गर्न नसकेको आरोप लगाए । "आज विपक्षी दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिइँदै छ र सय दिन भएपछि विरोध सुरु हुन्छ," प्रचण्डले भने । उनका अनुसार वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा जनअपेक्षा अनुरुप काम गर्न सकेको छैन । प्रतिनिधिसभामा पहिलो र दोस्रो ठूलो दल मिलेर तेस्रो दललाई किनारा लगाउने काम भएको भन्दै प्रचण्डले यसलाई अप्राकृतिक र अस्वाभाविक बताए । "संसदीय लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको कहिल्यै सुनिँदैन," उनले भने ।...
चीनको अल्ट्रा ट्रेल रेसमा सुनमायाले जितिन् किर्तिमानी उपाधि

चीनको अल्ट्रा ट्रेल रेसमा सुनमायाले जितिन् किर्तिमानी उपाधि

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ५ । नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले चीनको निन्घाई बाई युटिएमबी अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छिन् । शनिबार सम्पन्न प्रतियोगितामा उनले ६० किलोमिटरको दूरी ५ घण्टा ४० मिनेट ३ सेकेन्डमा पूरा गरिन् । "ट्रेल अमेजिङ थियो। मैले रेस एकदम इन्जोए गरें। धेरै समर्थकहरु चियर गरिरहेका थिए। म एकदमै खुशी छु," विजेता बुढाले प्रतिक्रिया दिइन् । प्रतियोगितामा इस्टर सिलाङ ६ घण्टा ५ मिनेट ३७ सेकेन्डको समयसहित दोस्रो र रुक्षफाङ चोउ तेस्रो स्थानमा रहिन् । पछिल्लो समय अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा सक्रिय बुढाले यसअघि गत चैतमा चीनकै गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् । उनी युरोपका विभिन्न राष्ट्रमा आयोजित ट्रेल रेस प्रतियोगितामा समेत सहभागी भइसकेकी छिन् ।...
उदयपुरका विद्यार्थीद्वारा व्यावसायिक फूल खेती

उदयपुरका विद्यार्थीद्वारा व्यावसायिक फूल खेती

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ५ । आगामी तिहार र छठ पर्वको बजार मागलाई लक्षित गरी उदयपुरमा कृषि प्राविधिक विद्यार्थीहरुले व्यावसायिक फूल खेती थालेका छन् । कटारी नगरपालिका-४ त्रिवेणीस्थित कृषि प्राविधिक धारका विद्यार्थीहरुले सयपत्री फूल खेती गरेका हुन् । समूहका व्यवस्थापक त्रिसम कार्कीका अनुसार यो वर्ष १० कठ्ठा क्षेत्रफलमा सयपत्री फूल रोपिएको छ । "लामो समयदेखि फूलमा परनिर्भर रहेको जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले फूल खेती थालेका हौं," कार्कीले भने । कार्कीसहित राजु ठाकुर, राजु थापा, युनिष राई, गौरब कार्की, रोदन सुबेदी, एलिशा थापा, रिता मगराती र सुस्मीता पुलामीमगर गरी नौ जना विद्यार्थीको समूहले गत वर्षदेखि फूल खेती सुरु गरेका हुन् । समूहले अघिल्लो वर्ष १७ कठ्ठामा फूल खेती गरी जिल्लाको सदरमुकाम गाईघाट, कटारी र बेल्टार बेलका रामपुर लगायतका बजारमा बिक्री गरेको थियो । "प्राविधिक धारमा पढ्दै, सिक्...