Monday, July 13News That Matters

Breaking News 3

चौदण्डीगढीको बजेट १ अर्व १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैया

चौदण्डीगढीको बजेट १ अर्व १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैया

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ असार । १ अर्व १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैया बजेटसहित उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को कार्यक्रम तथा बजेट सोमवार ल्याएको छ । मेयर कालुमान लामाले जनताकाबीच लामो अन्तरक्रिया र छलफलसंगै कार्यक्रम तथा बजेट ल्याएको बताउनुभयो । उपमेयर मणिकादेवि दुलालले बजेटले पालिकाको समग्र विकासलाई समेटेको बताउनुभयो । प्रमुख प्रकाशकीय अधिकृत काजिमान राईका अनुसार यो आर्थिक वर्षलाई भौतिकपूर्वाधार वर्षको रुपमा मनाइनेछ । पालिकाले आप्mनै लगानीमा ५० किलोमिटर सडकको स्तरोन्न्ती गर्ने, कृषि क्षेत्रका साथै टोलविकासलाई चलायमान बनाउने योजना छ । प्रत्येक टोलविकास संस्थालाई एउटा योजना अनिबार्य हुनेछ । त्यसैगरी बेलका नगरपालिकाले पनि ७७ करोड २६ लाख ४१ हजार बजेटसहित कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । उदयपुरका अन्य पालिकाहरु भोली तयार भइरहदा चौदण्डीगढी र बेलकाले भने आजै बजेट...
बेलकाले ल्यायो ७७ करोड २६ लाख ४१ हजार बजेट

बेलकाले ल्यायो ७७ करोड २६ लाख ४१ हजार बजेट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ९ असार । उदयपुरको बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बजेट पारित गरेको छ । सोमवार नगरको १६ औँ नगरसभा बाट उक्त बजेट पारित गरेको हो । “सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार, बेलका नगर विकासको प्रमुख आधार” भन्ने मूल नाराका साथ संञ्चालन भएको नगरसभाले बजेट ल्याएको हो । नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न नगरसभामा उप(प्रमुख जिरा राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य लगायत नगरका ९ वटा वडाबाट वडा अध्यक्ष, सदस्य, तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति, कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका नागरिकहरूको समेत सक्रिय सहभागिता रहेको थियो। नगर प्रमुख कार्कीले आगामी बजेट जनताको आवश्यकता र स्थानीय स्तरको विकासलाई के...
रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ९ ।  भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति वा न्यायिक आयोग गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसा प्रकरणलाई "जघन्य संगठित र अन्तर्राष्ट्रिय अपराध" भन्दै तत्कालीन छानबिनको माग गरे । सांसद नेपालीले सरकार परिवर्तन भए पनि मानव तस्करीको गतिविधि निरन्तर जारी रहेको बताए । "सरकार फेरिन्छन्, मन्त्री फेरिन्छन् तर मानव तस्कर सधैं उन्मुक्त किन हुन्छन् ?" उनले प्रश्न गरे । उनका अनुसार भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेशमा बेच्ने यो र्‍याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा संचालित भइरहेको छ । "दुःखको कुरा अपराधीलाई कारबाही गर्नुको सट्टा राज्यले बचाउन खोजिरहेको छ," उनले आक्रोश व्यक्त गरे । रा...
अस्ताए त्रियुगा नगरगानको सर्जक खिलराज घिमिरे

अस्ताए त्रियुगा नगरगानको सर्जक खिलराज घिमिरे

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ८ असार । उदयपुरको त्रियुगा नगरपालिकाका नगर गान सर्जक खिलराज घिमिरेको निधन भएको छ । घिमिरेको आईतबार बिहान निधन भएको हो । घिमिरे साहित्यकार समेत हुन् । सामाजिक क्षेत्र तथा सर्जक समेत रहेका घिमिरेले त्रियुगा नगरपालिकाको नगरगानको रचना गरेका थिए । नगरको परिवेश र अवस्थालाई मध्यनजर गरी नगरगान तयारी गर्नु पर्ने भन्दै सर्जकहरुलाई नगरगानको रचना गर्न भनिएको थियो । सबै भन्दा उत्कृट घिमिरेको रचना भएपछि उनकै रचनालाई नगरगानमा प्रस्तुत गरिएको थियो । नगरपालिकाले उत्कृष्ट रचनाकार घिमिरेलाई ५० हजार नगद समेत पुरस्कार प्रदान गरेका थिए । घिमिरेको असायमिक निधनले नगरलाई र सर्जकहरुलाई क्षती पुराएको भन्दै सम्मान स्वरुप एकदिने शोक विदा दिईएको हो ।...
रौतामाईका वडाअध्यक्ष र ताप्लीका वडा सदस्यको निधन

रौतामाईका वडाअध्यक्ष र ताप्लीका वडा सदस्यको निधन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ८ असार । उदयपुरको रौतामाई गाउँपालिका २ का वडा अध्यक्ष होम वहादुर दाहालको निधन भएको छ । उनको आईतबार निधन भएको हो । स्वास्थ्य समस्याका कारण काठमाण्डौँमा उपचार भैरहेको दाहालको अचानक निधन भएको बुझिएको छ । दाहालको निधनमा गाउँपालिकाले एक दिने शोक विदा समेत दिएको छ । दाहालको निधन प्रति दुख व्यक्त गर्दै पालिकाको आकस्मिक सेवा बाहेक अन्य सबैखाले सेवाहरु ठप्प पार्ने निर्णय गरेको छ । यस्तैगरी ताप्ली गाउँपालिका स्थित वडा सदस्यको पनि निधन भएको छ । ताप्ली ३ का वडा सदस्य छवि जर्गा मगरको पनि निधन भएको हो । मगरको शनिवार निधन भएको परिवारले जनाएको छ । मगरको निधनमा पालिकाले शोक विदा दिएको छ ।...
रास्वपा उदयपुरले रक्तदान गरेर मनायो स्थापना दिवस

रास्वपा उदयपुरले रक्तदान गरेर मनायो स्थापना दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले रक्तदान गरेर आफ्नो स्थापना दिवस मनाएको छ । रास्वपा उदयपुरले शनिवार गाईघाटको पिपलचोक स्थित रक्तदान गरेर तेस्रो स्थापना दिवस मनाएको हो । रक्तदान जिवन दान भन्दै रक्तदान गरिएको हो । ५० जना भन्दा बढीले रक्तदानमा सहभागी जनाएको आयोजकले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी देश र जनताको लागि मानविय क्रियाकलापहरु गर्दै आएको भन्दै रक्तदान मानवियता कार्य रहेको जनाए । विहानको समय पारेर जिल्लाका नेता तथा कार्यकर्ताहरुले रक्तान कार्यक्रमको आयोजना गरेको हो ।...
साकेला सिली प्रतियोगिताका कलकारहरुलाई बधाई तथा प्रमाण पत्र

साकेला सिली प्रतियोगिताका कलकारहरुलाई बधाई तथा प्रमाण पत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ असार । स्व. गिता राई स्मृति रनिङ सिल्ड साकेला सिली प्रतियोगितामा सहभागी भई शान्त्वना स्थान हासिल गरेका बोक्से बाबरीका कलकारहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । जेष्ठ ३१ गते सम्पन्न प्रतियोगिताको शान्त्वना मध्येका एक टिम बोक्से बावरी रहेका थिए । उक्त टिमलाई किरात राई यायोख्खा बाबरी साकेला सिली नाच संरक्षण समिति बोक्सेले बधाई तथा सम्मान गरेको हो । समितिको आयोजना तथा चाम्लिङ् खाम्वात्तिमको सहजीकरणमा बधाई तथा प्रमाण पत्र वितरण गरिएको हो । साकेला प्रतियोगितामा सहभागी कलकारहरु सहित प्रतियोगिताको लागि आर्थिक, भौतिक र बिभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगीदाताहरुलाई पनि प्रमाण पत्र सहित सम्मान गरिएको छ । प्रतियोगितामा धरान १५ प्रथम बनेका थिए भने धरान १८ र १९ दोस्रो, तरहरा तेस्रो बनेका थिए । बोक्से बावरी सहित अन्य ३ ओटा टिमले शान्त्वना पुरस्कार पाएका थिए । साही अनुसार साकेला सिल...
दुर्घटनाको केन्द्र उदयपुरमा कसरी संञ्चालन भैरहेको छ ट्राफिक सप्ताह ?

दुर्घटनाको केन्द्र उदयपुरमा कसरी संञ्चालन भैरहेको छ ट्राफिक सप्ताह ?

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ असार । उदयपुरमा शुक्रबारदेखी प्रारम्भ भएको ट्राफिक सप्ताहको आज दोस्रो दिन सवारी अनुगमन, प्रतिस्पर्धा रहित यात्रा, मोवाईल फोन प्रयोगबारे सचेत र सायरी मुक्त सवारी मुख्य रहेको छ । यस अन्तर्गत सवारी साधनमा लेखिएको सायरी हटाउने अभियान संञ्चालन गरिएको छ । यता सवारीहरुको अवस्थाको अनुगमन गरिनुका साथै यात्रा अबधिभर मोवाईल फोनको प्रयोग नगर्न पनि यात्रुहरुलाई सचेत गराईएको छ भने सवारी चलाउँदा प्रतिस्पर्धाको रुपमा चलाउनु नहुने भन्नेबारे पनि सचेत गराईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरबाट खटिएको ट्राफिक प्रहरी टोलीहरुले बिहानै बाट सडकमा दोस्रो दिनको कामलाई तिव्रता दिएको छ । एक हप्ता सम्म संञ्चालन हुने उक्त कार्यक्रम हरेक दिन फरक फरक हुनेछ । सप्ताहको तेस्रो दिन भने तिन पाङ्ग्रे सवारी साधन इ रिक्सा र अटोहरुको अनुगमन तथा प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । यस अन्तर्गत तीन प...
१६ नं वडामा पन्च बर्षिय आवधिक योजना निर्माण बारे दुई दिने बृहत कार्यशाला

१६ नं वडामा पन्च बर्षिय आवधिक योजना निर्माण बारे दुई दिने बृहत कार्यशाला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ असार । त्रियुगा नगरपालिका वडा नं १६ ले आगामी वडा विकासका लागि छलफल अघि बढाएको छ । वडामा विकासको फड्को मार्न पन्च बर्षिय आवधिक योजना निर्माणको लागि दुई दिने बृहत कार्यशाला तथा छलफल चलाएको हो । जनप्रतिनिधि, कर्मचारी, स्थानीय तथा बुद्धिजिवी, शिक्षक, राजनितिक दल, टोल विकास संस्था, विद्यार्थी, स्वास्थ्यकर्मी, गैरसरकारी संस्था, सामुदायिक संस्था, बाल क्लव लगायत वडाको विकास सँग सम्बन्धित प्रतिनिधिहरुको उपस्थितिमा बुधबार र बिहिबार  वडा कार्यालय स्थित जाल्पा चिलाउनेमा दुई दिने बृहत आवधिक कार्याशाला आयोजना भएको हो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वडागत स्वीकृत वडागत बजेट तथा कार्यक्रम अनुसार कार्यशाला गरिएको हो । कार्यशालामा वडाको भौतिक, आर्थिक ,सामाजिक ,विपद तथा वातावरण, सुशासन सेवा प्रवाह तथा संस्थागत क्षमता विकास सम्बन्धी वडाको वर्तमान अवस्थाको वस्तुस्थिति र आगामी पाँच वर्ष...
जिल्ला अस्पताल उदयपुरलाई सचेत नागरिकको ध्यानाकर्षण

जिल्ला अस्पताल उदयपुरलाई सचेत नागरिकको ध्यानाकर्षण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ६ असार । जिल्ला अस्पताल उदयपुरमा सेवाग्राहीहरुको असन्तुष्टीलाई मध्यनजर गर्दै सचेत नागरिकले ध्यानाकर्षण गराएको छ । बिहिबार जिल्ला अस्पताल व्यवस्थापन समितिलाई २३ बुद्धे माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गौर बहादुर बिश्वकर्मालाई ध्यानाकर्षण बुभाएको हो । अस्पतालले सेवामा लापर्वाही गरेको भन्दै यसलाई तत्काल सुधार गर्नु पर्ने मुख्य माग राखेको छ । केहि दिन अघि मात्रै दुर्घटनाको मृतकलाई हस्पिटलमा पोष्टमार्टमका लागि लाने क्रममा डाक्टर अभाव भएको र त्यसै सम्बन्धि कुराकानी गर्ने क्रममा सेवाग्राहीहरुले हस्पिटलको ब्यवहार प्रति आक्रोस पोखेका थिए । उनिहरुले हस्पिटलमा राजनितिक चलखेल हुने गरेको समेत आरोप लगाएको छ । राम्रो डाक्टरहरुको सरुवा र राजीनामा गर्ने हस्पिटलको प्रवित्ति रहेको उनिहरुको गुणासो छ । डाक्टर ...