विद्यालयमा काम गर्दा आँखाको ज्योति गुमाएसँगै नरेन्द्रको खोसियो जागिर
पूर्णपुष्टि, असार १२ । उदयपुरको कटारी नगरपालिका–२ स्थित श्री मावि कल्याणपुरमा १९ वर्ष कार्यालय सहयोगी भएर काम गरेका स्थानीय नरेन्द्र धमलाले विद्यालयकै काममा खटिएका बेला आँखाको ज्योति गुमाउन पुगे । २०७८ सालमा आँखाको ज्योति गुमाएका धमलाले ८–९ पटक अप्रेसन गरे । तर, आखाँ ठिक नभएपछि उनको जागिर समेत खोसियो ।
नरेन्द्र धमलाले विद्यालय निर्माणको काम चलिरहेको बेला छतमा पानि हाल्ने क्रममा अकस्मात आखाँमा नराम्रो चोट लागेको सामाजिक संञ्जाल फेसबुक मार्फत बताएका छन् । धमलाको आखाँमा गहिरो चोट लागेपछि आफन्तले लहान आँखा अस्पताल लगेका थिए ।
श्रीमती मुना धमलाले उपचारको लागी काठमाण्डौँ तिलगंगा आँखा अस्पतालमा समेत लगिएको बताईन् । तर, धेरै खर्च गरेर ८–९ पटक अप्रेसन गर्दापनि श्रीमानको आँखाको ज्योति नफर्केको मुनाले बताईन् । श्रीमान्ले आँखाको ज्योति गुमाएपछि मुनाले नै विद्यालयमा कार्यालय सहयोगीको काम सुरु गर...








