Saturday, June 27News That Matters

खेलकुद

सगरमाथा दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको फाईनलमा

सगरमाथा दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको फाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ७ । त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा जारी दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको फाईनलमा सगरमाथा फुटबल क्लब (राजावास) पुगेको छ । बुधबार बगाहाको खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा बेल्टार एकता युवा क्लबलाई पेनाल्टी सुटआउटमा २–४ गोल अन्तरले हराउँदै राजावास फाईनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट लिइएको हो । सगरमाथाका लागी जर्सि नं. ११ का निश्चल मोक्तान, जर्सि नं. ८ का देवराज चौधरी, जर्सि नं. ७ का सनिष लिम्बु र जर्सि नं. ३ का रमेश राजवंशीले गोल गरे । त्यस्तै बेल्टारका लागी जर्सि नं. १३ का सागर राई र जर्सि नं. ९ का विश्वास राईले गोल गरे भने जर्सि नं. ११ का कप्तान सरद राई र जर्सि नं. ४ का मनिक राईको प्रहार गोल रक्षकले रोकेका थिए । यस खेलको म्यान अफ द म्याच सगरमाथा फुटबल क्लबका जर्सि नंं २० का...

दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिता : सप्तरीलाई हराउँदै दमौटी सेमिफाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा जारी दोस्रो स्वर्गीय युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको चौथो खेलमा दमौटी फुटबल क्लब बिजयी भएको छ । मंगलबार बगाहाको खेल मैदानमा भएको खेलमा दमौटीले सप्तरीलाई २–० गोल अन्तरले हराएको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको १८ औं मिनेटमा जर्सि नं. ११ का कप्तान पविन राईले हेडिङ मार्फत गोल गर्दै दमौटीलाई आग्रता दिलाएका थिए भने २५ औँ मिनेटमा जर्सि नं ७७ का प्रताप राईले दमौटीका लागी दोस्रो गोल गरे । यस खेलको म्यान अफ द म्याच दमौटीका जर्सि नं ७७ का खेलाडी प्रताप राई बने । उनले १ हजार नगद सहित फ्लेक्स र मेडल प्राप्त गरे । दमौटी फुटबल क्लब सेमिफाईनल प्रवेश गरेसँगै सेमिफाईनल पुग्ने चार वटै टिमको टुङ्गो लागेको छ । यस अघि सगरमाथा फुटबल क्लब राजावास, फ्युजन फुटबल क्लब बोक्से र बेल्टार एकता युवा क्लबले सेमिफाईनलमा स्...
दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिता : सिन्धुलीलाई हराउँदै बेल्टार सेमिफाईनलमा

दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिता : सिन्धुलीलाई हराउँदै बेल्टार सेमिफाईनलमा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ५ । त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा जारी दोस्रो स्वर्गिय युवराज (कौलाश) राई फुटबल प्रतियोगिता २०८१ को तेस्रो खेलमा बेल्टार एकता युवा क्लब बिजयी भएको छ । बगाहाको खेल मैदानमा सोमबार दिउँसो भएको खेलमा बेल्टार एकता युवा क्लबले दुुधौली स्पोर्टस (सिन्धुली) लाई २–१ गोलले हराएको हो । खेलको ६ औं मिनेटमा जर्सि नं. १० का निश्चल विश्वकर्माले गोल गर्दै बेल्टारलाई आग्रता दिलाएका थिए भने खेलको १५ औं मिनेटमा जर्सि नंं १७ का सुनिल दनुवारले गोल गर्दै दुधौलीलाई खेलमा फर्काएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो हाफको २२ औँ मिनेटमा जर्सि नं. २३ का जेबी राईले बेल्टारका लागी बिजयी गोल गरे । यस खेलको म्यान अफ द म्याच बेल्टारको जर्सि नं. २३ का खेलाडी जेबी राई बने । उनले नगद रु. १ हजार सहित फ्लेक्स, मेडल प्राप्त गरे । यस जित सँगै बेल्टार सेमिफाईनलमा प्रवेश ...
चीनको अल्ट्रा ट्रेल रेसमा सुनमायाले जितिन् किर्तिमानी उपाधि

चीनको अल्ट्रा ट्रेल रेसमा सुनमायाले जितिन् किर्तिमानी उपाधि

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ५ । नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले चीनको निन्घाई बाई युटिएमबी अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छिन् । शनिबार सम्पन्न प्रतियोगितामा उनले ६० किलोमिटरको दूरी ५ घण्टा ४० मिनेट ३ सेकेन्डमा पूरा गरिन् । "ट्रेल अमेजिङ थियो। मैले रेस एकदम इन्जोए गरें। धेरै समर्थकहरु चियर गरिरहेका थिए। म एकदमै खुशी छु," विजेता बुढाले प्रतिक्रिया दिइन् । प्रतियोगितामा इस्टर सिलाङ ६ घण्टा ५ मिनेट ३७ सेकेन्डको समयसहित दोस्रो र रुक्षफाङ चोउ तेस्रो स्थानमा रहिन् । पछिल्लो समय अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा सक्रिय बुढाले यसअघि गत चैतमा चीनकै गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् । उनी युरोपका विभिन्न राष्ट्रमा आयोजित ट्रेल रेस प्रतियोगितामा समेत सहभागी भइसकेकी छिन् ।...
दोस्रो स्व. कौलाश (युवराज) राई फुटबल प्रतियोगिता : बगाहामाथि फ्युजन विजयी

दोस्रो स्व. कौलाश (युवराज) राई फुटबल प्रतियोगिता : बगाहामाथि फ्युजन विजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ४ । उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहामा जारी दोस्रो स्वर्गीय कौलाश (युवराज) राई फुटबल प्रतियोगिता २०८१ को दोस्रो खेलमा आयोजक बगाहा युवा समुहमाथि फ्युजन फुटबल क्लब बोक्सेले विजयी हासिल गरेको छ । आईतबार दिउँसो भएको खेलमा फ्युजनले बगाहालाई १–० गोल अन्तरले हराएको हो । फ्युजनको लागी खेलको २ औँ मिनेटमा जर्सि नं. १० का दिवश राईले गरेको गोल नै जितको लागी निर्णायक गोल बन्यो । यस खेलको म्यान अफ द म्याच फ्युजनका जर्सि नं. १० का खेलाडी दिबश राई बने । उनले नगद रु. १ हजार सहित फ्लेक्स र मेडल प्राप्त गरे । भोली (सोमबार) बेल्टार एकता युवा क्लब बिरुद्ध दुधौली स्पोर्टस क्लब सिन्धुली बिच खेल हुनेछ । यस प्रतियोगिताको विजेताले रु. ५१ हजार र उपविजेताले रु. ३१ हजार नगदसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । स्व. कैलाश राई युवा फुटबल खेलाडीहरुमाझ लोकप्रिय थिए । फुटवलमा रुची राख्ने राईको कामको ...
गाईघाट कोरा च्यालेन्ज २०२४ सम्पन्न

गाईघाट कोरा च्यालेन्ज २०२४ सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, ३ कार्तिक । उदयपुरमा गाईघाट कोरा च्यालेन्ज २०२४ सम्पन्न भएको छ । शनिवार गाईघाट पिपलचोक देखी सुरु भएको छैँठौ संस्करणको कोरा च्यालेन्ज ढिम्की रत्न रिसोर्टमा आएर सम्पन्न भएको हो । असोज १२ गते सनिवारका दिन गर्ने भनिएको उक्त च्यालेन्ज बर्षा र प्राविधिक समस्याले रोकिएको थियो । सोही कार्यक्रमलाई कार्तिक ३ गते शनिवार सम्पन्न गरिएको आयोजक जिल्ला साईकलिङ संघ उदयपुरले जनाएको छ । संघका अध्यक्ष माधव बानियाका अनुसार साईकलिङ संस्कृतिको बिकास र महत्व दर्साउँदै जिल्लाको पर्यटकीय स्थानहरुलाई प्रवद्र्धन गर्ने उदेश्य सहित गाईघाट कोरा च्यालेन्जको आयोजना गर्दै आएको हो । उदयपपुरमा सन २०१९ देखी सुरु गरिएको कोरा च्यालेन्ज हरेक बर्ष गर्दै आईरहेको छ । यस पटक गाईघाट परिक्रमा सँगै मोतिगडा, बगाहा, जलजले, चुहाडे, खाटमन्दीर, राजावास गैरुन, आँखा हस्पिटल बोक्से हुँदै ढिम्की मन्दिर नजिक रहेको रत्न रिसोर्ट...
हलेसीको दुर्छिममा बोसे–आराखा फुटवल प्रतियोगिता हुँदै

हलेसीको दुर्छिममा बोसे–आराखा फुटवल प्रतियोगिता हुँदै

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, २ कार्तिक । खोटाङको हलेशी तुवाचुङ नगरपालिका ५ गणेश्टारमा दोस्रो “बोसे–आराखा” (७ब्) साईड नकआउट वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । यहि कार्तिक ६ गतेबाट सुरु हुने उक्त प्रतियोगिताको आयोजना किरात युवा समाज हलेशी तुवाचुङ नगरपालिका ५ दुर्छिमले गरेको हो । आफ्नो भाषा संस्कार संस्कृति र पहिचान सँगै स्थानीय खेलाडीहरुलाइ प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको खेल व्यवस्थापक अन्जिलहाङ राईले जनाए । राईका अनुसार कार्तिक ९ गते सम्म चल्ले प्रतियोगिताको बिजेता टिमले नगद रु २० हजार बराबरको सँुगुर (बोसे) दुई कठुवा रक्सी (आराखा) र प्रमाण पत्र पाउने छन भने दोस्रो हुने टिमले १५ हजार नगद बराबरको सुङगुर (बोसे) दुई कठुवा रक्सी (आराखा) र प्रमाण पत्र पाउनेछ । यस्तै सेमिफाईनल पुग्ने टिमले पनि २५ सय बराबरको भाले (वापा) दुई कठुवा आराखा र प्रमाण पत्र पाउने व्यवस्थापक राईले जनाएको ...
बगाहामा कार्तिक ३ देखी स्व. कैलास राई स्मृति फुटवल प्रतियोगिता हुने

बगाहामा कार्तिक ३ देखी स्व. कैलास राई स्मृति फुटवल प्रतियोगिता हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, १ कार्तिक । दोस्रो स्वर्गिय युवाराज (कैलाश) राई स्मृति फुटवल प्रतियोगिता यहि कार्तिक ३ गतेबाट सुरु हुने भएको छ । बगाहा युवा समूहको आयोजनामा बगाहा खेलमैदान स्थित शनिवारदेखी प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सिराहा सिन्धुली लगायत ख्याति प्राप्त ८ ओटा टिमले सहभागी जनाउने छ । उक्त टिमबारे आयोजकले टाईसिटनै सार्वजानिक गरिसकेको छ । त्रियुगा नगरपालिका ४ बगाहा निवासी स्व. कैलाश राई युवाहरु प्रति लोकप्रिय फुटवल खेलाडी थिए । फुटवलमा रुची राख्ने राईको कामको शिलशिलामा करेन्ट लागी मृत्यु भएको थियो । राईको खेल इच्छा र आफ्नो ठाउँमा खेलाडी उत्पादन सँगै फुटवल प्रतिको योगदान स्वरुप गत बर्षबाट प्रतियोगिता सुरु गरिएको थियो । सोही अनुसार प्रतियोगितालाई निरन्तरता दिन दोस्रो प्रतियोगिता तयार भएको छ । प्रतियोगिताको बिजेता टोलीले ५१ हजार र दोस्रोले ३१ हजार नगदसहित सिल्ड र प्रमाण पत्र पाउनेछ ।...
धरान खुल्ला ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधी चन्द र तामाडकाे जाेडीले चुमे

धरान खुल्ला ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधी चन्द र तामाडकाे जाेडीले चुमे

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असाेज २० । धरान खुल्ला ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधी त्रिभुवन आर्मी ब्लवका  हिमाल चन्द र भाेजपुरका विशाल तामाङकाे जाेडीले चुमेकाे छ । धरान ब्याडमिन्टन क्लवकाे आयाेजनामा अमरहाट स्थित अमर सेवा समाजकाे हलमा तीनदिनसम्म सञ्चालन भएकाे प्रतियाेगिताकाे आज सम्पन्न फाईनल खेलमा एपीएफका क्षितिज खनाल र देवराज रमनाकाे जाेडीलाई पछि पार्दै चन्द र तामाङकाे जाेडीले उपाधी जितेकाे हाे । दुबै फाईनलिष्ट टिमबीच राेचक र प्रतिष्पर्धी खेल हुँदा  डिसाईडिङ खेलमा साे जाेडीले जित हात पारेकाे हाे । प्रतियाेगितामा भेट्रान्स (४५+) मा देववहादुर गुरुङ(तनहु) र सम्भु श्रेष्ठ (कास्की) काे जाेडी प्रथम भएकाे छ । उत्तम सिम्खडा र श्रवण चाैधरीकाे जाेडी दाेस्राे भए । तेस्राे सन्ताेष कटुवाल/भजनलाल चाैधरीकाे जाेडी र धनबहादुर लिम्बू/राम याेन्जनकाे जाेडी भए । भेट्रान्स (५५+) मा उत्तम सिम्खडा र सञ्जय भक्तराजकाे जाेडी...
बर्षाका कारण नारदमुनि गोल्डकपको मिति सर्यो

बर्षाका कारण नारदमुनि गोल्डकपको मिति सर्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, १४ असोज । यहि असोज १७ गतेबाट उदयपुरको बसाहामा आयोजना हुन लागेको १० औँ नारदमुनी थुलुङ स्मृति गोल्डकप आगामी माघ २२ गतेदेखी हुने भएको छ । लगतारको बर्षाका कारण खेलाडी र खेलमा असर पुगेको भन्दै माघ २२ गते लाई सारिएको आयोजकले जनाएको छ । यो बिपत्तिमा खेलाडीहरुलाई मैदान सम्म आउजाउग गर्न असहज हुने भन्दै तत्काललाई खेल स्तगित गरिएको हो । खेलका लागि आयोजकबाट सबैखाले तयारी पुरा भएको भएपनि अचानक आएको बर्षाले असर पारेको थियो ।...