Saturday, August 15News That Matters

खेलकुद

एसिसी महिला इमर्जिङ टिम्स एसिया कपको समुह चरणबाटै बाहिरियो नेपाल

एसिसी महिला इमर्जिङ टिम्स एसिया कपको समुह चरणबाटै बाहिरियो नेपाल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार २ । नेपाल एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समुह चरणबाटै बाहिरिएको छ । नेपालको दुई खेल लगातार वर्षाका कारण रद्ध भएपछि समुह चरणबाटै बाहिरिएको हो । सेमिफाइनल पुग्न सकेन् । समुह चरणको पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको नेपालको भारत ‘ए’ सँगको दोस्रो खेल बर्षका कारण रद्ध भएको थियो भने शनिबार घरेलु टोली हङकङविरुद्धको तेस्रो खेल पनि बर्षाका कारण रद्ध भएपछि नेपालको सेमिफाईनल पुग्ने लक्ष्य समाप्त भएको हो । तीन खेलबाट दुई अंक जोडेको नेपाल तेस्रो स्थानमा सीमित बन्यो। यो समूहबाट भारत र पाकिस्तान सेमिफाइनल पुगेका छन्। यो प्रतियोगितामा सिधै छनोट हुन नसकेको नेपालले थाइल्याण्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि अन्तिम समयमा अवसर पाएको थियो । यस्तै समूह बी बाट श्रीलंका ए र बंगलादेश ए सेमिफाईनलमा पुगेका छन् भने युएई र मलेसिया समूह चरणबाटै बाहिरिएको छ । सेमिफाइनलका ख...
इटलीलाई पछिपार्दै नेशन्स लिगको फाईनलमा स्पेन

इटलीलाई पछिपार्दै नेशन्स लिगको फाईनलमा स्पेन

खेलकुद, समाचार
पूर्णपुष्टि,असार १ । यूईएफए नेशन्स कप फुटबल प्रतियोगितामा सब्सिच्युट खेलाडी जोसेलुले खेल सकिन दुई मिनेट बाँकी छँदा निर्णायक गोल गरेपछि इटलीलाई २–१ ले पराजित गर्दै स्पेन युइएफए नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ । स्पेनले बिहीबार राति खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इटालीलाई २—१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । स्पेनले अब उपाधिका लागि क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले पहिलो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । नेदरल्याण्ड्सको डे ग्रोस भेस्टेमा भएको खेलको तेस्रो मिनेटमै यरेमी पेनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर ११औं मिनेटमै इटलीका सिरो इम्मोबाइलले पेनाल्टीमा गोल गर्खै खेल बराबरी गरे । २१औं मिनेटमा इटलीका डेभिड फ्राटेसीले गोल गरे पनि भिएआरले मान्यता दिएन । ८८औं मिनटमा जोसेलुले गोल गर्दै स्पेनलाई २(१ को जित दिलाए । उनी ८४औं मिनेटमा ...
नेदरल्याण्ड्सलाई हराउँदै क्रोएसिया नेसन्स लिगको फाइनलमा

नेदरल्याण्ड्सलाई हराउँदै क्रोएसिया नेसन्स लिगको फाइनलमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ ३२ । क्रोएसिया नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा घरेलु टिम नेदरल्यान्ड्सलाई २–४ गोलको हराउँदै क्रोएसियाले फाईनलमा स्थान बनाएको हो । ब्रुनो पेटकोभिच र लुका मोडरिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसिया उपाधि नजिक पुगेको हो । डे कुइप स्टेडियममा भएको खेलको ३४ औं मिनेटमा डोनयाल मालेनले गोल गर्दै नेदरल्याण्डलाई आग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा क्रोएसियाका आन्द्रे क्रमारिचले पेनाल्टीमा बराबरी गोल फर्काए भने ७२ औं मिनेटमा मारियो पासालिचले गोल गरेपछि क्रोएसियाले २–१ को अग्रता लिएको थियो । खेलको इन्जुरी टाइममा नेदरल्याण्ड्सका नोया लाङले गोल गरेपछि खेल २–२ को रोमाञ्चक स्थितिमा पुगेको थियो । तर, एक्स्ट्रा थप गरिएको समयको ९८ औं मिनेटमा पेटकोभिचले र ११६ औ मिनेटमा मोडरिचले गोल गरेपछि क्रोएसियाले जित हात पारेको हो । अब आईतबार क्रोएसिय...
नेदरल्यान्ड्सलाई पाखा लगाउँदै क्रोएसिया नेसन्स लिगको फाइनलमा

नेदरल्यान्ड्सलाई पाखा लगाउँदै क्रोएसिया नेसन्स लिगको फाइनलमा

खेलकुद, समाचार
पूर्णपुष्टि,जेष्ठ ३२ । ब्रुनो पेटकोझिच र लुका मोडरिचले अतिरिक्त समयका गरेको गोलमा क्रोएसियाले बुधबार नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गर्दै नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । खेलको ३४ मिनेटमा मालेनको गोलबाट नेदरल्यान्ड्सले अग्रता लिएको थियो। क्रोएसियाका क्रामारिकले ५५ मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे। ७२ मिनेटमा पासालिकले गोल गरेपछि क्रोएसियाले २-१ को अग्रता लियो। तर दोस्रो हाफको इन्जुरी टायमम लाङले गोल गरेपछि नेदरल्यान्ड्सले खेलमा २(२ को बराबरी गर्न सफल भएको थियो। एक्स्ट्रा समयमा धकेलिएको खेलमा क्रोएसियाका लागि पेट्कोभिकले ९८ मिनेटमा र लुक मोड्रिचले ११६ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । फाइनलमा पुगेसँगै क्रोएसिया पहिलो ठूलो उपाधि नजिक पुगेको छ। अब क्रोएसियाले आइतबार फाइनलमा इटाली वा स्पेनसँग खेल्नेछ। जबकी नेदरल्यान्ड्सले तेस्रो स्थानको प्लेअफ खेल्नु पर्नेछ ।...
ताप्लीमा भएको अध्यक्ष कप भलिवलमा झापा बिजयी

ताप्लीमा भएको अध्यक्ष कप भलिवलमा झापा बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ३२ जेष्ठ । ताप्ली गाउँपालिकामा भएको अध्यक्ष कप पुरुष भलिवल प्रतियोगितामा झापा दमक बिजयी बनेको छ । ताप्ली गाउँपालिका ए लाई ३–१ को सेटमा पाराजित गर्दै दमक बजयी बनेको हो । आयोजक ताप्ली प्रतियोगिताको दोस्रो बन्न सफल भएको छ । यता हलेसी तुवाचुङ नगरपालिका तेस्रो बनेको छ । यस नगरपालिकाले त्रियुगा नगरपालिकालाई हराउँदै तेस्रो स्थान सुरक्षित गरेका थिए । प्रतियोगिताको बिजयी टिम दमक नरपालिकाले नगद १ लाख ५१ हजार १११ सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो टिम ताप्लीले नगद १ लाख ११ हजार १११ सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे यता तेस्रो हलेसी तुवाचुङ नगरपालिकाले ५१ हजार १५१ रुपैयाँ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको हो । ताप्ली युवा तथा खेलकुद बिकास समितीको आयोजना र ताप्ली गाउँपालिकाको सहयोगमा संचालन खेल सोमवार बाट सुरु भएका थिए । प्रतियोगितामा प्...
मैत्रीपूर्ण खेलमा आज नेपाल र फिलिपिन्स खेल्दै

मैत्रीपूर्ण खेलमा आज नेपाल र फिलिपिन्स खेल्दै

खेलकुद, समाचार
पूर्णपुष्टि,जेष्ठ ३२ । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज फिलिपिन्ससँग खेल्दैछ । नेपालले घरेलु टोली फिलिपिन्ससँग उसैको मैदान रिजल मेमोरियलमा खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ । भारतमा आयोजना हुने १४औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप आगामी असारको पहिलो साता भारतको बेंगलुरुमा सुरु हुनेछ । साफ च्याम्पियनसिप भारतको बेङ्गलुरुमा असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बङ्लादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स सहभागी हुँदैछन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्न लागेका हुन् । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।...
ग्लोबल टी २० लिगमा सन्दीप र दीपेन्द्र छनोट

ग्लोबल टी २० लिगमा सन्दीप र दीपेन्द्र छनोट

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ । ग्लोबल टी २० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछाने र दीपेन्द्रसिंह ऐरी छनोट भएका छन् । क्यानडामा हुन लागेको तेस्रो संस्करणको ग्लोबल टी–२० प्रतियोगिताको लागी मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो । सन् २०१८ मा पहिलो र सन् २०१९ मा दोस्रो संस्करण आयोजना भएयता प्रतियोगिता संचालन हुनसकेको थिएन । तेस्रो संकरणको प्रतियोगिता आउने जुलाइ २० देखि सुरु हुनेछ । नेपालबाट सोमपाल कामी र सन्दीपले यसअघि नै यो प्रतियोगिता खेलिसकेका छन् भने दीपेन्द्रले पहिलोपल्ट विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । सन्दीपले पहिलो संस्करणमा मोन्टरियल टाइगर्स र दोस्रो संस्करणमा टोरन्टो नेशनल्सबाट खेलेका थिए । सन् २०१९ मा सोमपालले विन्नीपेग हकका लागि खेलेका थिए ।...
नेपाली फुटबलर सावित्रा युरोपेली क्लबमा अनुबन्धन

नेपाली फुटबलर सावित्रा युरोपेली क्लबमा अनुबन्धन

खेलकुद, समाचार
पूर्णपुष्टि,जेष्ठ ३१ । नेपाली राष्ट्रिय फुटबल टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारी युरोपेली क्लबमा अनुबन्धन भएकी छिन् । सावित्राले आफू इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा आबद्ध भएको जानकारी दिएकी छिन् । क्लबले सामाजिक सञ्जाल फेसबुकमा सावित्रालाई बधाई दिँदै उनलाई अनुबन्ध गर्न पाउनु गर्वको कुरा भएको उल्लेख गरेको छ । सावित्राले यसअघि भारत, माल्दिभ्सका क्लबबाट खेले पनि पहिलो पटक युरोपेली क्लबबाट खेल्न लागेकी हुन् । उनले आफ्नो लामो समयदेखिको सपना पूरा हुन थालेकोमा निकै उत्साहित रहेको पनि बताएकी छिन् । केही हप्ताअघि भारतमा सम्पन्न भारतीय शीर्ष महिला लिगमा सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम केरालालाई उपाधि दिलाएकी थिइन् ।...
महिला इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित

महिला इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ ३० । इमर्जिङ टिम्स कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ९ रनले हराएको छ । हङकङमा जारी महिला इमर्जिङ टिम्स कपमा आज भएको खेलमा पाकिस्तनाले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन बनाएको हो । नेपालका २ जना बाहेक अरु ब्याटरले दोहोर अंकमा रन बनाउन नसक्दा नेपाल पराजित भयो । ओपनर कविता कुँवर २० रनमा आउट भइन् भने कविता जोशीले नटआउट १५ रन बनाइन् । यसअघि नेपालले राम्रो बलिङ गर्दा पाकिस्तान १९.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो । नेपालका लागि इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २र२ विकेट लिए । इन्दुले लगातार २ बलमा २ विकेट लिइन् । पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । २० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर...
उदयपुरको ताप्लीमा अध्यक्षकप भलिबल प्रतियोगिता आज देखि सुरु

उदयपुरको ताप्लीमा अध्यक्षकप भलिबल प्रतियोगिता आज देखि सुरु

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि,जेष्ठ २९ । जिल्लाको ताप्ली गाउँपालिकामा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यका साथ अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता आज देखि सुरु भएको छ । आज देखि तीन दिन सम्म सञ्चालनमा रहने प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष ढुङराज विश्वकर्माले गरेको हो । ताप्ली युवा तथा खेलकुद बिकास समितिको आयोजनामा र गाउँपालिकाको सहयोगमा आजबाट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ६ ओटा टिम सहभागी भएका छन् । दमक नगरपालिका झापा १, हलेसी तुवाचुङ नगरपालिका, त्रियुगा नगरपालिका र उदयपुरको ताप्ली गाउँपालिकाको तिन टिम विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता हुने टिमले नगद १ लाख ५१ हजार एक सय ११ सहित सिल्ड र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद १ लाख १ हजार एक सय ११ र तेस्रो हुनेले ५१ हजार १ सय एघार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको ...