निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागी दल दर्ता आह्रवान
पूर्णपुष्टि, चैत ७ । निर्वाचन आयोगले उपनिर्वाचनको लागी दल दर्ता आह्रवान गरेको छ । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागी आयोगले दल दर्ता आह्रवान गरेको हो ।
आयोगले सार्वजनिक गरेको सूचनामा विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको छ । प्रतिनिधि सभा सदस्यका लागि तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रपतिमा काग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भईसकेका छन् ।...









