Sunday, August 30News That Matters

राजनीति

पशुपति चाैधरीकाे नेतृत्वमा  जिल्ला अनेम संघ समाजवादी

पशुपति चाैधरीकाे नेतृत्वमा जिल्ला अनेम संघ समाजवादी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २९ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी १ नम्बर प्रदेश अध्यक्ष बलदेव चौधरीले महिलाहरूको सहभागिता बिनाको कुनै पनि कार्यक्रम खल्लो हुने र महिलाहरू राजनीतिमा अघि नआएसम्म देशको विकास नहुने दाबी गरेका छन । उनले यो दाबी अखिल नेपाल महिला संघ समाजवादीको गाईघाटमा भएको अखिल नेपाल महिला संघ समाजवादी उदयपुरको पहिलो जिल्ला स्तरीय महिला भेलामा गरेका हुन । भेलाले पशुपति चौधरीको नेतृत्वमा ९१ सदस्य जिल्ला कमिटीको चयन गरेको छ । कमिटीको वरिष्ठ उपाध्यक्षमा देबीमाया कटुवाल र उपाध्यक्ष भगवती कार्की साबित्रा दनुवार सचिव उष्मा राई सह सचिव बिमला कार्की कोषाध्यक्ष शकुन्तला बिक रहेका छन । त्यसैगरी भेलाले ५१ सदस्यीय त्रियुगा नगर कमिटीको पनि चयन गरेको छ । रिना रोक्काको अध्यक्षतामा उपाध्यक्ष मैयाँ कटवाल र चाँदनी चौधरी सचिवमा तारा श्रेष्ठ वडा ९ र सहसचिव अर्चना चौधरी र कोषाध्यक्ष बिनिता राई रहेका छन...
२७ ओै जनयुद्ध दिवसमा गाईघाटमा दिप प्रज्वलन र काेणसभा हुने

२७ ओै जनयुद्ध दिवसमा गाईघाटमा दिप प्रज्वलन र काेणसभा हुने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २९ । नेकपा (माओवादि केन्द्र), त्रियुगा नगर कमिटिले आईतबार २७ ओैं  जनयुद्ध दिवस गाईघाटमा मनाउने भएकाे छ । नगर कमिटि पदाधिकारिकाे आज बसेकाे बैंठकले दिउसाे ४:०० बजे भब्यरुपले दिवस मनाउने निर्णय गरेकाे नगर अध्यक्ष गिता खड्का (कार्की)ले बताईन् । अध्यक्ष कार्कीका अनुसार गाईघाटकाे पिपलचाैकमा दिप प्रज्वलन तथा काेण सभा गरि दिवस मनाईने छ  ।  दिवसकाे अबसरमा २०५२ साल फागुन १ गते सुरु भएकाे नेपालकाे जनयुद्ध र त्यसले ल्याएकाे आमूल परिवर्तनकाे सम्झना र समीक्षा गरिनुका साथै सहिदहरुकाे सम्झना, अपाङ्ग र सहिद परिवारहरुकाे सम्मान गरिने जनाईएकाे छ ।...
गाईघाटमा ६ दलले गरे एमसीसीको चर्को बिरोध, ५५ करोड डलरमा राष्ट्र बेच्न  खोजेको आरोप

गाईघाटमा ६ दलले गरे एमसीसीको चर्को बिरोध, ५५ करोड डलरमा राष्ट्र बेच्न खोजेको आरोप

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २५ पछिल्लो समय नेपालमा एमसीसीको चर्को विरोध आलोचना हुँदै गर्दा गाईघाटमा पनि ६ ओटा पार्टीहरुले यसको चर्को विरोध गरेको छ । ५५ अर्बमा देश बेच्न लागेको भन्दै उनिहरुले चर्को विरोध गरेको हो । नेपाल कम्युनिष्ट पार्टी, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणत्रान्त्रिक मोर्चा, नेपाल, र बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले मंगलबार एमसीसी बारे गाईघाटको पिपलचोकमा कोण सभा गर्दै बिरोध गरेको हो । बिरोधमा उनिहरुले एमसीसी जनताहरुको इच्छा विपरित राष्ट्रघाती रहेको भन्दै यसलाई तत्काल ख्यारेजको माग राखेको छ । उनिहरुले देशको वेरुजु हेर्ने हो भने १० खर्ब बढी भ्रष्ट देखिने त्यस्को छानविन चै नगर्ने तर अमेरीकाको राष्ट्रघाती ५५ अर्ब डलर चै सरकारले भित्र्याउने भन्दै यो मान्ने नहुने जनाए । पार्टीहरुले जनताहरुलाई अन्याय हुने त्यस्ता एमसीसी पास नगर्न सरकारलाई अनुरोध गर्द...
राप्रपा बाट अलगिए पूर्व अध्यक्ष कमल थापा

राप्रपा बाट अलगिए पूर्व अध्यक्ष कमल थापा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २५ राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले पार्टी बाट अलग भएको निर्णय गरेको छ । थापाले पार्टीमा रहने चाहाना हुँदा हुँदै पनि आफ्नो कुनै पनि कुराहरु सुनुवाई नभएको भन्दै पार्टी छाड्ने निर्णण गरेको प्रेस विज्ञाप्तीमा उल्लेख गरेको छ । मंगलबार हेटौंडा पुगेका थापाले पत्रकार सम्मेलन गरी आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् । ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। यसअघि सोमबार उनले आफूपक्षीय नेताको भेला गरेर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने बताएका थिए। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टी म...
प्रदेश १ को उर्जा तथा सिँचाई मन्त्रीमा खोटाङका रामकुमार राई (पासाङ ), ११ बजे सपथ

प्रदेश १ को उर्जा तथा सिँचाई मन्त्रीमा खोटाङका रामकुमार राई (पासाङ ), ११ बजे सपथ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २३ खोटाङका रामकुमार राई (पासाङ) प्रदेश नं १ को खानेपानी तथा खाने पानी ऊर्जा तथा सिँचाइ बन्ने भएको छ । राईले आजै ११ बजे सपथ लिने तयारी भएको छ । प्रदेश १ ले मन्त्रिपरिषद विस्तार गरे सँगै माओवादी केन्द्रको कोटा बाट राई उर्जा तथा सिँचाई मन्त्री बन्न लागेको स्रोतले जनाएको छ । अब बन्ने मन्त्रीहरु सँगै प्रदेश १ मा १३ ओटा मन्त्रालयहरु बन्ने छ । यस अघि ७, १२ हुँदै पफेरी एक थपेर १३ पुराईएको छ । यस्तै आज विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । पाँच दलीय गठबन्धन भित्रको नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवानिकट प्रदेश सांसद प्रकाशप्रताप हाङ्गाम र शेखरचन्द्र थापा, कृष्णप्रसाद सिटौलानिकट ओमप्रकाश सरावगीको मन्त्रीका लागि नाम तय भएको छ । शेखर वन, वातावरण तथा भूसंरक्षण मन्त्री, ...
परिमार्जन नगरी एमसीसी पास गर्न नमिल्ने माओवादी केन्द्रको अडान

परिमार्जन नगरी एमसीसी पास गर्न नमिल्ने माओवादी केन्द्रको अडान

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २३ नेपालमा भित्र्याउन लागेको एमसीसी एथास्थितिमा स्वीकार गर्न नमिल्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनाएको छ । श्रेष्ठले उनले एमसीसी जस्ताको तस्तै स्वीकार गर्न नमिल्ने भन्दै यो अडान पार्टीले निरन्तर राख्ने जनाए । उनले हालको सरकार गठबन्धनको सरकार रहेकाले एमसीसीकै कारण गठबन्धन नटुटोस भन्ने आफुहरुको चाहाना रहेकाले यस्लाई जस्ताको तस्तै स्वीकार नहुने श्रेष्ठले जनाए । उनले अन्य पार्टीहरुले जे भने पनि आफुहरुले भने यसलाई परिमार्ज गरेर मात्र स्वीकार गर्नु पर्ने अडान राखेको जनाए । नेता श्रेष्ठले कांग्रेस पहिले देखीनै यसलाई जस्ताको तस्तै स्वीकार गर्नु पर्ने पक्षमा रहेको समेत जनाए । नेता श्रेष्ठले एमसीसी पास गर्न नमिल्ने भन्ने त हईन तर नेपाल र नेपाली जनताहरुको हितमा छ या छैन् भन्ने कुरालाई अत्यादिक ध्यान दिएर अनुसन्धान गर्नु पर्नेमा जोड गर्न महत्वपूर्ण बिष...
चोरी मुद्धामा दोषी ठहरीएका गैर सांसद लामा मन्त्री बन्दै

चोरी मुद्धामा दोषी ठहरीएका गैर सांसद लामा मन्त्री बन्दै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २१ मुर्ति चोरीको अभियोगमा जेल सजाय भोगेका र गैरसांसद समेत रहेका हुम्लाका माओवादी नेता कार्चेन लामालाई मन्त्री बनाउने तयारी भएको छ । माओवादी केन्द्रले लामालाई कर्णाली प्रदेशको सरकारमा मन्त्री बनाउन लागेको हो । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका अनुसार गैरसांसद ६ महिने मन्त्रीका लागि सिफारिस गरिएको हो । संविधानमा सांसद नभएको व्यक्तिलाई ६ महिना मन्त्री बनाउन सकिने कानुनी छिद्रबाट माओवादीले लामालाई मन्त्री बनाउन लागेको हो । मन्त्री बन्ने तयारीमा रहेका लामाले संविधानले दिएको अधिकारअन्तर्गत आफू मन्त्री बन्न लागेको बताए । ‘ठूला नेताहरूले बनाएको संविधान हो‚’ उनले भने, ‘गैरसासंदलाई ६ महिना मन्त्री हुन पाउने लेखिएको छ ।’ यद्यपी आफूले कैद जीवन बिताए पनि उनले आफूमाथिको अभियोग ९मूर्ति चोरी० सहि नभएको बताए । आफूलाई मन्त्री बनाउन जिल्ला, प्रदेशदेखि केन्द्रसम्म पार...
पूर्वमन्त्री हरिबहादुर बस्नेत चुनाव लड्ने तयारीमा

पूर्वमन्त्री हरिबहादुर बस्नेत चुनाव लड्ने तयारीमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १९ । आगामी संघीय चुनावमा पूर्वमन्त्री हरिबहादुर बस्नेत लड्ने तयारीमा रहेका छन् । आज पत्रकार भेटघाटमा कुरा गर्दै पूर्वमन्त्री बस्नेतले विगतमा चुनाव एकलरुपमै लड्दै आएकोले यस पटक पनि तयारी रहेको बताए । पार्टीले अन्य दलहरुसंग गठबन्धनको निर्णय गरेमा सोही निर्णयलाई मानेर जाने उनको भनाइ छ । भिडियो : https://youtu.be/fr0nl4ajCLU...
ताप्लीमा राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा सईन्द्र राई

ताप्लीमा राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा सईन्द्र राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १८ राष्ट्रिय युवा संघ नेपाल ताप्ली गाउँपालिकाको अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले सईन्द्र राईको अध्यक्षतामा ५३ सदस्यीय कमिटिी समेत गठन गरेको छ । संघका ताप्ली गाउँपालिका इन्चार्ज समिप राईका अनुसार अध्यक्ष राई सहित उपाध्यक्षमा ओम बहादुर मगर, कोषअध्यक्षमा मनिसा मगर, सचीब तिलक बाहादुर मगर, उपसचिव छबिराज राई, र उपसचिव डेनि बुढाथोकी लगायत पदाधिकारी सहित ५३ सदस्यीय कमिटि गठन भएको छ । कार्यक्रम अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघको गरी संयुक्त रुपमा गरिएको थियो । नेकपा एमाले केन्द्रीय सदस्य अम्विका थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । अधिवेशनमा एमाले जिल्ला नेताहरु गंगा राई, महेश्वरी राई मन्दीप राई, उद्धव सिंह थापा, कमलामाया राई, सुवास ज्यु ठकुरी तथा संघका प्रदेश कमिटी उप सचीव समीर चौलागाई, जिल्ला अध्यक्ष बिमल भण्डारी साथै जिल्ला कमिटी पार्टी सदस्यह...
लुम्वीनी प्रदेश राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बिजयी

लुम्वीनी प्रदेश राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बिजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ १२ लुम्वीनी प्रदेशको राष्ट्रिय सभा निर्वाचन बाट गठबन्धनका उम्मेदवारीहरु विजयी भएका छन् । गठबन्धन बाट उम्मेदवारी दिएर चुनाव लडेका काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् । उनीहरुले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् । बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो ।    ...