त्रियुगा नगरपालिका १६ मा विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न
पूर्णपुष्टि, १ असोज ।
त्रियुगा नगरपालिका वडा नं १६ ले आर्थिक वर्ष २०८१र०८२ को वडागत कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक र सांस्कृतिक गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरेको छ । ५० हजार रुपैयाँको बजेटमा वडा भित्रका विद्यालयहरूमा अतिरिक्त कार्यक्रमहरू संचालन गरिएको थियो ।
कार्यक्रममा हाजिरी जवाफ, वक्तृत्वकला, हस्तलेखन र म्युजिकल चेयर प्रतियोगिताहरू समावेश थिए । हाजिरी जवाफमा मावि भोर्ले प्रथम, मावि चिलाउने द्वितीय र मावि भोर्ले तृतीय भए । वक्तृत्वकला प्रतियोगितामा सावित्रा राई मावि चिलाउने प्रथम, करुणा राई मावि भोर्ले द्वितीय र सम्झना बिक चिलाउनें तृतीय, भए । यस प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका २१ जना विद्यार्थीहरूले भाग लिएका थिए ।
हस्तलेखन प्रतियोगितामा कमला मगर मावि भोर्ले प्रथम, बिमिसा तामाङ द्वितीय र प्रतिमा मगर मावि भोर्ले तृतीय भए। यसमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले भाग...









