सामुदायिक विद्यालय नियमित सञ्चालन गर्न मेयर शाहको निर्देशन, बन्द गरेमा कारबाही गर्ने चेतावनी
पूर्णपुष्टि, असार २ । काठमाण्डौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले सामुदायिक विद्यालय बन्द नगरी नियमित सञ्चालन गर्न निर्देशन दिएको छ ।
असार ३ गते देशभरका सामुदायिक विद्यालय बन्द गर्ने भनी केही पत्रपत्रिकामा आएको समाचार प्रति महानगरको ध्यानाकर्षण भएको भन्दै उनले विद्यालय बन्द गरेमा शिक्षक देखी कर्मचारीसम्मलाई कारर्वाही गर्ने समाजिक सञ्जाल मार्फत चेतावनी दिएका छन् ।
उनले फेसबुकमा भनेका छन्‘ नेपाल सरकारले २०६८ जेष्ठ ११ गते विद्यालय क्षेत्रलाई शान्तिक्षेत्र घोषणा गरेकोले कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको जानकारी दिएका हुन् ।’
काठमाडौँ महानगरप...









