Thursday, August 20News That Matters

समाचार

बाढीले पुल बगाएपछि खोटाङवासी पुरानै कष्टकर जीवनमा

बाढीले पुल बगाएपछि खोटाङवासी पुरानै कष्टकर जीवनमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १५ ।  सुनकोसी नदीमा निर्माण गरिएको २२ करोड ६७ लाख लागतको फोक्सिङटार पुल बाढीले बगाएपछि खोटाङवासीको दैनिक जीवन कष्टकर बनेको छ । २०७८ कात्तिक ९ देखि सञ्चालनमा आएको १२० मिटर लामो उक्त पक्की पुलले खोटाङलाई उदयपुर, सुनसरी, मोरङ लगायत तराईका जिल्लासँग जोडेको थियो । पुल निर्माणअघि खोटाङवासीले दैनिक उपभोग्य वस्तुका लागि तीन दिनसम्म हिँडेर उदयपुरको गाईघाट र बेलटार बजार पुग्नुपर्थ्यो । सडक सञ्जालमा नजोडिएकाले जिल्ला पूर्वको 'कालिकोट'को रूपमा चिनिन्थ्यो । तर पुल बनेपछि धरान, विराटनगर, इटहरी, झापा र धनकुटासम्म सजिलै पुग्न सकिन्थ्यो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थ भट्टराईका अनुसार पुल निर्माणले स्वास्थ्य उपचार, उच्च शिक्षा र व्यापार-व्यवसायमा सहजता ल्याएको थियो । साथै पर्यटक आगमन र निजी लगानी पनि बढ्न थालेको थियो । तर तीन वर्ष नबित्दै पुल बगाएपछि जिल्लावासीको खुसी ...
कोशी प्रदेश सरकारको कार्यक्रम कार्यान्वयनमा उदासीनता

कोशी प्रदेश सरकारको कार्यक्रम कार्यान्वयनमा उदासीनता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १५ ।  कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैंले घोषणा गरेका अधिकांश कार्यक्रमहरू कार्यान्वयन नै नभएको पाइएको छ । कार्यालयले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक समीक्षा तथा प्रगति विवरणले यस्तो देखाएको हो । प्रदेश सरकारले मुख्यमन्त्री कार्यालय र मातहतका अन्य कार्यालयका लागि विनियोजन गरेको कुल ५८ करोड ४९ लाख ३५ हजार रुपैयाँमध्ये चालूतर्फ मात्र ३५.६७ प्रतिशत अर्थात् १८ करोड ७९ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ अत्यन्त न्यून २ करोड २४ लाख ७४ हजार रुपैयाँ मात्र खर्च भएको छ । विकास र सुशासनसँग जोडिएका महत्त्वपूर्ण कार्यक्रमहरू कार्यान्वयन नभएको प्रतिवेदनले देखाएको छ । क्षमता विकास कार्यक्रम, कानुनी साक्षरता, सुशासन प्रवर्द्धन सम्बन्धी कार्यक्रम, प्रदेश समन्वय परिषद्को बैठक र नवीनतम सोच खोजी कार्यक्रम जस्ता महत्त्वपूर्ण...
कोशी प्रदेशमा बुधबारदेखि दुई दिन लगातार वर्षाको सम्भावना

कोशी प्रदेशमा बुधबारदेखि दुई दिन लगातार वर्षाको सम्भावना

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १५ ।  बुधबारदेखि कोशी प्रदेशमा दुई दिन लगातार वर्षा हुने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशमा पनि केही प्रभाव पर्ने देखिन्छ । हावापानी विज्ञ डा. धर्मराज उप्रेतीले काठमाडौं उपत्यकामा मंगलबार अपराह्नदेखि नै वर्षाको प्रभाव देखिन सक्ने बताए । उनका अनुसार अघिल्लो वर्षाले कमजोर बनाएको भूमिमा हल्का वर्षा हुँदा पनि पहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ । महाशाखाले यस वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन र यातायात क्षेत्रमा प्रभाव प...
काठमाडौंबाट लामो दूरीका बस सेवा पुनः सुरु

काठमाडौंबाट लामो दूरीका बस सेवा पुनः सुरु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १४ ।  आजदेखि काठमाडौंबाट विभिन्न जिल्लाका लागि लामो दूरीका सार्वजनिक बस सेवा पुनः सञ्चालन हुन थालेको छ । शुक्रबारदेखिको लगातार वर्षा र राजमार्गमा भएका अवरोधका कारण रोकिएका बस सेवाहरू अब क्रमशः सुचारु हुँदैछन् । नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अनुसार अरनिको राजमार्ग बाहेकका अधिकांश जिल्लाका लागि बस सेवा सुरु हुनेछ । बसहरू आज  दिउँसो करिब ४ बजेपछि छुट्न थाल्ने जनाइएको छ । त्रिभुवन राजपथ, पृथ्वीराजमार्ग, नारायणगढ-मुग्लिन र पूर्व-पश्चिम राजमार्ग हुँदै विभिन्न जिल्लामा जाने यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा आउनेछन् । तर, बिपी र अरनिको राजमार्गमा भएको क्षतिका कारण ती मार्गका सवारी सेवाको पुनः सञ्चालन अझै अनिश्चित छ । महानगरीय ट्राफिक प्रहरीले सडकमार्गमा सवारी र यात्रुको सुरक्षा सुनिश्चित गरेर मात्र बसहरू पठाउने जनाएको छ । मौसम र सडकको अवस्था ...
कोशी प्रदेशमा पहिलो लगानी सम्मेलन माघमा हुने

कोशी प्रदेशमा पहिलो लगानी सम्मेलन माघमा हुने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १४ ।  कोशी प्रदेश सरकारले आगामी माघ महिनामा प्रदेशको पहिलो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । माघ ११, १२ र १३ गते हुने यो सम्मेलनको उद्देश्य प्रदेशमा लगानीको वातावरण सिर्जना गर्नु र औद्योगिक विकासको सन्देश दिनु रहेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सम्मेलनको अवधारणा पारित गरी मिति तय गरेको हो । चालू आर्थिक वर्षको बजेटमा यस कार्यक्रमका लागि करिब ३ करोड रुपैयाँ छुट्याइएको छ । प्रदेश लगानी प्राधिकरणले सम्मेलनको समन्वय, सहजीकरण र लगानीका क्षेत्रहरू निर्धारण गर्नेछ । नेपाल, भारत र अन्य देशका लगानीकर्ताहरूलाई सम्मेलनमा आमन्त्रण गरिने योजना रहेको छ । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीका अनुसार सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्य राखिएको छ । सम्मेलनको तयारीका क्रममा प्रदेश सरकारले आवश्यक कानु...
कोशी सहित यी प्रदेशमा बुधबारदेखि वर्षाको सम्भावना

कोशी सहित यी प्रदेशमा बुधबारदेखि वर्षाको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १४ ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान गरेको छ । विशेषगरी कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत चेतावनी दिइएको छ । त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार यो वर्षाको प्रभाव बुधबारदेखि शनिबारसम्म रहने अनुमान छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु मिसिएको कारण यस्तो मौसमी अवस्था सिर्जना भएको विभागले जनाएको छ । यसअघि असोज ११ र १२ गते भएको भारी वर्षाले ठूलो जनधनको क्षति गराएको स्मरण गराउँदै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार अपराह्नदेखि नै कोशी प...
कटारीका बाढी पीडितलाई रेडक्रसको सहयोग

कटारीका बाढी पीडितलाई रेडक्रसको सहयोग

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १४ ।  नेपाल रेडक्रस सोसाइटी कटारीले कटारी नगरपालिका वडा नं. २ का बाढी पीडित कुमार राईलाई राहत सामग्री वितरण गरेको छ । असोज १२ गते शनिबार अविरल वर्षापछि तावा खोलाको बाढीले राईको घरमा क्षति पुर्‍याएको थियो । रेडक्रस सोसाइटी कटारी नगर उपशाखाका सभापति राजिव तामाङको नेतृत्वमा एक टोली राईको घरमै पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो । टोलीमा उपाध्यक्ष प्रमिला श्रेष्ठ र कोषाध्यक्ष दिनेश गिरी लगायत सदस्यहरू सहभागी थिए । राहत सामग्रीमा कम्बल, बाल्टिन, भाँडाकुँडा, साबुन, ओछ्याउने, भात पकाउने भाँडा, आरी, थाल र बटुका लगायतका दैनिक उपयोगका सामानहरू रहेका छन् । रेडक्रसका उपसचिव तिलक कटुवालले यस सहयोगले बाढी पीडित परिवारलाई राहत मिल्ने विश्वास व्यक्त गरे । रेडक्रसले प्राकृतिक प्रकोपबाट पीडित अन्य परिवारहरूलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।...
जापानिज (इन्सेफलाइटिस) रोग सँग लडिरहेका छोरालाई बचाईदिन परिवारको आग्रह

जापानिज (इन्सेफलाइटिस) रोग सँग लडिरहेका छोरालाई बचाईदिन परिवारको आग्रह

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १४ असोज । बेलका नगरपालिका ६ घर भएका १४ बर्षिय सायल राई ४७ दिन देखी जापानिज (इन्सेप्लाईटिस) रोग सँग लडिरहेको छ । बेलका नगरपालिकाको जडाहा स्थित बेलका बोर्डिङ कक्षा ६ मा अध्यानरत सायल यतिवेला रोग सँगको कष्टकर जुधाईमा छ । सायलको उपचारको लागि परिवारले १६ लाख बढी खर्चिसकेको छ । ४७ दिन देखी बिराट टिचिङ हस्पिटलको भेण्डीलेटरमा राखेर उपचार गराईरहेको सायललाई थप उपचार अघि बढाउन आर्थिक समस्या परेको भन्दै परिवारले उपचारमा सघाउन सबैसामु सहयोगको अपिल गरेको छ । जापानिज (इन्सेप्लाईटिस) रोग तथा मतिष्क टिबी रोगले ग्रसित सायलको उपचार सुरुवातदेखीनै भेण्डीलेटरमा राखेर भैरहेको परिवारले जनाए । सायलको काका राज कुमार राईका अनुसार बिरामीको उपचारमा औषधी बाहेक १६ लाख खर्च भैसकेको र थप उपचारको लागि परिवारमा आर्थिक स्रोत नभएकाले सहयोगको अपिल गर्नु परहेको हो । हस्पिटलले बिरामीको रोग प्रतिरोधात्मक क्...
बर्षाका कारण नारदमुनि गोल्डकपको मिति सर्यो

बर्षाका कारण नारदमुनि गोल्डकपको मिति सर्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, १४ असोज । यहि असोज १७ गतेबाट उदयपुरको बसाहामा आयोजना हुन लागेको १० औँ नारदमुनी थुलुङ स्मृति गोल्डकप आगामी माघ २२ गतेदेखी हुने भएको छ । लगतारको बर्षाका कारण खेलाडी र खेलमा असर पुगेको भन्दै माघ २२ गते लाई सारिएको आयोजकले जनाएको छ । यो बिपत्तिमा खेलाडीहरुलाई मैदान सम्म आउजाउग गर्न असहज हुने भन्दै तत्काललाई खेल स्तगित गरिएको हो । खेलका लागि आयोजकबाट सबैखाले तयारी पुरा भएको भएपनि अचानक आएको बर्षाले असर पारेको थियो ।...
प्रहरी दिवस ब्याडमिन्टन प्रतियाेगिता उदयपुरमा माेति र हिमालकाे जाेडी प्रथम, बीतर्फ नरबहादुर र रुपकुमार प्रथम

प्रहरी दिवस ब्याडमिन्टन प्रतियाेगिता उदयपुरमा माेति र हिमालकाे जाेडी प्रथम, बीतर्फ नरबहादुर र रुपकुमार प्रथम

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
उदयपुर, असाेज १३ । ६९ ओैं प्रहरी दिवसकाे अबसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले आयाेजना गरेकाे ब्याडमिन्टन प्रतियाेगिताकाे फाईनल खेलमा ए डिभिजनतर्फ माेति राई र हिमाल  श्रेष्ठकाे जाेडि बिजेता बनेकाे छ । सन्ताेष कटुवाल र विनय चाैधरीकाे जाेडी दाेस्राे बनेकाे छ । फाईनलकाे डिसाईडिङ खेलमा २ अंकले कटुवाल र चाैधरीकाे जाेडिलाई पछि पार्दै राई र श्रेष्ठकाे जाेडी प्रथम भएकाे हाे । बलबहादुर कार्की र साैरभ ठकुरीकाे जाेडी र बादल खतिवडा र गाेबिन्द थापाकाे जाेडी तेस्राे भए । ए डिभिजनतर्फ १६ जाेडाले भाग लिएका थिए । त्यसैगरी बी डिभिजनतर्फ प्रहरीका नरबहादुर राई र रुप कुमार धामीकाे जाेडी प्रथम भएकाे छ । प्रहरी कै प्रकाश बस्नेत र दिपक राईकाे जाेडीलाई पछि पार्दै राई र धामीकाे जाेडी प्रथम भएकाे हाे । प्रकाश र दिपककाे जाेडीले दाेस्राे स्थानमा चित्त बुझाउनु पर्याे ।  प्रहरीका बबिन राई र गणेश बिष्टकाे जाेडा र के...