Thursday, August 13News That Matters

समाचार

कार्य प्रगतीमा अघी बढ्दै उदयपुर जिल्ला अदालत

कार्य प्रगतीमा अघी बढ्दै उदयपुर जिल्ला अदालत

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३२ । उदयपुर जिल्ला अदालतले दुई वर्षभन्दा पुराना मुद्दाको संख्या शून्यमा झार्दै पुराना मुद्दा फछ्र्यौट अभियानलाई सफल बनाएको छ । आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण सार्वजनिक गर्दै अदालतले दुई वर्ष नाघेका फैसला कार्यान्वयनका कुनै पनि मुद्दा बाँकी नरहेको जनाएको हो । अदालतका जिल्ला न्यायाधीश मुकेश उपाध्यायका अनुसार पुराना मुद्दा समयमै टुंग्याउने नीतिले प्रभावकारी परिणाम दिएको छ। उनका अनुसार चालु आर्थिक वर्षमा अदालतले लक्ष्यको १०२ दशमलब ३३ प्रतिशत प्रगति हासिल गरेको छ । हाल १८ महिना नाघेका फछ्र्यौट हुन बाँकी ६ वटा मुद्दा मात्र रहेका छन् । अदालतको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिम्मेवारी सरी आएका र नयाँ दर्तासहित कुल २ हजार ४ सय ८७ मुद्दामध्ये १ हजार ६ सय २९ मुद्दा फछ्र्यौट गरिएको छ, जुन ६७ दशमलब ०२ प्रतिशत हो । अब ८ सय २० मुद्दा मात्र बाँकी रहेका छन् । ...
उदयपुरमा आधाजसो रोपाइ बाँकी

उदयपुरमा आधाजसो रोपाइ बाँकी

Breaking News 2, आर्थिक, समाचार
उदयपुर, असार ३२ । उदयपुरमा असारभरमा ५५ प्रतिशतमात्र धान रोपाइ भएको छ । खडेरीको कारण रोपाइमा ढिलाइ भएको कृषकहरुले बताएका छन् । कृषि ज्ञान केन्द्र उदयपुुरका बालि विकास अधिकृत फुलकुमारी चौधरीका अनुसार जिल्लाको १३ हजार ३२६ हेक्टर वर्षे धानखेत मध्ये रोपाइ हालसम्म ५५ प्रतिशत मात्र भएको हो । असारको अन्तिममा वर्षात भएपछि कृषकहरुले हतारहतार धान रोपेका हुन् । किसानहरुको खेत अझै बाँझो रहेकोले साउनमा बाँकी रोप्ने दाउमा छन् । साउनमा बर्षातले साथ दिए रोपाइ हुने अन्यथा रोपाइ गर्न नसकिने उनीहरुको चिन्ता छ । गतवर्ष ६३ हजार ९७४ दशमलब ८ मेटिकटन धान फलेको थियो । अव उप्रान्त मौसमले साथ दिएमात्र धानको उत्पादन राम्रो हुने आशा किसानहरुको छ । मौसमले साथ नदिए उत्पादनमा ह्रास आउने चिन्ता उनीहरुमा छ । हालसम्मको रोपाइमा कतिपय कृषकहरुले मोटरबाट पानी तानेर रोपाइ गरेको बताएका छन् । आठ पालिका मध्ये सबैभन्दा बढि चार न...
सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल सञ्चालन, अत्याधुनिक स्वास्थ्य सेवाकाे दावी

सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल सञ्चालन, अत्याधुनिक स्वास्थ्य सेवाकाे दावी

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार ३२। उदयपुरको त्रियुगा नगरपालिका–११, असारी रोडमा सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । एक कार्यक्रमका बीच त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले रिबन काटेर अस्पतालको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले नगरवासीलाई गुणस्तरीय र सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्न यस्ता अस्पतालको आवश्यकता रहेको बताउनुभयो। निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको अस्पतालले स्थानीय नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। अस्पतालका सञ्चालकका अनुसार यहाँ आधुनिक प्रयोगशालासहित २४सै घण्टा आकस्मिक सेवा, दैनिक ओपीडी, रेडियोलोजी सेवा, शल्यक्रिया, आईसीयू, स्त्री तथा प्रसूति (गाइनो) सेवा, अर्थोपेडिक सेवा लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछन्। सामाजिक उत्तरदायित्वअन्...
राैतामाइकाे पहिरो क्षतीग्रस्त क्षेत्रमा अवलाेकन, किसानलाई राहत पुर्याउने काेशिस

राैतामाइकाे पहिरो क्षतीग्रस्त क्षेत्रमा अवलाेकन, किसानलाई राहत पुर्याउने काेशिस

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३२ । अविरल वर्षापछि पहिरोले क्षति पुर्‍याएको निर्माणाधीन पुवारे–डुमृथुम्का–रानिवास हुँदै रौतामाई मन्दिर जोड्ने सडक अन्तर्गत पुवारे–डुमृथुम्का खण्डमा तत्काल राहत तथा पुनःस्थापना कार्य गरिएको छ । राैतामाइ गाउपालिका–७ का वडाध्यक्ष मनाेज रानाका अनुसार असार २९ र ३० गतेको वर्षापछि सडक पहिरो जाँदा आसपासका कृषियोग्य जमिनमा क्षति पुगेको थियो । त्यसपछि स्थानीय तह, संघीय सरकारका प्रतिनिधि, पूर्व तथा वर्तमान जनप्रतिनिधि, पत्रकार, कलाकार, सामाजिक अभियन्ता, सामाजिक सञ्जाल प्रयोगकर्ता, समाजसेवी, कर्मचारी, व्यवसायी तथा विभिन्न कार्यालयका प्रतिनिधिहरूको संयुक्त पहलमा प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरिएको हो । टोलीले पहिरोका कारण थुनिएको भल बग्ने खोल्सो तत्काल खुलाउने, खेतमा पुगेको क्षतिलाई न्यून गर्न काल्हा तथा गह्रा निर्माण गरी पानीको उचित निकास मिलाउने कार्य गरेको जनाएको...
‘ध्रुवे’ हात्तीको दाह्रा काटियो

‘ध्रुवे’ हात्तीको दाह्रा काटियो

Breaking News 2, समाचार
पूर्णपुष्टि/चितवन, असार ३२ । मानव–हात्ती द्वन्द्वका कारण चर्चामा रहेको र हालसम्म २५ जनाको ज्यान लिइसकेको जंगली हात्ती ‘ध्रुवे’लाई नियन्त्रणात्मक व्यवस्थापनअन्तर्गत डार्ट गरी यसको दाह्रा काटिएको छ भने घाँटीमा अत्याधुनिक स्याटेलाइट प्रविधिमा आधारित रेडियो कलर जडान गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार बुधबार राति करिब १०:३० बजे निकुञ्जभित्रको सुखिभार पोस्ट नजिक ध्रुवेलाई फेला पारिएपछि सफलतापूर्वक डार्ट गरिएको हो। त्यसपछि यसको घाँटीमा स्याटेलाइट प्रविधिमा आधारित रेडियो कलर जडान गरी दाह्रा काटेर पुनः जंगलमै छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए। गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टाकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ध्रुवेको आक्रमणमा परी मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी तीव्र बनाएको थियो। निकुञ्जका अनुसार जडान गरिएको रेड...
उदयपुरमा खोलामा बगेर बालक बेपत्ता

उदयपुरमा खोलामा बगेर बालक बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३१ । उदयपुरको कटारी नगरपालिका–२ गराँसमा खोलाले एक बालकलाई आज बगाएर बेपत्ता पारेको छ । स्थानीय गणेश स्थानीय चाबा तामाङका ९ वर्षिय छोरा गणेश तामाङलाई खोलाले बगाएर बेपत्ता पारेको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी उपेन्द्र खरेलका अनुसार दिउँसो गराँसस्थित नाराङ्गे (नारायणी) खोला र कमला नदीको दोभानबाट बालकलाई बगाएको हो ।साथीहरूसँग माछा मार्दै पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको थियो । गाउँका पाँच बालबालिका खोलामा गएका थिए । घटनापछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी कार्य गरिरहेको जनाइएको छ ।...
निर्माणाधीन सडकका कारण पहिरो, चार बिघा खेतीयोग्य जमिन पुरियो

निर्माणाधीन सडकका कारण पहिरो, चार बिघा खेतीयोग्य जमिन पुरियो

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३१ । हिजाे बिहानको अविरल वर्षाका कारण उदयपुरको रौतामाई गाउँपालिका–७ मा निर्माणाधीन सडकखण्डमा पहिरो जाँदा स्थानीय कृषकको ठूलो क्षति भएको छ । लहान सडक डिभिजन कार्यालयमार्फत निर्माणाधीन पुवारे–डुमृथुम्का–रानिवास हुँदै रौता मन्दिर निकास जोड्ने सडक अन्तर्गत पुवारे–आपसुता बीचको खण्डमा संरचना निर्माणको काम ढिलाइ हुँदा सडकबाट पहिरो खसेको स्थानीयले बताएका छन् । पहिरोका कारण कम्तीमा चार बिघा खेतीयोग्य जमिन, गाईगोठ, बङ्गुर खोर, फलफूल बगैंचा तथा तरकारीबारी पूर्णरूपमा पुरिएको छ । यसले उक्त जमिन तत्काल खेतीपाती वा अन्य प्रयोजनका लागि प्रयोग गर्न नसकिने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ । रौतामाई गाउँपालिका–७ का वडाध्यक्ष मनोज मगरले निर्माण कार्यमा ढिलाइ र आवश्यक सुरक्षात्मक संरचना समयमै निर्माण नगर्दा ठूलो क्षति भएको भन्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका...
अविरल वर्षाले त्रियुगा–१६ का सडक, विद्यालय र कृषियोग्य जमिनमा ठूलो क्षति

अविरल वर्षाले त्रियुगा–१६ का सडक, विद्यालय र कृषियोग्य जमिनमा ठूलो क्षति

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३१ । गएको तीनदिनमा परेको अविरल वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका–१६ मा सडक, विद्यालय तथा कृषियोग्य जमिनमा व्यापक क्षति पुगेको छ । वडाध्यक्ष मानबहादुर राईका अनुसार वडा कार्यालय जाने मुख्य सडकसहित सुकौरा–वडा कार्यालय सडक, सिदाली–आहाले सडक, बेलदोभान–डिहिटार–अम्बोके सडक, बेलदोभान–जाँते–सिद्रे सडक, सरस्वती–मन्धने–फोक्सिन्टार–वडा कार्यालय सडक तथा सुकौरा–बेंग्री–धौरी सडक वर्षाका कारण क्षतिग्रस्त भएका छन् । वडा कार्यालय जाने मुख्य सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावतमा समेत समस्या भएको छ। यस्तै, माध्यमिक विद्यालय चिलाउने भञ्ज्याङको भवन गेट नजिकैबाट पहिरो खस्दा विद्यालय भवन जोखिममा परेको छ । पहिरोका कारण थप क्षति हुन सक्ने भन्दै स्थानीयमा चिन्ता बढेको छ । अविरल वर्षापछि बरुवा खोला, लाटाङ खोला र शाही खोलामा आएको बाढीले कृषियोग्य जमिन कटान गर्नुका साथै लगाइएको...
रौतहटमा युवकद्वारा आत्मदाहको प्रयास 

रौतहटमा युवकद्वारा आत्मदाहको प्रयास 

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/रौतहट, असार ३१। रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका–९ गमरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। घटनामा उनको घाँटीमुनिको करिब ३१.५ प्रतिशत शरीर जलेको छ। घटनालगत्तै उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। युवकले आत्मदाहको प्रयास गर्नुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।  ...
उद्यमीलाई व्यवसाय प्रवर्द्धनका सहायक सामग्री वितरण

उद्यमीलाई व्यवसाय प्रवर्द्धनका सहायक सामग्री वितरण

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३० । त्रियुगा नगरपालिकाले नगरभित्र रहेका उद्यमी तथा स्वरोजगार व्यवसायीहरूको व्यवसाय प्रवर्द्धन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले व्यवसाय प्रवर्द्धनका सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाले सञ्चालन गरेको उद्यम विकास कार्यक्रमअन्तर्गत विभिन्न पेशा तथा व्यवसायमा संलग्न उद्यमीहरूलाई आवश्यक उपकरण तथा सहायक सामग्री हस्तान्तरण गरिएको हो । सहायक सामग्री कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवार,  नगर प्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले उद्यमशीलताको विकास, रोजगारी सिर्जना तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले वितरण गरिएका सामग्रीको सदुपयोग गर्दै व्यवसायलाई थप विस्तार गर्न उद्यमीहरूलाई आग्रह गर्नुभयो । उपप्रमुख महे...