सरस्वती सामुदायीक बन उपभोक्ताले गर्यो ६८ विपन्न घर परिवारलाई जस्ता वितरण
पूर्णपुष्टि, २१ जेष्ठ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ का श्री सरस्वती सामुदायीक वन उपभोक्ता समूहले विपन्न घर परिवारलाई जस्ता वितरण गरेको छ । समूहको आर्थिक बर्ष २०८१÷०८२ को कार्य योजना अनुसार फुसको छानो विस्थापित गर्ने उदेश्य सहित समूहको ६८ विपन्न घर परिवारलाई आईतबार जस्ता वितरण गरेको हो । समूहका अध्यक्ष टोप बहादुर मगरका अनुसार आईतबार जाँते स्वास्थ्य चौकी परिसरमा जस्ता वितरण गरेको हो । मगरले बर्षेनी सामुदायीक वनको आम्दानीबाट उपभोक्ताहरुलाई आवश्यक कुराहरुमा सहयोग गर्दै आएको बताउनुभयो । वडाअध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधि र कर्मचारी टोली सँगै संञ्चारकर्मीहरु समेतको बृहत उपस्थितिमा जस्ता वितरण गरिएको अध्यक्ष मगर बताउनुभयो ।
समूहका सचिव कोपिला राउत (कार्की) ले ६८ घर परिवारलाई ४० एमएम को ३ बन्डलको दरले २०४ बन्डल हरियो रंगको जस्ता वितरण गरिएको बताउनुभयो । समूहमा रहेका १७०...









