सांगितिक कार्यक्रम मार्फत संसदीय व्यवस्थाको बिरोध
पूर्णपुष्टि,जेष्ठ ५ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव)ले अहिलेको संसदीय व्यवस्था जनतामुखी नरहेको जनाएको छ । शुक्रबार गाईघाटको पिपल चौकमा पार्टी केन्द्रिय समिति सामना जनसङ्गीत अभियान मार्फत यस्तो बताएको हो ।
पार्टीले सांगितिक कार्यक्रम मार्फत सरकारको बिरोध र भ्रष्टचारी सरकारको संज्ञा दिएको छ । देशका ठुला दल कांग्रेस, एमाले माओवादी लगायतका पार्टी सबै भ्रष्ट र दलाल रहेको जनाए । यी रसाजनितिक दलहरुले जनताहरुलाई कहिले उकास्न नसकेको र अब पनि कुनै आश नरहेको पनि जनाए । यी पार्टीहरुले जनताको पिडा र दुखलाई चुनावी भाषन र मसाको रुपमा प्रयोग गरेको जनवादी कलाकार आरोह नेपालीले बताए ।
उनका अनसुार आफुहरुको पिडाको सामाधान गर्ने बाहानामा सत्ता कब्जा गर्दै सत्ताको दुरुपयोग मार्फत उल्टै जनताहरुलाई अन्याय अत्याचार र गरिब बनाउने काम गरेको बताए । कार्यक्रममा बोल्दै आरोहले ‘यी सबै दलका नेताहरु भ्रष्टचारमा ल...









