Friday, May 8News That Matters

समाचार

अधिकारसम्पन्न सतर्कता केन्द्र बनाउने योजना अलपत्र, अनुचित कार्य नियन्त्रणमा समस्या

अधिकारसम्पन्न सतर्कता केन्द्र बनाउने योजना अलपत्र, अनुचित कार्य नियन्त्रणमा समस्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २८ । राष्ट्रिय सतर्कता केन्द्रलाई थप अधिकारसम्पन्न बनाउने सरकारको योजना अलपत्र परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खोसिएको 'अनुचित कार्य' हेर्ने जिम्मेवारी सतर्कता केन्द्रलाई दिने गरी नयाँ कानुन बनाउने प्रक्रिया अगाडि बढे पनि अझै टुंगोमा पुग्न सकेको छैन। नेपाल कानुन सेवा आयोगले करिब ४ महिनाअघि नै नयाँ विधेयकको मस्यौदा तयार गरी प्रधानमन्त्री कार्यालयमा पठाएको थियो। तर सरकारले विधेयकबारे सार्वजनिक रूपमा सुझाव संकलन गरेको छैन। पूर्व प्रशासकहरू अनुचित कार्य नियन्त्रणका लागि तत्काल कानुनी संयन्त्र बन्ने कुरामा आशावादी छैनन्। २०७२ सालको संविधानले अख्तियारलाई भ्रष्टाचार मुद्दा मात्र हेर्न पाउने व्यवस्था गरेपछि अनुचित कार्यमा कानुनी कारबाही हुन छाडेको छ। यसले गर्दा सार्वजनिक प्रशासनमा ढिलासुस्ती र मोलाहिजा बढेको विज्ञहरूको भनाइ छ। सतर्कता केन्द्रलाई छानबिन र कारबाहीको...
कटारी नगरपालिकाको तेह्रौं नगर सभा सम्पन्न, ८६ करोड बढीको बजेट पारित

कटारी नगरपालिकाको तेह्रौं नगर सभा सम्पन्न, ८६ करोड बढीको बजेट पारित

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २८ ।  उदयपुरको कटारी नगरपालिकाको तेह्रौं नगर सभा सम्पन्न भएको छ। आइतबार सम्पन्न नगरसभाले आगामी आर्थिक वर्षका लागि ८६ करोड ८१ लाख ६४ हजार ८४३ रुपैयाँको बजेट पारित गरेको छ। नगर उपमेयर गिता खड्काले सार्वजनिक गरेको बजेटमा संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालुतर्फ ४० करोड ६६ लाख ५५ हजार, पुँजीगततर्फ १ करोड ७० लाख २२ हजार, समपुरक अनुदान १ करोड १० लाख र विशेष अनुदान १ करोड २० लाख रुपैयाँ रहेको छ। प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ७४ लाख ३८ हजार, पुँजीगततर्फ १ करोड ७४ लाख ५८ हजार र समपुरक अनुदानमा १ करोड ३० लाख रुपैयाँ रहेको छ। संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १२ करोड ६६ लाख ६० हजार र राजस्व बाँडफाँडबाट ४० लाख रुपैयाँ रहेको छ। नगरपालिकाका १४ वटा वडाका लागि ९ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ। वडाको भौगोलिक अवस्था हेरी ७० देखि ७१ लाख रुपैयाँसम्म बजेट छुट्याइएको ...
आज साउन महिनाको अन्तिम सोमबार, शिवालयमा भक्तजनको भीड

आज साउन महिनाको अन्तिम सोमबार, शिवालयमा भक्तजनको भीड

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २८ ।  साउन महिनाको अन्तिम सोमबार आज देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भारी उपस्थिति देखिएको छ। विशेषगरी पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ। धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार साउनको सोमबार भगवान शिवको प्रिय बार मानिन्छ। यस दिन व्रत, पूजापाठ र दान गर्नाले सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ। बोलबम तीर्थयात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याएको जल पशुपतिमा चढाउने परम्परा रहेको छ। पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीहरुका लागि सुरक्षा, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर र खानेपानीको व्यवस्था मिलाएको जनाएको छ। काठमाडौं उपत्यकाबाहिर पनि विभिन्न प्रसिद्ध शिवालयहरुमा भक्तजनको भीड उल्लेखनीय रहेको छ। भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, हलेसी महादेव, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर लगायत...
नाबालिका भतिजीको निर्मम हत्या गर्ने काका पक्राउ

नाबालिका भतिजीको निर्मम हत्या गर्ने काका पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २८ । सुनसरीको इटहरीमा एक डेढ वर्षीया बालिकाको निर्मम हत्या भएको छ। घटनामा संलग्न बालिकाकी काकालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार इटहरी उप–महानगरपालिका–५ का ३० वर्षीय सालिग्राम लुईटेलले आफ्नै भतिजी आईन्सु लुइटेलको हत्या गरेका हुन्। शनिबार अपरान्ह आफ्नै डेरा कोठामा लुईटेलले धारिलो ब्लेडले बालिकाको घाँटी र टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले छ। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय इटहरीको टोलीले लुईटेललाई घटनास्थलबाटै पक्राउ गरेको थियो। प्रहरीले आरोपित लुईटेलमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। यस जघन्य अपराधले समुदायमा तरंग ल्याएको छ र न्यायको माग बढेको छ।...
उदयपुरका प्रहरी प्रमुख (एसपी) सहित १९ जना प्रहरीद्धारा रक्तदान

उदयपुरका प्रहरी प्रमुख (एसपी) सहित १९ जना प्रहरीद्धारा रक्तदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २८ । नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको अवसरमा उदयपुरका (एसपी) सहित  १९ जना प्रहरीले रक्तदान गरेका छन् । आईतबार वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उदयपुरद्धारा सञ्चालित ब्लड बैँक सँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरिहर नाथ योगी, कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन चापागाई सहित १९ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख योगीले मातहत प्रहरी कर्मचारीलाई रक्तदानको महत्त्व तथा आवश्यकताबारे प्रकाश पार्दै रक्तदान गर्ने प्रहरी कर्मचारीहरुलाई धन्यवाद् ज्ञापन गरेका थिए ।  ...
उदयपुरमा २ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा २ जना फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २८ । उदयपुरमा २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ बस्ने २५ बर्षीय प्यारे भन्ने सरोज घिमिरे र सोही स्थान बस्ने ४३ बर्षीय गोविन्द खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चपागाईका अनुसार जिल्ला अदालतको मिति २०७३–०३–२९ गतेको फैसलाले लागू औषध मुद्धामा घिमिरेलाई २ हजार रुपैँया र मिति २०७५–०२–१३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा खत्रीलाई २ हजार रुपैँया जरिवना तोकेको थियो । आईतबार जिप्रका बाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको डिएसपी चापागाईले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।...
बडिगाडमा बाढी पहिरोले ५० परिवार विस्थापित

बडिगाडमा बाढी पहिरोले ५० परिवार विस्थापित

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २७ । बाढी र पहिरोका कारण बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा ५० परिवार विस्थापित भएका छन्। बडिगाड गाउँपालिका वडा नं. ९ को नयाँबस्ती र वडा नं. १० का आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारा लगायतका क्षेत्रका बासिन्दाहरू विस्थापित हुन पुगेका हुन्। यसअघि गएको पहिरोमा ११ जनाको मृत्यु भएको र एक जना अझै सम्पर्कविहीन रहेको स्थानीय प्रशासनले जनाएको छ। विस्थापित परिवारहरू अहिले बिचल्लीमा परेका छन्। पहिरोका कारण खानेपानी र विद्युत् आपूर्ति अवरुद्ध भएको छ, जसले गर्दा बालबालिका र वृद्धवृद्धालाई विशेष समस्या परेको छ। स्थानीय बासिन्दा भीमबहादुर बुढाका अनुसार धेरै घरहरू अझै पहिरोको जोखिममा रहेकाले मानिसहरू बस्ती छाडेर अन्यत्र जान बाध्य भएका छन्। बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले विस्थापित परिवारहरूलाई विद्यालय तथा सार्वजनिक स्थलहरूमा अस्थायी रूपमा बसोबास गराइएको जानकारी दिए।...
कटारी बजारमा खानेपानी अवरुद्ध, मर्मत कार्य जारी

कटारी बजारमा खानेपानी अवरुद्ध, मर्मत कार्य जारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २७ । उदयपुरको कटारी बजारमा खानेपानी आपूर्ति अवरुद्ध भएको छ। नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कटारीद्वारा संचालित खानेपानी आयोजनामा प्राविधिक समस्या देखिएपछि पानी वितरण रोकिएको हो। संस्थाका अनुसार आयोजनाको मुहान कटारी-५ मा रहेको विद्युतको ट्रान्सफर्मर र पम्पमा समस्या आएको छ। यसका कारण बजार क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ। समस्या समाधानका लागि संस्थाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी मर्मत कार्य थालेको जनाएको छ। छिटोभन्दा छिटो पानी आपूर्ति पुनः सुचारु गर्न प्रयास भइरहेको संस्थाले बताएको छ। संस्थाले मर्मत कार्य सम्पन्न हुने बित्तिकै नियमित खानेपानी वितरण सुचारु हुने जानकारी दिएको छ। साथै, यस असुविधाका लागि स्थानीय उपभोक्ताहरूसँग क्षमायाचना गरेको छ।...
आज देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २७ ।  जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज सबै प्रदेशमा वर्षाको सम्भावना रहेको विभागले बताएको छ। हाल वाग्मती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही अन्य भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। कोशी, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। रातिको समयमा पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, वाग्मती, गण्डकी, लुम्...
दशौं राष्ट्रिय खेलकुदको १०० दिने काउन्टडाउन सुरु

दशौं राष्ट्रिय खेलकुदको १०० दिने काउन्टडाउन सुरु

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २७ ।  कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र गतिमा अघि बढेको छ। आगामी मंसिर २ देखि ९ गतेसम्म हुने यस प्रतियोगिताको सय दिने काउन्टडाउन शनिबारदेखि सुरु भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको लोगो र मस्कट प्रस्ताव गरेको छ। प्रस्तावित लोगोमा सात प्रदेशका खेलाडी, डाँफे चरा, नेपालको झण्डा र कर्णाली नदी समावेश छन्। मस्कटको रूपमा कर्णालीको हिमाली क्षेत्रमा पाइने दुर्लभ रेडपाण्डालाई प्रस्ताव गरिएको छ। कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुने प्रतिबद्धता जनाए। साथै, कर्णाली खेल गीत पनि सार्वजनिक गरियो। परिषद्का सदस्य-सचिव विश्वामित्र संज्यालले प्रतियोगिताको तयारीमा पूर्वाधार, बसोबास, यातायात, स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिइएको...