कांग्रेस शभापति देउवालाई प्रमुख विपक्षी दलको सुविधा दिने
पूर्णपुष्टि,चैत्र २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सुविधा पाउने भएको छ । मंसिर ४ मा भएको निर्वाचनदेखी निर्वाचित संसदहरुले पुष ७ मा सपथ लिएका थिए भने पुष १० मा माओवादी नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार निर्माण गरेका हुन् ।
प्रचण्डको नेतृत्वमा सरकार बन्दा काग्रेस संसदमा प्रमुख विपक्षी दलको बेन्चमा बसेको थियो भने पुष २६ मा प्रधानमन्त्रीलाई काग्रेसले विश्वासको मत दिएको थियो । मतदिएपछि पनि कांग्रेस विपक्षी दलको बेन्चमा नै बसेको थियो । सरकारलाई विश्वासको मत दिएको दल प्रमुख विपक्षी दल हुन नसक्ने नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले दाबी गरेको थियो भने सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ ।
कांग्रेसलाई विपक्षी दलको मान्यता दिन नहुने माग सहित सर्वौच्चमा परेको रिट विचाराधीनमा रहेको बेला संघीय संसद सचिवालयले सरकारमा...









