Friday, June 12News That Matters

राजनीति

त्रियुगा प्रमुखमा वसन्त बस्नेतकाे जीत पक्का भाे

त्रियुगा प्रमुखमा वसन्त बस्नेतकाे जीत पक्का भाे

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १६ । त्रियुगा नगरपालिकामा प्रमुखमा काङ्ग्रेसकाे वसन्त बस्नेतकाे जीत पक्कापक्की भयाे । ३८ हजार ३७४ मत परिणामले प्रमुखमा बस्नेतकाे जीत पक्का गरेकाे हाे । अब मत गणना 1805 बाँकी हुँदा बस्तेतकाे अग्रता २०२३ मतकाे छ ।  अब  मत गणना चलिरहेकाे वडा नं. १० र ११ काे गणना सकिएसंगै  त्रिगुगाकाे गणना सम्पन्न हुनेछ । उपप्रमुखमा भने एमालेकी महेश्वरी राईकाे प्रष्ट अग्रता छ । काङ्ग्रेसलाई पछि पार्दै अग्रता झन-झन फराकिलाे पार्दै गएकी राईकाे  १४२५ मतले अग्रता छ । याे अग्रताले उनकाे जीत निश्चित गराउनेमा दसईमत छैन ।...
त्रियुगामा काङ्ग्रेसकाे बसन्त बस्नेत जीत नजिक

त्रियुगामा काङ्ग्रेसकाे बसन्त बस्नेत जीत नजिक

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ । त्रियुगा नगरपालिकामा प्रमुखमा काङ्ग्रेसकाे वसन्त बस्नेतकाे प्रष्ट अग्रताले जीत नजिक पुर्याएकाे छ । ३५७५८ मत गणनाकाे परिणामले प्रमुखमा बस्नेत १९४६ मतले अग्रता छ ।  उनकाे १२,३६२ मत प्राप्त छ । अब ४४२१ मत गन्न बाँकी रहकाेछ । ती मत गणना चलिरहेकाे वडा नं. १०, ११ र १२ का हुन् । वडा नं.१२ मा  ८००मत, वडा नं. ११ मा १४०० मत गणना हुँदा  प्रमुखमा पहिलाे मत काङ्ग्रेसकै छ। पडा नं. १० मा १७०० मत गणना हँदा का्ग्रेसकाे दाेस्राे मत छ ।  अब, वडा नं. १० मा  १३४९ मत गन्न बाँकी, वडा नं. ११ मा २१३६ र वडा नं. १२ मा ९६० मत गन्न बाँकी रहकाे छ ।  अबकाे मत परिणामले पनि प्रमुखमा काङ्ग्रेसलाई नै दिने संकेत छ । उपप्रमुखमा भने एमालेकी महेश्वरी राईले काङ्ग्रेसलाई पछि पार्दै १००१ मतले अग्रता लिएकी छिन् । पछिल्लाे मत परिणामले उनलाई जीत नजिक लगेकाे छ ।...
एमालेकी महेश्वरी राई  १००१ मतले अग्रता

एमालेकी महेश्वरी राई १००१ मतले अग्रता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ । त्रियुगा नगरपालिकामा प्रमुखमा काङ्ग्रेसकाे प्रष्ट अग्रता भईरहदा उपप्रमुखमा भने नेकपा एमालेकाे अग्रताले फराकिलाे अन्तर पाएकाे छ । उपप्रमुखमा एमालेकी महेश्वरी राईले अग्रता टेकेपछि पछि फर्कनु परेकाे छैन । उनी लगभग जीतकाे नजिक पुगेकी छिन् । ३५७५८ मत गणनाकाे परिणामले प्रमुखमा काङ्ग्रेसकाे वसन्त बस्नेत १९४६ मतले अग्रता छ भने उपप्रमुखमा एमाले १००१ ले अग्रता छ । अब ४४२१ मत गन्न बाँकी रहकाेछ। वडा नं. १०, ११ र १२ काे गणना चलिरहेकाे छ । यी वडाहरुकाे प्रारम्भिक मत परिणामले यिनै अग्रतालाई बढाउने संकेत छ ।...
त्रियुगाको १३ वटा वडामा गणना सकियो, बाँकी तीन वटा, वडामा कस्ले कति जिते ?

त्रियुगाको १३ वटा वडामा गणना सकियो, बाँकी तीन वटा, वडामा कस्ले कति जिते ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ । उदयपुरको त्रियुगा नगरपालिकामा १३ वटा वडाको मतगणना सकिदा सात वडाध्यक्षमा काङ्ग्रेस, तीनमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) र तीन वटामा एमालेको जीत भएको छ । गणना भइरहेको बाँकी ३ वडाहरुमा काङ्ग्रेसकै अग्रता देखिन्छ । गणना सकिएको वडाहरुमा वडा नं. १, ३, ४, ५, ८, ९ र १३ मा काङ्ग्रेसले जितेको छ । वडा नं. १४, १५ र १६ मा माओवादी केन्द्रले जितेको छ भने वडा नं. २, ६ र ७ म एमालेले जितेको छ । विजयी वडाध्यक्षहरुमा वडा नं. १ मा काङ्ग्रेसका मनोजकुमार चौधरी, २ मा एमालेका घमानसिंह खत्री, वडा नं. ३ मा काङ्ग्रेसको तिलकबहादुर कटुवाल, वडा नं. ४ मा काङ्ग्रेसको बद्री बस्नेत, वडा नं. ५ मा काङ्ग्रेसको उद्धवबहादुर थापा रहेका छन् । त्यस्तै वडा नं. ६ मा एमालेका योगेन्द्रबहादुर दाहाल, वडा नं. ७ मा एमालेकै अम्बरबहादुर दनुवार, वडा नं. ८ मा काङ्ग्रेसको राजकुमा राउत, वडा नं. ९ मा काङ्ग्रेसको राजकु...
त्रियुगाको विवादीत वडा नं. १२ को पनि मतगणना सुरु, गठबन्धनले लियो अग्रता

त्रियुगाको विवादीत वडा नं. १२ को पनि मतगणना सुरु, गठबन्धनले लियो अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ गते । त्रियुगा नगरपालिका वडा नं. १२ को पनि मतणना सुरु भएको छ । १२ नं. वडामा १ सय मत गरणना गरिदा गठबन्धनका वडाध्यक्ष उम्मेदवार नविनकुमार वान्तवा राईले २६ मत ल्याएर अग्रता कायम गरेको छ । राईका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रहेका चुडाराम काफ्लेले २३ मत ल्याएर पछ्याउदै छ । त्यस्तै, यता नेकपा एमालेका उम्मेदवार रमेश राउत क्षेत्रीले २२ मत प्राप्त गरेका छन् । १२ नं.वडामा नगरप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार बलदेव चौधरीले ४५ मत ल्याएर अगाडी रहेको छ । यता उपप्रमुखमा भने एमालेको उम्मेदवार महेश्वरी राई अगाडी रहेकी छिन् ।...
बिवादित वडाकाे गणना सुरु

बिवादित वडाकाे गणना सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ । उदयपुरकाे त्रियुगा नगरपालिकाकाे विवादित वडा १२ नं. काे मतगणना सुरु भएकाे छ । गणनाकाे अन्तिम चरणमा आज साे वडाकाे गणना सुरु गरिएकाे हाे । बैशाख ३० गते मतदानकै दिन मतदानकै विषयमा विवादित बनेकाे थियाे । पुन: मतदान हुने वा गणना भन्ने कुराले ११ दिनसम्म अन्याैल पारेकाे थियाे । पछि निर्वाचन आयाेगले गणना गर्ने निर्देशन गरेपछि गणना थालिएकाे हाे । साे वडाकाे प्रारमभिक १०० काे गणनामा वडाध्यक्षमा  गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) बाट नवीन कुमार बान्तवा राईकाे २६, काङ्ग्रेसकाे चुडाराज काफ्लेकाे २३ र एमालेकाे रमेश राउत क्षेत्रीकाे २२ मत आएकाे छ । साे वडामा सबै मतदाता तथा उम्मेदवारले मत लगाउन नपाएपनि खसेकाे मत १७२५ लाई सुरक्षित राखिएकाे थियाे । साेहि मत गणना भईहेकाे छ ।...
त्रियुगाको वडा नं. १० मा मतगणना जारी ९ सय मत गन्दा काँग्रेस अगाडी

त्रियुगाको वडा नं. १० मा मतगणना जारी ९ सय मत गन्दा काँग्रेस अगाडी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ गते । त्रियुगा नगरपालिका–१० मा ९ सय मत गणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार अगाडी रहेका छन् । काँग्रेसका वडाध्यक्ष उम्मेदवार रहेका प्रकाशकुमार खड्का ३१९ मतका साथ अगाडी छन् । खड्कालाई नेकपा एमालेका उम्मेदवार किरण पाण्डेले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । यता गठबन्धनबाट माओवादीका उम्मेदवार ज्ञानेन्द्र मगरले १ सय ६३ मत प्राप्त गरेको छ । नगर प्रमुख पदमा भने एमालेका उम्मेदवार भागवत राउत ४१३ र उप्रमुखमा महेश्वरी राई ४४५ मतका साथ अग्रस्थानमा रहेका छन् ।...
त्रियुगाका वडा नं. ९ मा काँग्रेस विजयी

त्रियुगाका वडा नं. ९ मा काँग्रेस विजयी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ गते । त्रियुगा नगरपालिका–९ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार रहेका राजकुमार दनुवार वडाध्यक्षमा विजयी भएका हुन् । दनुवारले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भरतराज दनुवारलाई १ सय ३८ मतान्तरले विजयी भएका छन् । ६ सय ५६ मत ल्याएका भरतराजलाई राजकुमारले ७ सय ९४ मत ल्याएर पराजित गरेका हुन् । त्यसैगरी, महिला सदस्यमा एमालेकी उम्मेदवार हरेकी रेणु श्रेष्ठले ७ सय ६१ मत ल्याएर विजयी भएकी छिन् । काँग्रेसका दलित महिला सदस्यमा मिना विश्वर्कमाले ७ सय ९४, खुल्ला सदस्यमा भूप्रन्द्र बुढाथोकीले ७ सय २७ र विष्णुकुमार दनुवारले ७ सय १७ मत ल्याएर जीतेका छन् ।...
त्रियुगाको ६ नं. वडामा एमाले विजयी

त्रियुगाको ६ नं. वडामा एमाले विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ गते । त्रियुगाको वडा नं. ६ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेबाट वडाध्यक्ष उम्मेदवार रहेका योगेन्द्रवहादुर दाहल १ हजार २ सय ९७ मत ल्याएर विजयी भएका हुन् । दाहलको निकटतम प्रतिस्पर्धी हरेका गठबन्धनबाट नेकपा एसका उम्मेदवार राकेश कुमार चौधरीलाईलाई पराजित गरेर विजयी भएको हो । चौधरीले ८ सय २ मत प्राप्त गरेका छन् । यता, महिला सदस्यमा एमालेकी उम्मेदवार गीताकुमारी उप्रतीको १ हजार १ सय ७२, दलित महिला सदस्यमा पवित्रा विश्वकर्माले १ हजार १ सय ८२ मत ल्याएर विजयी भएका छन् । खुल्ला सदस्यमा पनि एमालेकै सुर्यबहादुर राईले १ हजार १ सय ४९ मत ल्याएर विजयी भएका छन्, भने गठबन्धनबाट प्रबेश खड्का विजयी भएका हुन् ।...
सदरमुकामकाे वडा गणना सुरु

सदरमुकामकाे वडा गणना सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जृठ १५ । जिल्ला सदरमुकाम गाईघाट रहेकाे त्रियुगाकाे ११ नं. वडाकाे मतगणना सुरु भईसकेकाे छ । यहाँ एमाले, काङ्ग्रेस र गठबन्धनले जीतकाे आ-आफ्नाे दावी रहेकाे छ । ३०० मत गणना सकिएकाे अबस्थामा रुख १३५ मत, सुर्य ८६ र कलमलाई ४० मत आएकाे जनाकारी छ । साे वडामा ३५३६ मत खसेकाे थियाे । वडामा काङ्ग्रेसकाे सुमन्त काेईराला, गठबन्धनबाट नेकपा (एस) का कालिदास राई (किसन) र एमालकाे दिलबहादुर तामाङबीच प्रतिष्पर्धा रहेकाे छ ।...