Thursday, August 20News That Matters

समाचार

सशस्त्र प्रहरीद्वारा बाेक्सेमा पिङ्ग निर्माण

सशस्त्र प्रहरीद्वारा बाेक्सेमा पिङ्ग निर्माण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, असाेज २४ । सशस्त्र प्रहरी बल नेपाल नं.५ गण हेडक्वाटर त्रियुगा (उदयपुर)ले सर्बसाधारणसमेतका लागि पिङ्ग बनाएकाे छ । त्रियुगा नगरपालिका-९ बाेक्से स्थित हे.क्वा.<span;>को मुख्यगेट अगाडी रहेको खालि जग्गामा पिङ्ग बनाएकाे हाे । बडा दशै तथा शुभ दिपावली २०८१ अवसरमा सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधरणलाई लक्षित गरी लिङ्गे पिङ्ग बनाएकाे सशस्त्र प्रहरी उपरिक्षक सराेज बस्नेतले बताउनुभयाे । पिङ्गकाे आज बिधिवत उद्‍घाटन भयाे । पिङ्ग दशैं, तिहारमा खेल्ने चलन छ । यहि चलनलाई जगाउन पिङ्ग बनाईएकाे जनाईएकाे छ ।...
पत्रकारमाथि हातपात गर्ने रौता खानेपानीका सञ्चालक चौधरीले माफी मागे

पत्रकारमाथि हातपात गर्ने रौता खानेपानीका सञ्चालक चौधरीले माफी मागे

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २४ । रौता स्पिङ वाटर प्रा.लि. (रौता खानेपानी) का सञ्चालक पर्शुराम चौधरीले पत्रकारहरु समक्ष माफी मागेका छन् । उनले पत्रकार माथि गरेको भौतिक आक्रमण र क्यामेरा तोडफोड आबेगमा गरिएको गल्ती भन्दै आगामी दिनमा गल्ती नदोहोर्याउने गरी माफि मागेका हुन् । कम्पनीको सिलप्याक खानेपानी जारभित्र कुखुराको प्वाँख भेटिएको विषयमा रिपोर्टिङ गर्न गएका पत्रकारद्वय बिक्रम राई र सुनिल राईमाथि हिजो आक्रमण गरी क्यामेरा तोडफोड गरेका थिए । घटना लगत्तै बेपत्ता भएका चौधरी, पत्रकारले प्रहरीमा उजुरी दिएपछि उपस्थित भएर माफी मागेका हुन् । उनले पत्रकारको क्षती भएको क्यामेरा लगायतको सामानको क्षतिपूर्ती तिरेका छन् । नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली, स्वतन्त्र पत्रकार सेनानी हरिकुमार राई, प्रेस सेन्टर नेपाल प्रदेश सचिव गजेन्द्र राई, पत्रकार...
उदयपुर सिमेन्ट सहित ५० उद्योगलाई विद्युत बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम

उदयपुर सिमेन्ट सहित ५० उद्योगलाई विद्युत बक्यौता तिर्न प्राधिकरणको अल्टिमेटम

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २४ । नेपाल विद्युत प्राधिकरणले उदयपुर सिमेन्ट उद्योग लगायत ५० वटा ठूला उद्योगहरूलाई डेडिकेटेड र ट्रंकलाइन उपभोग बापतको बक्यौता रकम कार्तिक ८ गतेभित्र तिर्न निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । उदयपुर सिमेन्ट उद्योगले मात्रै ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । विद्युत प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ बैशाखसम्म उद्योगहरूले डेडिकेटेड तथा ट्रंकलाइन मार्फत उपभोग गरेको विद्युतको शुल्क तिर्न बाँकी छ । यसअघि बक्यौता रकम नबुझाएपछि प्राधिकरणले ती उद्योगहरूको विद्युत आपूर्ति समेत काटेको थियो । पटक-पटक तिर्न आग्रह गर्दा समेत उद्योगहरूले बेवास्ता गर्दै आएका छन् । अब कानून बमोजिम कारबाही गरी रकम असुल उपर गरिने भन्दै प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको छ ।...
किरा भएकाे अर्काे खानेपानीकाे बाेतल फेला

किरा भएकाे अर्काे खानेपानीकाे बाेतल फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असाेज २४ ।  सिलप्याक खानेपानी बोतलमा किरा भएको अर्को भिडियो हामीलाई प्राप्त भएको छ । रौता स्प्रिङ वाटर प्रा.लि. मोतिगडाले उत्पादन गरेको खानेपानीभित्र किरा भएको अर्को बोतल फेला परेको हो । एक उपभोक्ताले केही समय अघि फेला परेको यो बोतलको भिडियो हामीलाई उपलब्ध गराएको हो । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड प्रष्ट हुने भिडियो पूर्णपुष्टिले सार्बजनिक गरेको छ । भिडियो : https://www.youtube.com/shorts/h874ra9B_h4...
त्रिनपा १४ का बाढी पिडितहरुलाई राहत बितरण

त्रिनपा १४ का बाढी पिडितहरुलाई राहत बितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २४ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं। १४ साउनेको बाढी पिडितलाई राहत वितरण गरिएको छ । गत असार १२ गते पन्चकोशीमा आएको भिषण बाढीले आसपासका बस्तिहरु मुक्सार, बलौटे, बाजगरा, घिर्लिङ, सिम्ले, ढुङ्ग्रे सम्म मानविय क्षेति बाहेकको घर सहित ठुलो धन बालिको क्षती भएको थियो । बुधबार नगर प्रमुख, उपप्रमुख, नेपाल रेडक्रस सोसाइटी र ह्याबिटाट नेपालका प्रतिनिधिहरुको उपस्थितिमा पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो । विपद् व्यवस्थापन समिति, राहत संकलन समिति, विभिन्न संघसंस्था, टोल विकास समिति र सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा राहत संकलन गरिएको थियो । राहत वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष बाढी पीडितहरुलाई दशैं पर्वको अवसरमा सकेसम्म सहज वातावरण सिर्जना गर्न प्रयास गरिएको बताए । यस वर्षको दशैं विपद्का कारण प्रभावित भए पनि सुखद् रुपमा मनाउन सबैलाई आग्रह गरिएको छ ।...
उदयपुरमा पत्रकारमाथि आक्रमण गरी क्यामेरा तोडफोड

उदयपुरमा पत्रकारमाथि आक्रमण गरी क्यामेरा तोडफोड

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
उदयपुर, असोज २३ । बजारमा लगिएको खानेपानीको सिलप्याक जारभित्र कुखुराको प्वाँख भेटिएपछि उपभोक्ताको स्वास्थ्यमाथिको सम्बेदनशिलतालाई ख्याल गर्दै आज रिपोर्टिङमा गएका उदयपुरका दुई पत्रकारमाथि आक्रमण तथा क्यामेरा तोडफोड भएको छ । पत्रकार बिक्रम राई र सुनिल राईमाथि रौता स्पिङ वाटर प्रा.लि.का सञ्चालक पर्शुराम चौधरी लगायतले आक्रमण गरी क्यामेरा खोसेर फुटाइदिएका हुन् । पत्रकार राईद्वय पूर्णपुष्टि मिडिया र एभिन्युज टेलिभिजनको उदयपुर सम्बाददाता हुन् । कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरको चमेनागृहमा लगिएको जारभित्रको पानीमा कुखुराको प्वाँख भेटिएको थियो । उक्त जार स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । सो बारे सोधपुछ गर्न र कम्पनीको भिडियो खिच्न गएका पत्रकारद्वयमाथि सञ्चालक चौधरीले नखिच्न धम्कीमात्र दिएनन् क्यामेर खोसेर फुटाइ दिए । मोवाईल कब्जामा लिए र हेल्मेटले आक्रमण गरेको पत्रकार बिक्रमले बताए ।...
पत्रकारमाथी दुव्र्यवहार र क्यामेरा तोडफोड गर्ने माथी कार्वाहीको माग

पत्रकारमाथी दुव्र्यवहार र क्यामेरा तोडफोड गर्ने माथी कार्वाहीको माग

Breaking News 2, समाचार
पूर्णपुष्टि, २३ असोज । पत्रकार महासंघ उदयपुरले पत्रकार माथी दुव्र्यवहार गर्ने रौता पानी फ्याक्ट्रीका संञ्चालक पर्शुराम चौधरी र संलग्न श्रीमती र छोरामाथी तत्काल कार्वाही गर्न माग गरेको छ । बुधबार साँझ पानी फ्याक्ट्रीले बिक्रि गर्दै आएको शिल्ड प्याक जार भित्र कुखुराको प्वाँख फेला परेपछि त्यस सम्बन्धी समचार संकल गर्न भिडियो खिच्न फ्याक्ट्री पुगेका पूर्णपुष्टि मिडियाको सम्वाददाता बिक्रम राई र सुनिल राईलाई लछार पछार गर्दै क्यामेरा तोडफोड गरेका थिए । सोही घटनालाई उचित अनुसन्धान सहित कार्वाहीको माग गर्दै बिज्ञाप्ती जारी गरेको छ । समचार संकलन गर्न गएका पत्रकारमाथी भएको दुव्र्यवहार प्रति घोर भर्तसना गर्दछौँ । दोषीलाई कडा कार्वाही र तोडफोड भएको सामाग्रीको उचित क्षतीपूर्ति नभएका कडा आन्दोलनमा उत्रिने छौँ, बिज्ञाप्तीमा भनिएको छ ।...
रौता पानी फ्याक्ट्री : गलत लुकाउन क्यामेरा तोडफोड, पत्रकारमाथी दुव्र्यवहार

रौता पानी फ्याक्ट्री : गलत लुकाउन क्यामेरा तोडफोड, पत्रकारमाथी दुव्र्यवहार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ असोज । गाईघाटको रौता पानी फ्याक्ट्रीले आफ्नो गलत लुकाउन पत्रकारमाथी हातपात गर्नुका साथै क्यामेरा तोडफोड गरेको छ । बुधबार बोक्से स्थित कोलेनिका कार्यालयमा रौता पानी फ्याक्ट्रीको शिल्ड प्याक पानी भित्र कुखुराको प्वाँख फेला परेका थिए । सोही अवस्थामा फोहोर पानी बिक्रि वितरण गरिरएको कुराको समचार संकलन गर्न गएका पूर्णपुष्टि मिडियाका बिक्रम राई र सुनिल राईमाथी लछारपछार गर्दै क्यामेरा खोसेर क्यामेरा तोडफोेड भएको थियो । उक्त फ्याक्ट्रीका संञ्चालक पर्शुराम चौधरी, र श्रमती छोरा सहितको संलग्नतामा क्यामेरा तोडफोड र मोवाईल कब्जा भएको थियो । क्यामेर फुटाएर बिक्रम राईको मोवाईल समेत फुटाउने प्रयास गरेको चौधरीले अन्तत मोवाईले भने फुटाउन पाएन । श्रीमतीले कन्ट्राल गराउँदै मोवाईले भने कब्जा गर्यो । क्यामेरा फुटाएर मोवाईल फुटाउन तयार रहेको चौधरीलाई श्रीमतीले कन्ट्रोल गर्दै मोवाईल बक्जा ग...
संघीय संसदले २० महिनामा बनायो १० वटा कानून

संघीय संसदले २० महिनामा बनायो १० वटा कानून

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २३ ।  प्रतिनिधि सभाको निर्वाचन भएको २० महिनामा संघीय संसदले बजेटसँग सम्बन्धित बाहेक १० वटा विधेयक पारित गरी कानून निर्माण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक र बुधबार नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण गरेसँगै यो संख्या पुगेको हो । सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी एउटै छातामुनि ल्याउने व्यवस्था गरेको छ । यो विधेयक दर्ता भएको चार वर्षपछि कानून बनेको हो । राष्ट्रिय सभामा उत्पत्ति भएर कानूनमा बदलिएका अन्य विधेयकहरूमा अभिलेख संरक्षण पहिलो संशोधन, सुरक्षण मुद्रण, खाद्य स्वच्छता तथा गुणस्तर, अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक र मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेका छन् । यस्तै, प्रतिनिधि सभामा उत्पत्ति भएर कानून बनेका विधेयकहरूमा ल...
एआई युक्त आइफोन १६ नेपाली बजारमा

एआई युक्त आइफोन १६ नेपाली बजारमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २३ ।  एप्पलको बहुप्रतिक्षित आइफोन १६ सिरिज आजदेखि नेपाली बजारमा बिक्री सुरु भएको छ । एक महिनाअघि अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा सार्वजनिक गरिएको यो सिरिज नेपाली उपभोक्ताले पनि अब सहजै किन्न पाउने भएका हुन् । नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेशन नेक्स्टका निर्देशक निकिता भिमसरियाले काठमाडौंमा न्यूरोड र बबरमहलसहित पोखरा, विराटनगर, बुटवल, बिर्तामोड र बारामा रहेका अधिकृत बिक्रेताहरूबाट यी फोनहरू किन्न सकिने जानकारी दिइन् । आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स गरी चार मोडेल रहेको यो सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विशेष प्रयोग गरिएको छ । एप्पलका अनुसार यो एआई सिस्टमले टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट गर्नेछ, जसबाट सिरी पहिलेभन्दा अझै प्रभावकारी हुने दाबी गरिएको छ । नयाँ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्...