राष्ट्रसंघको महत्त्वपूर्ण सैनिक सल्लाहकार पदमा नेपालले गुमायो अवसर
पूर्णपुष्टि, साउन १७ । संयुक्त राष्ट्रसंघले नेपाललाई सैनिक सल्लाहकार (मिलिटरी एडभाइजर) पदमा उम्मेदवारी दिन आग्रह गरे पनि नेपाल सरकारले यस महत्त्वपूर्ण अवसरलाई गुमाएको छ। राष्ट्रसंघको मुख्यालय न्युयोर्कबाट प्रत्यक्ष आग्रह हुँदा समेत सरकारले कुनै पनि सैनिक अधिकारीलाई प्रस्ताव नगरेको हो।
रक्षा मन्त्रालय स्रोतका अनुसार गत जेठमा मन्त्रालयले नेपाली सेनाका तर्फबाट अहिले अनुकूल उम्मेदवार नभएको भन्दै जवाफ पठाएको थियो। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले यस पदका लागि रथी (लेफ्टिनेन्ट जनरल) चाहिने तर उपलब्ध हुन नसकेका कारण उम्मेदवारी नदिएको बताए।
सैनिक सल्लाहकार पद राष्ट्रसंघमा उपमहासचिवका सुरक्षा सल्लाहकारको रूपमा काम गर्ने अत्यन्त महत्त्वपूर्ण जिम्मेवारी हो। यस पदले शान्ति स्थापना कार्यका लागि उपमहासचिवलाई सैनिक सल्लाह प्रदान गर्नुका साथै शान्ति सेना परिचालन विभाग र अन्य सम्बन्धित निकायहरूस...









