Saturday, August 22News That Matters

समाचार

सौर्य एअरको जहाज दुर्घटना : थप तीन जना जीवितै उद्धार

सौर्य एअरको जहाज दुर्घटना : थप तीन जना जीवितै उद्धार

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ । काठमाडौंमा आज बिहान भएको सौर्य एअरको जहाज दुर्घटनामा थप तीन जनालाई जीवितै उद्धार गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाका अनुसार अहिलेसम्म कुल चार जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका चार जना मध्ये एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल र तीन जनालाई शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएको छ। उद्धार गरिएका व्यक्तिहरूको पहिचान अझै खुलेको छैन। पोखराका लागि उड्ने क्रममा सौर्य एअरको जहाज बिहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट उड्ने बेला बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटनामा परेको थियो। जहाजमा लागेको आगो ११:४० बजे नियन्त्रणमा आएको थियो।...
सौर्य एयरलाइन्सको विमान दुर्घटना : २२ जनाको मृत्यु

सौर्य एयरलाइन्सको विमान दुर्घटना : २२ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ९ । काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटनाग्रस्त हुँदा २२ जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। २२ जनामध्ये १८ जना विमानमा सवार रहेको र बाँकी ४ जना बाहिरको मानिस हुनसक्ने उनको भनाई छ । ९एन एएमई उडान नम्बरको जहाज बिहान करिब ११ बजेतिर पोखरा विमानस्थलको धावनमार्गबाट उड्नेवित्तिकै उत्तर पूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनामा परेको थियो । अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेको बताएका छन्।  ...
सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज : इन्जिन परीक्षणका लागि उडेको खुलासा

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज : इन्जिन परीक्षणका लागि उडेको खुलासा

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको खुलासा भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त जहाज इन्जिनको पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा जाँदै थियो। प्राधिकरणले जनाएअनुसार ९एन–एएमई दर्ता नम्बरको यस जहाजमा १९ जना सवार थिए, जसमा मुख्यतः सौर्य एयरलाइन्सका इन्जिनियर तथा प्राविधिकहरु रहेका थिए। यो जहाजलाई पोखरास्थित ह्यांगरमा एक महिनासम्म राखेर मर्मत गर्ने योजना रहेको बताइएको छ। यस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ, जबकि विमानका चालक एम आर शाक्यलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। उद्धार कार्य जारी रहेको र अनुसन्धान शुरू गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित निकायहरूले यस घटनाको विस्तृत अनुसन्धान...
सौर्य एयरलाइन्स विमान दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु

सौर्य एयरलाइन्स विमान दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा बुधबार बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको एक जहाज रनवेमा दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक रिपोर्टहरू अनुसार कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए अनुसार विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए। उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीले मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको बताएका छन्। विमानका चालक एम आर शाक्यलाई सकुशल उद्धार गरी केएमसी अस्पताल, सिनामंगलमा उपचारका लागि लगिएको छ। उद्धार कार्य जारी रहेकोले विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।...
सौर्य एयरलाइन्स दुर्घटना : त्रिभुवन विमानस्थल बन्द, उडानहरू प्रभावित

सौर्य एयरलाइन्स दुर्घटना : त्रिभुवन विमानस्थल बन्द, उडानहरू प्रभावित

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। विमानस्थल स्रोतका अनुसार सबै उडान र अवतरण रोकिएका छन्। उद्धार कार्य जारी रहेको र विमानस्थल पुनः सञ्चालनमा नआएसम्म दर्जनौं उडानहरू प्रभावित भएको छ। आन्तरिक उडानका जहाजहरूलाई सम्बन्धित विमानस्थलहरूमै रोकिएको छ, जबकि अन्तर्राष्ट्रिय उडानहरूलाई अन्यत्र मोडिएको छ। अधिकारीहरूले उद्धार कार्य सम्पन्न भएपछि मात्र विमानस्थल पुनः सञ्चालनमा ल्याइने जानकारी दिएका छन्। यात्रुहरूलाई आफ्नो उडान स्थिति बारे जानकारी लिन सम्बन्धित एयरलाइन्सहरूसँग सम्पर्क राख्न सुझाव दिइएको छ।...
सौर्य एयरलाइन्सको जहाज दुर्घटना अपडेट : चार शव निकालियो, उद्धार कार्य जारी

सौर्य एयरलाइन्सको जहाज दुर्घटना अपडेट : चार शव निकालियो, उद्धार कार्य जारी

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ९ ।  काठमाडौँबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ। विमानस्थल प्रहरीका अनुसार दुर्घटना करिब बिहान ११ बजेतिर भएको थियो। प्रारम्भिक रिपोर्टहरूले जनाए अनुसार विमानमा १९ जना यात्रु र चालक दलका सदस्यहरू सवार थिए। दुर्घटनापछि विमानमा आगलागी भएको थियो, जसलाई नियन्त्रण गर्न अग्निनियन्त्रकहरू तत्काल परिचालित भएका थिए। उद्धारकर्ताहरूले हालसम्म चार जनाको शव फेला पारेका छन्। केही यात्रुहरूलाई उद्धार गरी अस्पताल पठाइएको छ, जबकि अन्य यात्रुहरूको खोजी कार्य जारी रहेको छ। विमानस्थलका अधिकारीहरूले जानकारी दिए अनुसार यस दुर्घटनाले विमानस्थलका अन्य विमान वा नजिकका घरहरूमा कुनै क्षति पुर्याएको छैन। अधिकारीहरूले घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेका छन्।...
सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त: १९ जनाको जीवन जोखिममा

सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त: १९ जनाको जीवन जोखिममा

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बुधबार बिहान सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) विमान दुर्घटना भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार करिब ११ बजेतिर जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको हो। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरेअनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको हो। उनका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए। दुर्घटनापछि विमानमा आगलागी भई धुवाँ उडिरहेको छ। घटनास्थलमा सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू तत्काल पुगेर आगो निभाउने प्रयासमा जुटेका छन्। यस दुर्घटनाको कारण र यात्रुहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन् र थप जानकारी प्राप्त हुने बित्तिकै सार्वजनिक गरिने बताएका छन्।...
प्रचण्डद्वारा जनतामा जाने र पार्टी सुदृढीकरणमा जोड

प्रचण्डद्वारा जनतामा जाने र पार्टी सुदृढीकरणमा जोड

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अब सरकारमा जानुभन्दा जनतामा जाने र पार्टीलाई एकतावद्ध एवं सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने बताएका छन्। बुधवार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ११ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्। प्रचण्डले माओवादी पार्टी परिवर्तनको साथै सुशासन र समृद्धिको एजेण्डाको जननी भएको उल्लेख गर्दै जनतामा यो कुरा स्थापित गर्न आवश्यक रहेको बताए। उनले वर्तमान सत्ता गठबन्धन षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको पहलमा बनेको आरोप लगाए। पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न दुई जनालाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाएको दाबी गरे। उनले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि आफूहरूल...
एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीद्वारा राजीनामा

एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीद्वारा राजीनामा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ९ । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन्। गिरीले मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पठाएका थिए, जसलाई बुधबार सार्वजनिक गरिएको छ। गिरीले राजीनामाको कारण खुलाउँदै भने, ‘विधि र प्रक्रिया मिचिएपछि जिम्मेवारी अनुसारको पदमा बस्न उचित नलागेर राजीनामाको निर्णय गरेको हुँ।’ उनले मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय भएको बताए। यस घटनाले एमालेभित्र असन्तुष्टि देखिएको छ। पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरी सिधै केन्द्रीय निर्देशनबाट मुख्यमन्त्री नियुक्ति गरिएको भन्ने आरोप लागेको छ। महासचिव शंकर पोखरेलले प्रदेश कमिटी अध्यक्षलाई फोन गरी उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्रीका लागि सिफारिस गर्न निर्देशन दिएका थिए ।...
सरकारले खटाएको स्थानमा काम गर्नु कर्मचारीको कर्तव्य : सर्वोच्च

सरकारले खटाएको स्थानमा काम गर्नु कर्मचारीको कर्तव्य : सर्वोच्च

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ९ । सर्वोच्च अदालतले कर्मचारी समायोजन प्रक्रियाबारे महत्त्वपूर्ण फैसला गरेको छ। न्यायाधीश मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सरकारद्वारा तोकिएको स्थानमा काम गर्नु राष्ट्रसेवक कर्मचारीको मूलभूत कर्तव्य हुने जनाएको छ। फैसलामा भनिएको छ, ‘राष्ट्र सेवक कर्मचारीले व्यक्तिगत चाहनाभन्दा राष्ट्रिय आवश्यकतालाई प्राथमिकता दिनुपर्ने हुन्छ।’ अदालतले कर्मचारी समायोजन प्रक्रिया राज्य पुनर्संरचनाको अभिन्न अङ्ग भएको र संघीय संरचना अनुरूप प्रशासनिक निकायको पुनर्संरचना गर्नु राज्यको अपरिहार्य विषय रहेको उल्लेख गरेको छ। यो फैसला राजपत्राङ्कित द्वितीय श्रेणीका रुद्रप्रसाद पौडेल र यादव पद्धयोतीले दायर गरेको रिट निवेदनमा आएको हो। उनीहरूले प्रदेशमा समायोजन गरिएको विरुद्ध रिट दायर गरेका थिए। तर अदालतले उनीहरूको माग खारेज गर्दै प्रदेश निजामती सेवामा समायोजन गर्ने निर्णय स...