Thursday, August 6News That Matters

Month: २ वर्ष अगाडि

झोलुङ्गे पुलले जोड्यो १६ को रातापानी र १५ को बरुवा डहर

झोलुङ्गे पुलले जोड्यो १६ को रातापानी र १५ को बरुवा डहर

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ११ असोज । त्रियुगा नगरपालिका १६ र १५ पहाडी वडामा पर्छ । यस वडामा भौगोलिक असहजताका कारण जनताहरुलाई चाहेजति सुविधा दिन चुनौती छ । तर त्रियुगा गनरपालिका वडा नं १६ को पहल कदमीमा वडाकै बिकट मानिने रातापानीलाई बरुवा डहर सित जोडाउन सफल भएको छ । वडाको निकै अग्लो बिकट ठाउँमा निर्माण भएको झोलुङ्गे पुलले त्यहाँका स्थानीयहरुलाई आवतजावतमा सहज भएपछि उनिहरु खुसि छन् । बिहिबार निर्माण भएको पुललाई त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गर्दै औपचारिक संञ्चालनमा ल्याएको हो । वडा अध्यक्ष मान वहादुर राईका अनुसार उक्त पुलले १६ नं को रातापानी, सिम्ले, आहाले लगायतका स्थानबाट सहजै १५ नं वरुवा डहर लगाएतको गाउँ सम्म पुगन सहज बनाएको छ । बरुवा खोला रातापानी बरुवा डहर झोलुङ्गे पुलले आसपासको स्थानीयवासीलाई मात्रै हैन १६ र १५ नं वडालाई समेत सहज जोडेको अध्यक्ष राईले जनाए ।...
त्रिनपा १५ कुभिण्डेमा भलिवल प्रतियोगिता हुँदै, कति छ प्रथम पुरस्कार

त्रिनपा १५ कुभिण्डेमा भलिवल प्रतियोगिता हुँदै, कति छ प्रथम पुरस्कार

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ११ असोज । त्रियुगा नगरपालिका १५ स्थित कुभिण्डेमा भव्य भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । जनकल्याण सामुदायिक वन उपभोक्त समिति त्रियुगा नगरपालिका १५ कुभिण्डेको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यहि असोज २१ गतेबाट असोज २३ सम्म हुने आयोजकले जनाएको छ । हिन्दुहरुको महान चाड बिजय दशमीको अवसरमा “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नारालाई जोड्दै खेल आयोजना गर्न लागेको प्रतियोगितका सम्पर्क व्यक्ती केबल मगरले जनाए । मगरका अनुसार खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो । मगरले उक्त खेलमा उपस्थित हुन खेलप्रमेमी, खेलाडी तथा स्थानीयहरुलाई आह्वान गरेको छ । खेलमा प्रथम हुने टिमलाई ६६,६६६ नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई नगद रु ३३,३३३ रुपयाँ, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै तेस्रो हुने टिम...
कोशी प्रदेशमा अत्यधिक वर्षा, १४ स्थानमा चेतावनीको तह पार

कोशी प्रदेशमा अत्यधिक वर्षा, १४ स्थानमा चेतावनीको तह पार

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ११ । अत्यधिक वर्षाका कारण नेपालका १४ वर्षा मापन केन्द्रमा चेतावनीको तह पार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, यी केन्द्रहरू मुख्यतया कोशी प्रदेशमा अवस्थित छन् । मोरङ, झापा, उदयपुर र इलाम जिल्लाका साथै मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा भएको छ । सप्तरी र मोरङका केही स्थानहरूमा वर्षाले खतराको तहसम्म पुगेको छ । झापा जिल्लाका विभिन्न स्थानहरूमा पनि वर्षा खतराको तहमा पुगेको छ । २४ घण्टाको अवधिमा झापाको चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभर मनसुन सक्रिय रहने जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । यसले गर्दा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । जोखिम बढेपछि सरकारले आज असोज ११ र भोलि १२ गते दु...
प्रहरी दिवसमा ब्याड्मिन्टन प्रतियाेगिता आयाेजना

प्रहरी दिवसमा ब्याड्मिन्टन प्रतियाेगिता आयाेजना

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असाेज ११ । "खेलकुद केवल शारिरीक अभ्यास मात्र हाेईन, यसले मानसिक अनुशासन, धैर्यता र साहस सिकाउछ" भन्ने नेल्सन मण्डेलाकाे भनाईलाई आत्मसाथ गर्दै ६९ ओैं प्रहरी दिवसमा ब्याडमिन्टन प्रतियाेगिता आयाेजना भएकाेछ । जिल्ला प्रहरी कार्यालयकाे आयाेजना, ब्याडमिन्टन संघ उदयपुरकाे सहयाेगमा खेलकुद समिति उदयपुर (<span;>बाेक्से) स्थित कबर्डहलमा प्रतियाेगिता आजबाट सञ्चालन भएकाे छ । दुईदिनसम्म सञ्चालन हुने प्रतियाेगितामा ए ग्रेडतर्फ १६ जाेडा र बी ग्रेडतर्फ ६४ जाेडा प्रतिष्पर्धि छन् । प्रतियाेगिताकाे उद्घाटन त्रियुगा नगरपालिका उपमेयर महेश्वरी राईले गर्नुभयाे । उद्घाटनमा जिल्ला न्यायाधिस हरिशचन्द्र ईङ्नाम, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, सहायक प्रजिअ लक्ष्मी प्रसाद रेग्मी, सुरक्षा प्रमुखहरु नेपाली सेना पशुपतिप्रसाद गण बाेक्सेका गणपती प्रमुख सेनानी शिवप्रसाद वाग्ले, जिल्ला प्रहरी प...
दशैकाे मुखमा वर्षातले जनजिवन प्रभावित

दशैकाे मुखमा वर्षातले जनजिवन प्रभावित

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, असाेज ११ । जल तथा माैसम विज्ञान विभागले भने बमाेजिम हिजाेदेखि वर्षात भईरहेकाे छ । रातैभर परेकाे पानी आज विहान पनि भारीरुपमा भईरहेकाे छ । विभागकाे पूर्वानुमानलाई आधार मानि हिजै विपद जाेखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सचेत गराएकाे छ । काेशी प्रदेशमा उदयपुर लगायत ११ जिल्लामा उच्च सतर्कता अपनाउन भनिएकाे छ । याे वर्षात देशैभर हुने भएपछि सरकारले सातैप्रदेशमा उच्च सतर्कताकाे सुचना जारी गरेकाे छ । दशैकाे मुखमा वर्षातले जनजिवन प्रभावित पारेकाे छ । सडक,लगलणलिहरु हिलाम्मे भएका छन्  । सर्वसाधारणलाई आवतजावतमा समस्या पारेकाे छ ।...
दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ र क्रान्तिकारी मिल्न तयार: अध्यक्ष शेर्पा

दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ र क्रान्तिकारी मिल्न तयार: अध्यक्ष शेर्पा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १० ।  नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले दलगत भागबन्डा अन्त्य गर्न अखिल क्रान्तिकारीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयमा आयोजित क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तव्य दिँदै उनले यो कुरा व्यक्त गरेका हुन् । शेर्पाले भने, "जुनसुकै तहमा हुने दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ अखिल क्रान्तिकारीसँग हातेमालो गर्न तयार छ । विचार र सिद्धान्त फरक भएपनि राष्ट्रियता, लोकतन्त्र, देशको सुरक्षाका लागि हामी एक ठाउँमा छौँ ।" उनले विद्यार्थी आन्दोलनले गुमाएको विश्वास फिर्ता गर्न ठूलो चुनौती रहेको बताउँदै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । "अहिले विद्यार्थी आन्दोलनले गुमाएको विश्वास फिर्ता गराउन निकै चुनौती रहेको छ," उनले थपे ।...
प्रचण्डसँग मिलेर अघि बढे मात्र समाजवाद सम्भव: रञ्जित तामाङ

प्रचण्डसँग मिलेर अघि बढे मात्र समाजवाद सम्भव: रञ्जित तामाङ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १० ।  अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले प्रचण्डसँगै विद्यार्थी आन्दोलन अघि बढे मात्र समाजवादको लक्ष्यमा पुग्न सकिने बताएका छन् । अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यो कुरा व्यक्त गरेका हुन् । तामाङले भने, "प्रचण्डको नेतृत्व र विद्यार्थी सँगसँगै अगाडि बढेमात्र हामी समाजवादमा पुग्न सक्छौँ । अहिले सम्पूर्णले उहाँलाई सहयोग र समर्थन गर्नुपर्छ ।" उनले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, सामाजिक न्याय, विश्वविद्यालय सुधार लगायत विषयमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे । साथै, उनले विद्यार्थीहरूलाई २०८४ सालमा पहिलो पार्टी बनाउने सङ्कल्प लिएर घर फर्किन आग्रह गरे । तामाङले अखिल क्रान्तिकारीलाई "घरको बाघ" नभई "वनको बाघ" भन्ने तथ्यलाई प्रमाणित गर्न यो सम्म...
क्रान्तिकारीको नेतृत्व चयन प्रत्यक्ष निर्वाचनबाट हुन्छ : इन्चार्ज हिमाल शर्मा

क्रान्तिकारीको नेतृत्व चयन प्रत्यक्ष निर्वाचनबाट हुन्छ : इन्चार्ज हिमाल शर्मा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १० ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का इन्चार्ज हिमाल शर्माले संगठनको नयाँ नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा छनोट गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयमा आयोजित क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा शुभकामना दिँदै शर्माले यो कुरा बताएका हुन् । शर्माले भने, "हामीले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा प्रतिनिधि छनोट गरेर आएका छौँ । संगठनको केन्द्रीय पदाधिकारी र सदस्यहरू पनि प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा नै छनोट गर्ने प्रतिबद्धता व्यक्त गर्छौं ।" उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई उद्धृत गर्दै थप भने, "अध्यक्ष प्रचण्डलाई साक्षी राखेर म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु । यसपटक नेतृत्वबाट हस्तक्षेप हुनेछैन । जसले जितेपनि क्रान्तिकारीले जित्ने हो भनेर अध्यक्षल...
स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, उदयपुरमा दुइ वडामा उपनिर्वाचन

स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, उदयपुरमा दुइ वडामा उपनिर्वाचन

Breaking News 1, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, असाेज १० । निर्वाचन आयोगले आगामी स्थानीय तह उपनिर्वाचन २०८१ को मिति र कार्यतालिका घोषणा गरेको छ । उपनिर्वाचन मंसिर १६ गते हुने निश्चित भएको छ । मनोनयन दर्ता मंसिर २ गते, बिहान १०:०० देखि बेलुका ५:०० बजेसम्म हुनेछ । उम्मेदवारको सूची प्रकाशन मंसिर २ गते, बेलुका ५:०० देखि ६:०० बजेसम्म हुनेछ भने उम्मेदवारीबारे उजुरी दर्ता मंसिर ३ गते, बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म हुनेछ ।  त्यस्तै अन्तिम नामावली प्रकाशन मंसिर ५ गते, दिउँसो १:०० देखि ३:०० बजेसम्म र निर्वाचन चिह्न वितरण मंसिर ५ गते, दिउँसो ३:०० देखि बेलुका ५:०० बजेसम्म हुने आयोगले विज्ञप्तीमा जनाएकाे छ । प्रचारप्रसार निषेध अवधि मंसिर १३ गते राति १२:०० बजेदेखि लागू हुने जनाइएकाे छ भने उम्मेदवारहरूले मंसिर ५ गते बिहान ९:०० देखि दिउँसो १:०० बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने जनाइएकाे छ । उदयपुरमा दुइ वडामा उपनिर्वाचन त्रिय...
क्रान्तिकारी विद्यार्थी संगठनको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

क्रान्तिकारी विद्यार्थी संगठनको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १० ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार चारदिनसम्म चल्ने यो सम्मेलनमा नयाँ नेतृत्व चयनका साथै शैक्षिक मुद्दाहरूमा छलफल हुनेछ । सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा देशभरबाट दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने जनाइएको छ । यस सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । अध्यक्ष सिंहले दिएको जानकारी अनुसार नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुनेछ ।        ...